back

सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलसहित तीन अधिकृत पुरस्कृत

वि.सं.२०७७ भदौ ३० मंगलवार

210 

shares
NTC AD
Global IME AD

३० भदौ, काठमाडौँ । नेपाली सेनाका प्रवक्ता (सहायक रथी) सन्तोष बल्लभ पौडेल सहित तीनजना सैनिक अधिकृत पुरस्कृत भएका छन् ।

सोमबार जंगी अड्डामा आयोजित कार्यक्रममा ‘सिपाही बार्षिक–०७६’ र ‘दि शिवपुरी’ जर्नलमा प्रकाशित उत्कृष्ट लेख रचना गरेबापत उनीहरुलाई प्रधानसेनापति पूर्णचन्द्र थापाले पुरस्कार वितरण गरेका हुन् ।

‘सिपाही’ र ‘शिवपुरी’ जर्नलमा प्रकाशित लेख रचना मध्ये सहायक रथी पौडेल प्रथम भएका छन् भने प्रमुख सेनानी अनिल कुमार बुढाथोकी द्धितिय र प्रमुख सेनानी सुधिर प्रताप सिंह तृतिय भएका थिए ।

प्रथम, द्वितिय र तृतिय हुनेले क्रमश : ५० हजार र कदरपत्र, ३५ हजार र २५ हजार सहित कदरपत्र प्राप्त गरेका छन् ।
त्यसैगरी अन्य ७ जना लेखकहरुलाई सान्त्वना पुरस्कार स्वरुप जनही नगद रु.१०,०००।– र कदर पत्र प्रदान गरिएको थियो ।

उक्त कार्यक्रममा लेख रचनाहरुको मुल्याङ्कन गर्ने गैर सैनिक विज्ञ तथा सैनिक व्यक्तिहरुलाई समेत कदर पत्र प्रदान गरिएको थियो ।

रणनैतिक र सैनिक महत्वका विषयहरुमा लेख रचना लेख्न प्रेरित गर्दै प्रत्येक वर्ष प्रकाशन गरिने यी जर्नलहरुले अधिकृतहरुको बौद्धिक विकासका साथै नेपाली सेनाको संस्थागत विकासमा समेत योगदान पुर्याउँदै आएको छ । उल्लेखित लेख रचनाको मुल्याङ्कनका लागि विज्ञहरु सम्मिलित मुल्याङ्कन समिति गठन गरी उत्कृष्ट लेखहरुको छनौट गर्ने गरिन्छ ।

सिमित व्यक्तिहरुको उपस्थितिमा कोभिड- १९ सम्बन्धी सम्पूर्ण सुरक्षा मापदण्डहरु अवलम्वन गरी समापन गरीएको उक्त कार्यक्रममा बलाधिकृत रथी प्रभुराम शर्मा र नेपाली सैनिक कमान्ड तथा स्टाफ कलेजका कमान्डान्ट उपरथी बालकृष्ण कार्की लगायत प्राध्यापक तथा नेपाली सेनाका सिमित अधिकृतहरुको उपस्थिति रहेको थियो ।

वि.सं.२०७७ भदौ ३० मंगलवार १६:४३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
राष्ट्रियसभाका उपाध्यक्ष अर्यालले बुझाइन् राजीनामा

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालले बुझाइन् राजीनामा

काठमाडौँ । राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन्...

कांग्रेसमा खुसी ल्याउन आवश्यक रहेको महामन्त्री थापाकाे तर्क

कांग्रेसमा खुसी ल्याउन आवश्यक रहेको महामन्त्री थापाकाे तर्क

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली...

प्रधानमन्त्री प्रचण्ड भन्छन-विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छ

प्रधानमन्त्री प्रचण्ड भन्छन-विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छ

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चालु आर्थिक वर्षमा विकास...

स्वास्थ्यमन्त्री यादवलाई रास्वपाको २६ बुँदे सुझाव

स्वास्थ्यमन्त्री यादवलाई रास्वपाको २६ बुँदे सुझाव

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को स्वास्थ्य विभागले बिहीबार...

पुँजीगत बजेट खर्च नहुने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री ‘प्रचण्ड’

पुँजीगत बजेट खर्च नहुने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक आर्थिक वर्षमा बजेट...

गुणस्तरीय शिक्षाका लागि स्थानीय तहले लैङ्गिकमैत्री बजेट ल्याउनुपर्नेमा मन्त्री चौधरीको जोड

गुणस्तरीय शिक्षाका लागि स्थानीय तहले लैङ्गिकमैत्री बजेट ल्याउनुपर्नेमा मन्त्री चौधरीको जोड

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले गुणस्तरीय...