Sansar News- Nepal's Fast Khabar Online News Portal

सच्याऊँ सत्तरीको प्रतिगमन

पुष्पलाल पाण्डे
७ दिन पहिले
सच्याऊँ सत्तरीको प्रतिगमन

सुनौलो इतिहासले देखाएको सत्य बाटो के हो भने अबको नेपाली राजनीतिलाई फेरी मन, बचन, उमेर, बिचार र कर्मले युवा रहेको पुस्ताको सक्त जरुरत छ । अवको आवश्यकता पाका नेता हरु सल्लाहाकार भएर रहने र पार्टी सत्ता र राजकिय सत्तामा युवा हरुको जबर्दस्त नेतृत्व हो ।

कोरोनाको अफ्ट्यारोले न अठ्याएको भए अहिले सत्तारुढ दल नेकपा र मुख्य बिपक्षी दल नेपाली काङ्ग्रेस भित्र महाधिवेसनको राप चढी सकेको हुन्थ्यो । महाधिवेसनको राप सङ्गै राजनीतिमा युवा सहभागिताको बहस पनि अहिले चलीरहेको हुन्थ्यो । यसले सक्रिय राजनीतिमा उमेरको हद सम्वन्धी बहसको तरङ्ग समेत ल्याउने निश्चित थियो ।

सारा विश्व कोरोना प्रभावको बिषमताबाट गुज्रीरहेको यो समयमा महाधिवेसन तयारी सुस्त भएजस्तै सक्रिय राजनीतिमा उमेरको हद र नेत्रृत्वमा युवाको हस्तक्षेपकारी प्रवेशको आवाज पनि केहि धिमा जस्तो देखिएको छ । हुनत राजनीतिज्ञ निश्चित उमेरबाट निवृत हुने भन्ने निश्चित बैधानिक बाध्यता वा मान्यता दुवै छैन । तर पछिल्लो समयमा विश्व राजनीतिमा युवाहरुको हस्तक्षेप बढेसँगै उमेर हदको बहस पनि चल्न थालेको छ ।

विश्व परिदृश्यमा पाँच दसक उमेर भित्रैको नेतृत्व निर्वाचित हुने लहर बढे पनि नेपाली राजनीति भने औसतमा सात दशकको बुढ्यौलिले छोएका नेताहरुबाट निर्देशित हुन अभिसप्त छ । अपवादमा डोनाल्ड ट्रम र नरेन्द्र मोदी जस्ता पाका राजनीतिज्ञहरु र आजिवन राष्ट्रपति बन्ने सि जिनपिङ्ग मोह बाहेक विश्व राजनीति युवा नेतृत्वबाट निर्देशित भएको यो बेला नेपाली युवाहरु अबको पार्टी सत्ता र राजकिय सत्तामा नेतृत्वदायी भूमिकामा हस्तक्षेपकारी हुनै पर्ने दबाब समेत बढ्न थालेको छ ।

सुनौलो अतित
बिगतलाई फर्केर हेर्ने हो भने नेपालको राजनीतिमा युवा नेतृत्व जबर्जस्त रुपमा स्थापित भएको देखिन्छ । नेपालामा पार्टी स्थापनाको सुरुवाती अवस्थामा पार्टीका सस्थापकहरु युवा नै थिए । उमेर र बिचारले युवा रहेका पुष्पलाल र बी.पि कोइरालाहरुले हालेको युवा जग अहिले भने हजुरबुवाहरुको क्लबमा परिणत भएको छ । ००७ सालको क्रान्तिका यी महान योद्धा पुष्पलाल र बी.पि मात्रै होइन ०४६ पछिको खुला राजनीतिका करीस्माइ नेता मदन भण्डारी समेत तिसको दशक उमेर नकाट्दै विश्व नेता बनिसकेका थिए । बिगतका परिवर्तन यीनै नेताहरुले हालिदिएको जगबाटै सम्भव भएको सत्यले पनि अवको नेपालको राजनीतिमा युवा नेतृत्व अपरिहार्य छ भन्न सकिन्छ ।

यो सुनौलो इतिहासले देखाएको सत्य बाटो के हो भने अबको नेपाली राजनीतिलाई फेरी मन, बचन, उमेर, बिचार र कर्मले युवा रहेको पुस्ताको सक्त जरुरत छ । अवको आवश्यकता पाका नेता हरु सल्लाहाकार भएर रहने र पार्टी सत्ता र राजकिय सत्तामा युवा हरुको जबर्दस्त नेतृत्व हो ।

