back

पाँच मुक्तक

वि.सं.२०७७ भदौ २७ शनिवार

165 

shares
NTC AD
Global IME AD

१.
बोकेर निष्ठा त्यो मनमा सदा फाली पापको कालो
जगाई सद्भाव त्यो जनमा नित्य हटाई मैलो जालो
निखारिदै देशको माया जब भावमा छाँउछ चन्द्रमा
शुद्धता उदाए मात्र त्यो दिलमा अनि आँउछ पालो ।
२.
न्याय, निष्ठा र सद्भावमा सदा जोखिन मन छ,
भाव मानिसको तरल हुन्छ र त पोखिन मन छ,
कहाँ अडेको छ र ! संसार आपसमा भर नपरी
हिमाल सरि स्वच्छतामा चुलिएर देखिन मन छ ।
३.
मनमा किन आज तिमीलाई देखुँ देखुँ लाग्यो,
दिलको कुरा आज तिमीलाई लेखुँ लेखुँ लाग्यो
शरद लाग्यो फूलमा हेर भँवराको ताँती
उडि-जाला वासना फूलको छेकुँ छेकुँ लाग्यो ।
४.
जति गुण लाउछौ मानव मनमा त्यति लगाउ,
तालको पानी शान्त नै रहन देउ धेरै नचलाउ
बैगुनिलाई गुणले जित्नु पर्छ भन्थे भन्न त बुढा पाकाहरुले सँधै
तर, गुणले गुण खान्छ, तँलाई म खान्छु भन्छ बैगुणीले धेरै नबहलाउ ।
५.
न त वर रह्यौ ,न त पर भयोै तिमी,
वरीपरि कही देखिन कहाँ गयौ तिमी,
साईतको दियो बलिरहेछ आज हेर प्रिय
आश मारेर जिन्दगीको कता हरायौ तिमी ।

वि.सं.२०७७ भदौ २७ शनिवार १०:१२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कविता : आत्मनिर्भर देवचूलीको, सभ्यता छ विशाल

कविता : आत्मनिर्भर देवचूलीको, सभ्यता छ विशाल

फर्शुराम भूर्तेल, पैयुँ ५, पर्वत (हाल देवचुली-१५, नवलपुर)  सुन्दर भूमि...

हे मातृभूमि..गजल श्रव्यदृश्य सार्वजिनक

हे मातृभूमि..गजल श्रव्यदृश्य सार्वजिनक

काठमाडौँ । नेपाली साहित्य परिषद्को आयोजनामा कविशिरोमणि लेखनाथ पौड्यालद्वारा रचित...

कविता : लिङ्ग

कविता : लिङ्ग

अर्जुन वेदना राई, इलाम ‘बालिका बलात्कारपछि हत्या’ सृष्टिको अभिन्न अङ्ग...

गजल

गजल

लक्ष्मी प्रसाद फुयाल मोरङ पथरी, शनिश्चरे पत्थर हुँदैछ यो दिल...

कविता : एक मुट्ठी जिन्दगी

कविता : एक मुट्ठी जिन्दगी

निरूविन्दु परियार, कालेबुङ, भारत निद्राबाट बिउँझिना साथ एक अञ्जुली सपना...

कोपिला

कोपिला

गणेश लोहनी, काठमाडौं १. पिलिएर पाक्न थाल्यो घाउ जिन्दगीको आफ्नै...