Sansar News- Nepal's Fast Khabar Online News Portal

आज मंगलबार, राशिफल हेरेर सुरु गर्नुहोस् तपाईको आजको दिनको सुरुवात

संसार न्यूज़
१ हप्ता पहिले
आज मंगलबार, राशिफल हेरेर सुरु गर्नुहोस् तपाईको आजको दिनको सुरुवात

मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ
विभिन्न अवसर प्राप्त भए पनि कामको मेसो नमिल्दा अलि पछि परिनेछ । अरूका लागि बुद्धि खर्चनुपर्ला। स्वास्थ्य कमजोर रहनेछ । समयको गतिलाई पछ्याउने प्रयास गर्नुहोला । सम्भावना देखिए पनि उपलब्धि हातपार्न बढी श्रम गर्नुपर्ला । कमजोर नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला । अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ ।

बृष -इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
छातीको समस्याले स्वास्थ्य कमजोर रहनेछ । हतारको निर्णयले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला । समयमा जुट्न नसक्दा आफ्नो काम रोकिन सक्छ । अरूका लागि उपयोग भइनेछ र बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्न सक्छ । आवेशको व्यवहार र सानो असमझदारीले आफन्तजन टाढिन सक्छन् । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला ।

मिथुन -का, कि, कु, घ, ङ, छ, के, को, ह
कर्मयोगले नयाँ मोड लिनेछ भने पुरुषार्थी काम गर्दै नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पछि हट्नेछन् । अग्रज तथा सहयोगी जुट्नाले सोचेको लाभ उठाउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ ।

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो
मिहिनेत परे पनि सोचेको नतिजा हातलागी नहुन सक्छ । आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन् । अध्ययनतर्फ धेरै समय जुट्न नसकिएला । समयमा वचन पुर्याउन नसक्ता आलोचित भइनेछ । द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ । वादविवादले पनि आँटेका काममा बाधा पुर्याउनेछ । छिद्र खोतल्नेहरूबाट भने सजग रहनुहोला ।

सिंह -मा, मि, मु, मे, मो, टा, टि, टु, टे
बिछोडिएका परिवारजनसँग भेटघाट हुनाले दिन रमाइलो रहनेछ। नयाँ कामको प्रस्ताव आउनेछ । तर अवसरका साथ केही चुनौती पनि देखा पर्नेछन् । हठात् निर्णय गर्दा समस्या देखिन सक्छ । खानपान र भेटघाटमा सावधानी अपनाउनुहोला । अनावश्यक अलमलले चिताएका काममा बाधा पुग्नेछ । समस्या समाधान गर्न काम दोहोयाउनुपर्ने हुन सक्छ ।

कन्या -टो, प, पि, पु, ष, ण, ठ, पे, पो 
आकस्मिक खर्च बढ्नेछ भने आम्दानीका स्रोत कमजोर हुने समय छ । पछिका लागि लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ । फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला । यात्रा खर्चिलो र कष्टकर बन्न सक्छ । छिमेकमा असमझदारी बढ्नेछ, होसियारीसाथ काम लिनुहोला । भविष्यका लागि केही वस्तु त्याग्नुपर्ला । सोचेको नतिजा तत्काल प्राप्त नहुन सक्छ ।

तुला- र, रि, रु, रे, रो, ता, ति, तु, ते
आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन् । चिताएका काममा अलि बाधा हुनसक्छ । समय लागे पनि मिहिनेत गर्दा काम बनाउन सकिनेछ । विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । तर समयमा सजग नहुँदा आफ्नो लाभांशबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन् । आम्दानी मनग्य भए पनि आकस्मिक खर्चले धन संग्रहमा बाधा पुग्नेछ ।

बृश्चिक -तो, ना, नि, नु, ने, नो, या, यि, यु
नयाँ कामले नाम र दाम दिलाउनेछ । कर्मक्षेत्रमा गरिएको साधना सिद्ध हुनेछ। मिहिनेतले सजिलै लक्ष्यमा पुर्याउनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ । व्यवसायमा पनि फाइदै हुनेछ । कर्मयोगले मानसम्मान समेत दिलाउनेछ ।

धनु -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
चुनौतीभित्र अवसर खोज्ने समय छ । पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्न सक्छ । स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला । आफ्ना सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला । सामाजिक कामको जिम्मेवारी प्राप्त हुने समय छ । नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ने हुनसक्छ ।

मकर-भो, ज, जि, खि, खु, खे, खो, गा, गि
परिस्थितिको चक्रमा अलमलिनुपर्दा काम बन्न समय लाग्नेछ। अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ । चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ला । आकस्मिक समस्याले शरीरमा कमजोरी अनुभूति हुनेछ । चिताएको काम बिग्रनाले निराशा छाउनेछ । गोपनीयता बाहिरिनाले पनि समस्यामा परिनेछ । फजुल खर्च बढ्ने र लेनदेनमा पनि नोक्सान पुग्ने देखिन्छ ।

कुम्भ -गु, गे, गो, सा, सि, सु, से, सो, द
मानसम्मान प्राप्त भए पनि आतिथ्य खर्चिलो बन्नेछ। अर्थअभावले सताउन सक्छ । लोकाचारका लागि भोगविलासका वस्तु जुटाउनुपर्ला । यात्राको प्रक्रियाले खर्च बढाउन सक्छ । आफन्तबीच आत्मीयतामा कमी आउने समय छ । वादविवादले घर–गृहस्थीमा समस्या निम्त्याउन सक्छ । नयाँ परिवेशमा पुगिए पनि मनमा दुविधा कायम रहनेछ । काममा अधिक खर्च हुनेछ ।

मीन- दि, दु, थ, झ, ञ, दे, दो, च, चि
चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पुर्याउनेछ । ईर्ष्या गर्नेहरू स्वयं पछि पर्नेछन् भने कर्मयोगले भविष्यको बाटो समाउनेछ । मिहिनेतले काममा सफलता दिलाउनेछ। समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ । दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ । प्रतिस्पर्धाको दौडमा समेत जित हासिल हुनेछ ।

वि.सं. २०७७ भदौ ३० मंगलवार( इ.स. २०२० सेप्टेम्ब)

उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

यस्तो छ हेर्नुहोस् तपाईको आज (सोमबार) को राशिफल, आज क-कसलाई छ त शुभ ?

सर्बाधिक पढिएको

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो १ हप्ता पहिले | समर शर्मा

काठमाडौं । विभाजन र टुटफुटले सकिन लागेको माओवादी आन्दोलन फेरि…

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा २ हप्ता पहिले | संसार न्यूज़

२५ भदौ, युके । बेलायतमा एक नेपाली युवाको मृत्यु भएको…

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । स्याङ्जा जिल्ला चापाकोट नगरपालिकाका मेयरमा नेपाली कांग्रेशका पुराना…

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ?

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ? ४ हप्ता पहिले | संसार न्यूज़

९ भदौ, काठमाडौं । निरन्तर उकालो लागेर लाख नाघेको सुनको…