Sansar News- Nepal's Fast Khabar Online News Portal

विवादास्पद निर्णयको बचाउमा मन्त्री अर्याल, हुँदै नभएको उपलब्धी देखाएर आलटाल गर्न खोज्दै समाचार/रिपाेर्ट

संसार न्यूज़
३ हप्ता पहिले
विवादास्पद निर्णयको बचाउमा मन्त्री अर्याल, हुँदै नभएको उपलब्धी देखाएर आलटाल गर्न खोज्दै

काठमाडौं । कृषि योग्य भुमीको कित्ताकाट खुला गरेपछि भुमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालको चौतर्फी विरोध भइरहेको छ । कतिपय सञ्चार माध्यमले अरबौं चलखेल भएर मात्रै कृषि योग्य भुमीको कित्ताकाट खुल्ला गरिएको हुनसक्ने बताउँदै समाचारसमेत लेखेका छन् ।

सत्तारुढ नेकपाका नेताहरु र संसदिय समितिले समेत निर्णयमा प्रश्न गर्नुपर्ने ठाउँ रहेको बताईरहेको बेला मन्त्री अर्यालले भने सम्पुर्ण सामथ्र्य प्रयोग गरेर आफ्नो बचाउमा उभिएकी छन् । आखिर मन्त्री अर्यालले गरेको निर्णयमा किन प्रश्न उठ्यो ? मन्त्री अर्यालले भुमाफियासँग साँठगाँठ गरेर मात्रै निर्णय गरेकी हुन भनेर किन आरोप लाग्यो ?

०७४ को संसदिय निर्वाचनमा स्याङ्जा जिल्ला निर्वाचन क्षेत्र नं. २ बाट विजयी भएकी अर्याललाई प्रधानमन्त्री केपी ओलीले सरकार गठनको प्रकृयामा स्वास्थ्य राज्यमन्त्रीको रुपमा नियुक्ति गरे । उपेन्द्र यादवको नेतृत्वमा रहेको तत्कालिन संघिय समाजवादी फोरम सरकारमा सहभागी भएपछि यादवले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्हाल्न पुगे । यादवले स्वास्थ्य मन्त्रालय सम्हालेपछि पदमा अर्याललाई प्रधानमन्त्री ओलीले भुमी व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको जिम्मेवारी दिए ।

मन्त्रालय सम्हालेपछि अर्यालले भुमी सम्बन्धी ऐनको संसोधन, भुउपयोग ऐन, भुमी नीति आदि लगाएतका विषयमा काम गरेकी छन् । तर महत्वपुर्ण प्रश्न के छ भने मन्त्री अर्याल मार्फत अगाडि बढाइएका अति सार्वजनिक महत्वको विषय भुमी सम्बन्धि ऐनको आठौं संसोधन र कृषि योग्य भुमीको खण्डिकरणको विषयमा मन्त्री अर्याललाई शंकाले हेर्न थालिएको छ ।

किन प्रश्न उठ्यो भुमीसम्बन्धि ऐनको आठौं संसोधनमा ?

भुमी सम्बन्धि ऐन २०२१ को आठौं संसोधन अगाडिको व्यवस्थामा जग्गावालाको हैसियतले राख्न पाउने जग्गाको अधिकतम हद कायम गरिएको थियो । जस अनुसार भित्री मधेस सहित तराई क्षेत्रमा १०ं१ विघा, उपत्यकामा २५ं५ रोपनी र सम्पुर्ण पहाडी क्षेत्रमा ७०ं५ रोपनी जग्गा राख्न पाइने व्यवस्था थियो ।

सोहि ऐन अनुसार कसैले हद भन्दा बढि जग्गा राखेको पाइएमा सो जग्गा स्वतः नेपाल सरकारको हुने व्यवस्था रहेको थियो । साथै कुनै पनि शिक्षण संस्था, स्वास्थ्य संस्था, उद्योग/कलकारखाना, फार्म आदिले स्वीकृति लिएर कानून बमोजिम नै हदबन्दी भन्दा बढी जग्गा राख्न पाउने व्यवस्था समेत ऐनको आठौं संसोधन भन्दा अगाडिको व्यवस्थामा रहेको थियो ।

सत्तारुढ नेकपाकै नेताहरु र संसदिय समितिले समेत निर्णयमा प्रश्न गर्नुपर्ने बताईरहेको बेला मन्त्री पद्मा कुमारी अर्यालले भने सम्पुर्ण सामथ्र्य प्रयोग गरेर आफ्नो बचाउमा उभिएकी छन् । उनले मालपोत कार्यालयमा भएको केहि आंशिक सुधार, नेपालको नक्सा संशोधन र सगरमाथाको उचाई नाप्ने विषयलाई अगाडि सारेर लोकप्रियता घटाउन गरिएको प्रचार भनि अपव्याख्या गरेकी छिन् ।

हद भन्दा बढि भुमी आफ्नो स्वामित्वमा राखि उपभोग गर्दै आएका व्याक्ति वा संस्थाहरुलाई तत्कालिन विद्यमान कानुन अनुसार कारवाही गर्नुको सट्टा भुमी मन्त्रालयले ऐनमा नभएको दुई बुँदा थप गरेर विधेएक निर्माण गर्दै ऐनको नै संसोधन गर्ने काम गर्यो । भुमी सम्बन्धि ऐनको दफा ७ मा उपदफा ७ र ८ थप गरेर तत्कालिन कानुन बमोजिम हद भन्दा बढि भुमीको प्रयोग गर्दै आएका उद्योग, कम्पनी, प्रतिष्ठान वा संस्थाहरुले ३ महिना भित्रमा निवेदन दिन सक्ने व्यवस्था कायम गरियो ।

भुमी सम्बन्धि ऐनको आठौं संसोधनले कानुन विपरित हदबन्दी भन्दा बढि जग्गा उपयोग गर्दै आएका संस्था वा कम्पनीलाई नयाँ कानुन बनाएर छुट दिइने कुराले उनिहरुले अरबौं रुपैयाँ अनुसार फाइदा गर्न सके । जुन विषयलाई सिधा ढंगले कसरी हेर्न सकिन्छ ? यो नै मन्त्री अर्यालमाथि गरिएको गम्भिर शंका हो ।

कृषि योग्य जग्गाको कित्ताकाटमा मन्त्री अर्यालको मिलेमतो ?

