Sansar News- Nepal's Fast Khabar Online News Portal

ओलम्पियन नयना दम्पतिलाई कोरोना

संसार न्यूज़
२ हप्ता पहिले
ओलम्पियन नयना दम्पतिलाई कोरोना

३१ भदौ, काठमाडौँ । ओलम्पियन एवं पूर्व पौडी खेलाडी नयना शाक्य कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । शाक्यसँगै उनका श्रीमान पूर्व बास्केटबल खेलाडी विकास शाही र छोरा इभान पनि कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्

ओलम्पियन शाक्यले तीनै जना कोरोनाबाट सङ्क्रमित भएको आज सार्वजनिक सञ्जालमार्फत जानकारी गराएकी छन् । पहिलो पटक परीक्षण गराउँद नतिजा नेगेटिभ आएको र दोस्रो पटक परीक्षण गराउँदा पोजेटिभ आएको शाक्यले बताए । घर छेउको पसलका सञ्चालकमा कोरोना देखिएपछि आफुहरूले पिसिआर परीक्षण गराएको शाक्यले बताइन् ।

पहिलो पटक कोरोना नदेखिएपनि पछि आफू, श्रीमान र छोरामा लक्षण देखापरे पछि पुनः परीक्षण गराउँदा तीनै जना कोरोना भाइरसबाट सङ्क्रमित भएको पाइएको ओलम्पियन शाक्यले जानकारी दिइन् । तीनै जना घरमै आइसोलेसनमा बसिरहेकी छन् । उनले सावधानी अपनाउन र सुरक्षित साथ बस्न सवैमा आग्रह गरेकी छन् । शाक्यले आठौं दक्षिण एसियाली खेलकुद (साग) मा पौडीमा स्वर्ण पदक जितेकी थिइन् । (रासस)

सर्बाधिक पढिएको

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो २ हप्ता पहिले | समर शर्मा

काठमाडौं । विभाजन र टुटफुटले सकिन लागेको माओवादी आन्दोलन फेरि…

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा ३ हप्ता पहिले | संसार न्यूज़

२५ भदौ, युके । बेलायतमा एक नेपाली युवाको मृत्यु भएको…

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड ३ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । स्याङ्जा जिल्ला चापाकोट नगरपालिकाका मेयरमा नेपाली कांग्रेशका पुराना…

तमादीको पहिरोमा एक्लै बाँचेकी घाईते मनिषाको प्रश्न : घरका सबै बितेका हुन र ?

तमादीको पहिरोमा एक्लै बाँचेकी घाईते मनिषाको प्रश्न : घरका सबै बितेका हुन र ? ३ दिन पहिले | संसार न्यूज़

स्याङ्जा । बिहिबारको बिहानले स्याङ्जा वालिङ, तमादीकी मनिषा नेपालीलाई अत्यन्तै…