सच्याऊँ सत्तरीको प्रतिगमन
बिगतमा सरकार र दलामा युवाहरु ससक्त हुँदा धेरै राम्रा काम भएका उदाहरण देख्न सकिन्छ । नेपालको इतिहासकै सर्वाधिक सफल सरकार ०५१ को मनमोहन अधिकारी सरकारलाई मानिन्छ । उक्त सरकारमा प्रम अधिकारी बाहेक सबै मन्त्रीहरु चालिस देखि पचास हाराहारीको उमेरका थिए । पछिल्लो समयमा पनि सफल भएको मानिने सबै जसो मन्त्रीहरु ४० या ५० को उमेर समूहकै देखिन्छ्न ।

शायद यही सत्यबाट अभिप्रेरित भएर होला तत्कालिन नेकपा एमालेले युवा नेतृत्व स्थापित गर्न केहि पहल कदमी समेत लिएको थियो । यसैको उदाहरण थियो नेतृत्वमा ७० वर्से उमेर हदको ब्यवस्था र एकै तहमा दुइ कार्यकाल भन्दा बढी रहन नपाउने बैधानिक प्रावधान । यससँगै राम्रो सुरुवात समेत भएको थियो । उमेर हद कै कारण साहना प्रधान, मोदनाथ प्रश्रित र सिद्धिलाल सिंह जस्ता नेताहरुले अवकास लिएका थिए । नेता प्रदिप नेपालले त ६० को उमेरबाटै अवकास लिनुपर्ने बहस समेत चलाउदै आफूले समेत पार्टीबाट अवकास लिएर उदाहरण समेत देखाएका थिए । पछिल्लो समय नेपाली काँग्रेसका नेता गगन थापाले ५५ वर्षमै सकृय राजनीतिबाट अवकास लिने घोषणा गरेका छन् भने हालका प्रधान मन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलिले पार्टीको आगामी नेतृत्वमा आफूले दाबा नगर्ने घोषणा गरेका छन् । ओलिको यो महान पहलकदमी युवाहरुलाई नेतृत्वमा पुर्याउने प्रयास हो भनेर बुझ्न सकिन्छ ।

यी सबै घोषणा र अवकासका पछाडी तत्कालिन एमालेले ब्यवस्था गरेको सत्तरी बर्से उमेर हदको प्रावधान रहेको प्रस्टै बुझ्न सकिन्छ । एमालेले बैधानिक ब्यवस्था गरेर सत्तरी बर्से उमेर हदको ब्यवस्था गरे सँगैै नेपाली काँग्रेसमा पनि यस्तो प्रवधान राख्ने बिषयमा बहस चलेको थियो ।

नेपालको राजनीतिमा सत्तरी बर्से प्रावधानले सकारात्मक प्रभाव पारी रहँदा एकाएक यो प्रावधानको हत्या गर्ने काम गरिएको छ । दुई ठूला बाम दल नेकपा एमाले र एनेकपा माओवादीको एकतासँगै यो बैधानिक प्रावधानको हत्या गरिएको छ । नेपालको राजनीतिमा युवा हस्तक्षेपका लागि हालको नेकपाको यो कदमलाई प्रतिगमन भन्दा फरक पर्दैन । नेकपाले आगामी महाधिवेसन अगावै यो प्रतिगमन लाई सच्च्यायो भने यो कदम नेपाली राजनीतिमा युवा नेतृत्वको स्थापनाका लागी कोसेढुङ्गा हुने निश्चित छ । यसका लागि पार्टीका युवा नेताहरुले विशेष पहल कदमी लिने र पाका नेताहरुले अवकास लिने बोल्ड छाती देखाउन सके आगामी राजनीति युवाहरुका लागी सुनौलो सन्देश हुने निश्चित छ ।

सर्बाधिक पढिएको

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो १ हप्ता पहिले | समर शर्मा

काठमाडौं । विभाजन र टुटफुटले सकिन लागेको माओवादी आन्दोलन फेरि…

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा २ हप्ता पहिले | संसार न्यूज़

२५ भदौ, युके । बेलायतमा एक नेपाली युवाको मृत्यु भएको…

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । स्याङ्जा जिल्ला चापाकोट नगरपालिकाका मेयरमा नेपाली कांग्रेशका पुराना…

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ?

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ? ४ हप्ता पहिले | संसार न्यूज़

९ भदौ, काठमाडौं । निरन्तर उकालो लागेर लाख नाघेको सुनको…