तीन वर्ष अगाडिदेखि रोकिएको कृषि योग्य जग्गाको कित्ताकाट सरकारले खुल्ला गरेको छ । भूमि व्यवस्था तथा अभिलेख विभागले मातहतका कार्यालयलाई भदौ १९ गते शुक्रबार एक सूचना जारी गर्दै कित्ताकाट खुल्ला गरिएको जनाएको हो । सूचनामा जनाइएअनुसार बिहिबार बसेको मन्त्रिस्तरिय निर्णयबाट उक्त निर्णय गरिएको थियो ।

भुमि व्यवस्था तथा अभिलेख विभागले मातहतको कार्यालयलाई जारी गरेको पत्रको विषयमा नै ‘कृषि योग्य जग्गाको खण्डिकरण सम्बन्धमा’ भनेर उल्लेख गरिएको छ । पत्रमा जग्गाको खण्डिकरण सम्बन्धि विषय पेश हुँदा ‘कृषि योग्य जग्गाको खण्डिकरण सम्बन्धि भएका पुर्व निर्णयहरु बदर गरिएको छ’ भनिएको छ ।

उक्त निर्णयसँगै अब कृषि योग्य जग्गाको खण्डिकरण गरि खरिद–बिक्री गर्न पाईने भएको छ । कोरोना महामारीको वर्तमान अवस्थामा नेपालको भुगोल अनुकुलको भुउपयोग नीति कार्यान्वयन नभइरहेको सन्दर्भमा कृषि योग्य जग्गाको कित्ताकाट खुल्ला गर्नुपर्ने आवश्यकता किन पर्यो ?

भू–उपयोग ऐन अनुसारको नक्सा ऐन बनेको मितिले १ वर्षभित्र मन्त्रालयले तयार गरि स्थानिय तहलाई हस्तान्तरण गर्नुपर्ने विषय दफा ५ को उपदफा १ र २ मा गरिएको छ । तर मन्त्रालयले सो काम गरेको छैन् । कहाँको भुमी कसरी प्रयोग गर्ने भन्ने विषयको टुंगो नलगाइकन अझ कृषि योग्य भुमीको कित्ताकाट गर्ने निर्णय आफैंमा अति गैर जिम्मेवार र शंकाश्पद देखिएको हो ।

प्रतिरक्षामा मन्त्री अर्याल

मन्त्री अर्याल निकटका व्यक्तिहरुले भने उठेका आशंकाहरुलाई मन्त्रीको कार्यकालमा भएको उपलब्धिहरुसँग जोडेर अपव्याख्या गर्ने काम गरेका छन । केहि मालपोत कार्यालयमा भएको आंशिक सुधार, नेपालको नयाँ नक्सा सार्वजनिक गर्ने विषय र सगरमाथाको उचाई नाप्ने विषयको लोकप्रियतादेखि डराएर मन्त्रीमाथि आक्रमण गरिएको भन्ने प्रचार गर्न खोजिदैछ ।

नेपालको नयाँ नक्सा सार्वजनिक गर्ने विषय मन्त्रालयको हिसाबले जोडिएता पनि सिंगो नेकपा र सम्पुर्ण राजनीतिक दलको एकताले मात्रै सार्वजनिक भएको भन्ने कुरालाई सबैले राम्रोसँग बुझिसकेका छन् । भुमीको वैज्ञानिक व्यवस्थापनको विषय उठिराखेको बेलामा केहि व्याक्तिहरुले लाभ पाउने गरि र सम्पुर्ण राष्ट्रलाई दिर्घकालिन हिसाबले घाटा पुर्याउने गरि मन्त्रीले गरेको निर्णयलाई ढाकछोप गर्नुको कुनै अर्थ छैन ।

सम्बन्धित समाचार

मन्त्री अर्यालका विवादास्पद निर्णयहरु, कसले फसाउँदैछ श्रृङ्खलामा ?

विवादमा फस्यो मन्त्री अर्यालको निर्णय, फिर्ता लिन नेकपाभित्रै दबाब

सर्बाधिक पढिएको

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो २ हप्ता पहिले | समर शर्मा

काठमाडौं । विभाजन र टुटफुटले सकिन लागेको माओवादी आन्दोलन फेरि…

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा ३ हप्ता पहिले | संसार न्यूज़

२५ भदौ, युके । बेलायतमा एक नेपाली युवाको मृत्यु भएको…

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड ३ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । स्याङ्जा जिल्ला चापाकोट नगरपालिकाका मेयरमा नेपाली कांग्रेशका पुराना…

तमादीको पहिरोमा एक्लै बाँचेकी घाईते मनिषाको प्रश्न : घरका सबै बितेका हुन र ?

तमादीको पहिरोमा एक्लै बाँचेकी घाईते मनिषाको प्रश्न : घरका सबै बितेका हुन र ? ३ दिन पहिले | संसार न्यूज़

स्याङ्जा । बिहिबारको बिहानले स्याङ्जा वालिङ, तमादीकी मनिषा नेपालीलाई अत्यन्तै…