Sansar News- Nepal's Fast Khabar Online News Portal

ओलीको नयाँ खेल : गौतमसँग थप बार्गेनिङ गर्न खतिवडालाई नयाँ भूमिका समाचार-टिप्पणी

समर शर्मा
२ हप्ता पहिले
ओलीको नयाँ खेल : गौतमसँग थप बार्गेनिङ गर्न खतिवडालाई नयाँ भूमिका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तिम समयसम्म पनि डा. युवराज खतिवडालाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्ने प्रयासमा केही कसर बाँकी राखेका थिएनन् । सत्तारुढ पार्टीभित्रको विवादमा खतिवडालाई राष्ट्रिय सभा सदस्य र अर्थमन्त्रालयको जिम्मेवारीबाट बिदाई गर्न बाध्य भएपनि उनले सो भूमिकामा अन्यलाई भने ठाउँ नदिने तयारी थालेका छन् ।

अर्थमन्त्रालयको साँचो खतिवडाको हातमा नै दिने गरि उनले तयारी थालेको बुझिएको छ । आर्थिक सल्लाहकारको भूमिकामा नियुक्ती गरिनु पनि त्यहि योजनाअन्तर्गत रहेको मन्त्रालय स्रोतको भनाई छ ।

खतिवडाको नियुक्तीसँगै नयाँ अर्थमन्त्रीको खोजीको योजना पनि ब्रेक भएको कुरा नेकपाभित्र चर्चा सुरु भएको छ । ओलीले मन्त्री सरहकै सुविधासहित मंगलबार खतिवडालाई विशेष आर्थिक सल्लाहकारको रुपमा नियुक्ती दिएका छन् ।

मन्त्रिपरिषदमा छलफल नै नगराई नियुक्ती

मंगलबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता एंव परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले खतिवडालाई प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय भएको बताएका थिए । उनले मन्त्रिपरिषदको अन्तिम निर्णयमा खतिवडाको विषय जानकारी गराएका थिए ।

तर, स्रोतले उल्लेख गरेअनुसार खतिवडाको नियुक्तीको विषय मन्त्रिपरिषदमा भने छलफल गरिएको थिएन । ओलीले मन्त्रिपरिषद बैठकमा खतिवडाको विषयमा कुनै प्रस्ताव नराखेको तर सार्वजनिक निर्णयमा भने नाम समेटेका थिए ।

बामदेवलाई सिफारिस गर्ने निर्णय सार्वजनिक भएन

सोमबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रियसभामा रिक्त सदस्य पदमा बामदेव गौतमको नाम राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । जुन कुरा प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले नै सञ्चार माध्यमलाई जानकारी गराएको थियो । तर, मंगलबार सार्वजनिक मन्त्रिपरिषद्को निर्णयमा भने उनको सिफारिसको विषय समेटिएको छैन् ।

मन्त्रिपरिषदमा छलफल भएको तर निर्णय सार्वजनिक नगरिनुमा प्रधानमन्त्रीले थप नयाँ योजना फालेको बुझिएको छ । साथै बामदेवको विषयमा कानूनी समस्या देखाउँदै सिफारिस नै नगर्ने तयारीसमेत गरिएको बुझ्न आएको छ । स्रोतले उल्लेख गरेअनुसार ओलीले सिफारिस नै गर्नुपरे थप विषयमा सम्झौता गराउन नाम रोकेका हुन् ।

गत भदौ १८ को नेकपा सचिवालय बैठकले गौतमलाई राष्ट्रिय सभा सदस्यमा पठाउने निर्णय गरेको थियो ।

११ महिनादेखि बामदेवलाई अल्मल्याउँदै ओली

नेकपाभित्र परेको रस्साकस्सीका बीच प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले ०७६ कात्तिक २५ मा बसेको नेकपा बैठकमा गौतमलाई राष्ट्रियसभामा लैजाने प्रस्ताव गरेका थिए । उनी आफैंले गौतमलाई प्रस्ताव गरेको झण्डै १ वर्ष पुग्न लागेको छ । तर, हालसम्म पनि ओली नै उनको विषयमा निर्णय गर्न राजी छैनन् ।

ओलीले यसबीचमा प्रधानमन्त्री बनाउने पनि प्रस्ताव राखेका थिए । उनले गत वैशाख १७ मा पार्टीभित्र मच्चिएको खैलाबैलाका बीच गौतमलाई प्रधानमन्त्रीको अफर पनि दिएका थिए । पटक–पटक विभिन्न बाहाना देखाउँदै लोभ्याउने र उल्ल्याउने काम गर्दै आएका ओलीले यस पटक पनि त्यस्तै गर्ने देखिएको छ । जसको नराम्रो सिकार बनेका गौतम भने अब के गर्छन् त्यो हेर्न बाँकी छ ।

सर्बाधिक पढिएको

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो २ हप्ता पहिले | समर शर्मा

काठमाडौं । विभाजन र टुटफुटले सकिन लागेको माओवादी आन्दोलन फेरि…

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा ३ हप्ता पहिले | संसार न्यूज़

२५ भदौ, युके । बेलायतमा एक नेपाली युवाको मृत्यु भएको…

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड ३ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । स्याङ्जा जिल्ला चापाकोट नगरपालिकाका मेयरमा नेपाली कांग्रेशका पुराना…

तमादीको पहिरोमा एक्लै बाँचेकी घाईते मनिषाको प्रश्न : घरका सबै बितेका हुन र ?

तमादीको पहिरोमा एक्लै बाँचेकी घाईते मनिषाको प्रश्न : घरका सबै बितेका हुन र ? ३ दिन पहिले | संसार न्यूज़

स्याङ्जा । बिहिबारको बिहानले स्याङ्जा वालिङ, तमादीकी मनिषा नेपालीलाई अत्यन्तै…