Sansar News- Online for Global Nepali

बेल्जियममा हिरोशिमा स्मृति दिवस मनाईयो

संसार न्यूज़
४ वर्ष पहिले
बेल्जियममा हिरोशिमा स्मृति दिवस मनाईयो

WP_20160806_20_04_35_Pro

बेल्जियम । बेल्जियमको लुभेन सेन्टरमा बेल्जियमका विभिन्न पिस मुभमेन्टहरुको आयोजना र सहभागितामा ७१ औं हिरोशिमा मेमोरियल दिवस मनाइएको छ । कार्यक्रममा क्याथोलिक पिस मुभमेन्ट पाक्स क्रिस्टी फ्लान्दर्स, इन्टल ग्लोबल सोलिडारिटी, बेल्जियम, लुम्बिनी–कपिलवस्तु ग्लोबल क्याम्पेन, बेल्जियम र अन्तर्राष्ट्रिय फेमिनिस्ट पिस मोभमेन्ट अन्तर्गतको वोमेन इन ब्लैक, लुभेनले कार्यक्रममा सहभागिता जनाएका थिए ।
दोस्रो विश्व युद्दको अन्तमा, ६ अगस्ट १९४५ का दिन अमेरिकाले जापानको हिरोशिमा र त्यसको ३ दिन पछि ९ अगष्टका दिन नागासाकीमा एटम बम खसालेको थियो । दूइ स्थानमा खसालेको एटम बमका कारण कम्तिमा १ लाख २९ हजार मानिसहरु मारिएका थिए । त्यस आक्रमणको विरोधमा र त्यस अमानवीय आक्रमणमा मारिएका मानिसहरुको सम्झनामा आयोजित स्मृति दिवस कार्यक्रम दुइ भागमा विभाजित गरिएको थियो ।
दिनको ४ बेजेदेखी ६ बजे सम्म रेक्टर दि सोमेरप्लैनमा न्युक्लियर र केमिकल वेअपोन (हातहतियार) विनाको विश्व आवश्यक छ भन्ने सन्देशसहितको ज्ञापनपत्र बेल्जियमका प्रधानमन्त्री चाल्र्स मिखेललाई बुझाउनको लागि हस्ताक्षर संकलन कार्यक्रम गरिएको थियो । उक्त हस्ताक्षर कार्यक्रममा लुम्बिनी–कपिलवस्तु ग्लोबल क्याम्पेन, बेल्जियमका तर्फबाट अध्यक्ष दामोदरप्रसाद आचार्य, महासचिव नन्द राज घले, कार्यकारी सदस्य दुर्गा भट्टराई, सल्लाहकार बाबु राजा लामा र गैर आवासिय नेपाली संघ, बेल्जियमका तर्फबाट संघको कोषाध्यक्ष आङ्गमाया लामा सर्वसाधारण कृष्णप्रसाद भट्टराईले हस्ताक्षर गर्नुभयो ।
दोस्रो चरणको अन्तरक्रिया कार्यक्रम लुभेन नगरस्थित दामियान सेन्टरमाको सभाकक्षमा योजना गरिएको थियो । उक्त सभामा माथि उल्लेखित सबै संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

सर्बाधिक पढिएको

नेपाली सेनाले माग्यो सिभिल कर्मचारी

नेपाली सेनाले माग्यो सिभिल कर्मचारी ७ दिन पहिले | संसार न्यूज़

११ मंसिर, काठमाडौं । नेपाली सेनाले करार सेवामा जनशक्तिको माग…

ठूलो संख्यामा लोक सेवाको विज्ञापन ( हेर्नुस् यो सूचना)

ठूलो संख्यामा लोक सेवाको विज्ञापन ( हेर्नुस् यो सूचना) १ हप्ता पहिले | संसार न्यूज़

८ मंसिर, काठमाडौँ । बागमती प्रदेश लोक सेवाले ठुलो सङ्ख्यामा…

यसरी गरे पूर्वसभामुख महराले पत्नीको अन्तिम विदाई (तस्बिरसहित)

यसरी गरे पूर्वसभामुख महराले पत्नीको अन्तिम विदाई (तस्बिरसहित) ४ हप्ता पहिले | संसार न्यूज़

१९ कात्तिक, काठमाडौं ।  पूर्वसभामुख कृष्णबहादुर महराले उपचारका क्रममा मृत्यु…

सेनाका पाँच प्रमुख सेनानीहरु महासेनानीमा बढुवा

सेनाका पाँच प्रमुख सेनानीहरु महासेनानीमा बढुवा ३ हप्ता पहिले | संसार न्यूज़

२७ कार्तिक, काठमाडौँ । नेपाली सेनाका पाँच प्रमुख सेनानीहरु महासेनानीमा…