Sansar News- Nepal's Fast Khabar Online News Portal

ग्यास सिलिन्डर पड्किदा युएईमा एक नेपाली युवाको मृत्यु

संसार न्यूज़
१ हप्ता पहिले
ग्यास सिलिन्डर पड्किदा युएईमा एक नेपाली युवाको मृत्यु

२८ भदौ, युएई । ग्यास सिलिन्डर पड्किदा युएईमा एक नेपालीको ज्यान गएको छ ।

आबुधाविको एयरपोर्ट रोडमा रहेको केएफसी रेष्टुरेण्टमा कार्यरत गोरखा घैरुङ ५ का सरन कुँवरको ग्यास लिक भएर पड्किदा मृत्यु भएको हो ।

गत भदौ १५ गते भएको उक्त दुर्घटनामा उनीसहित नेपाली भाषी भारतीय, दुई जना फिलिपिन्सका कामदार र एक श्रीलंकन कामदार समेत गरेर ५ जनाको ज्यान गएको पनि सोहि कम्पनीले जनाएको छ ।

केएफसीमा धेरै नेपाली काम गर्ने भएकोले नेपाली दूतावास युएईले सोधखोज गर्दा एक नेपालीको पनि दुर्घटनामा परेर मृत्यु भएको कुरा बाहिर आएको दूतावासले जनाएको छ । अन्य मृतक नागरिकका बारेमा तत् देशका दूतावासले जानकारी दिएका छन् ।

दुर्घटनामा ज्यान गुमाएका कुँवरको शब तीन दिनपछि मात्रै रेष्टुरेण्टको बेसमेन्टमा पुरिएको अवस्थामा भेटिएको थियो । उक्त रेष्टुरेण्टमा ग्यास पड्किदा सँगै रहेको सोहि कम्पनीको हार्डडिस रेष्टुरेण्टमा कार्यरत ताप्लेजुङ फुलवारी ९ का अर्जुन चुँडाल समेत घाइते भएका थिए । उनी उपचार पछि निको भएको बताइएको छ ।

सर्बाधिक पढिएको

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो १ हप्ता पहिले | समर शर्मा

काठमाडौं । विभाजन र टुटफुटले सकिन लागेको माओवादी आन्दोलन फेरि…

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा २ हप्ता पहिले | संसार न्यूज़

२५ भदौ, युके । बेलायतमा एक नेपाली युवाको मृत्यु भएको…

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । स्याङ्जा जिल्ला चापाकोट नगरपालिकाका मेयरमा नेपाली कांग्रेशका पुराना…

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ?

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ? ४ हप्ता पहिले | संसार न्यूज़

९ भदौ, काठमाडौं । निरन्तर उकालो लागेर लाख नाघेको सुनको…