Sansar News- Nepal's Fast Khabar Online News Portal

जनार्दनको प्रश्न : सिन्धुपाल्चोकका जनतालाई कतिन्जेल त्रासमा बस्न बाध्य पार्ने ?

संसार न्यूज़
६ दिन पहिले
जनार्दनको प्रश्न : सिन्धुपाल्चोकका जनतालाई कतिन्जेल त्रासमा बस्न बाध्य पार्ने ?

काठमाडौं । सत्तारुढ नेकपाका नेता जनार्दन शर्मा ‘प्रभाकर’ले भूकम्प केन्द्रबिन्दु परेका सबै बस्ती सार्न माग गरेका छन् । २०७२ सालमा आएको विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पका केन्द्र बनेका क्षेत्रको बस्ती सार्न शर्माको माग छ ।

भूकम्पको केन्द्र परेका ठाउँ बाढी र पहिरोको त्रासमा रहेको भन्दै उनले सरकारसँग सबै बस्ती सार्न माग राखेका छन् । ‘अब धेरै भयो !’ भन्दै सामाजिक सञ्जालमा उनले ‘सिन्धुपाल्चोकका जनतालाई कतिन्जेल त्रासमा बस्न बाध्य पार्ने ?’ भनि प्रश्न उठाएका छन् ।

सामाजिक सञ्जालमा उनले भनेका छन्, ‘अब धेरै भयो ! सिन्धुपाल्चोकका जनतालाई कतिन्जेल भुकम्पको त्रास र पहिरोको जोखिममा बस्न बाध्य पार्ने ? मनोबैज्ञानिक भय र जुकजुकी बाट समेत मुक्त गर्न भुकम्प केन्द्रबिन्दु परेका सबै वस्ती सारौं ।’

हालैमात्र सिन्धुपाल्चोकको जुगल र बाह्रबिसेमा भिषण पहिरो गएको थियो । जुगलको लिदीमा गएको पहिरोमा ३७ जनाको ज्यान गएको छ भने २ अझैसम्म वेपत्ता छन् । त्यस्तै बाह्रबिसेमा हालसम्म पहिरोमा पुरिएका १५ जनाको शव भेटिएको छ । बाह्रबिसेमा १६ जना अझै वेपक्ता छन् ।

लिदी र बाह्रबिसे दुवै ठाउँमा पहिरोले दर्जनौं घरमा क्षति बनाएको छ । साथै पहिरोले सयौं परिवारलाई जोखिममा पारेको छ । उक्त जोखिमलाई देखाउँदै सरोकावार निकायले पनि बस्ती स्थानान्तरणकाे विषय उठाएका छन् ।

सर्बाधिक पढिएको

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो १ हप्ता पहिले | समर शर्मा

काठमाडौं । विभाजन र टुटफुटले सकिन लागेको माओवादी आन्दोलन फेरि…

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा २ हप्ता पहिले | संसार न्यूज़

२५ भदौ, युके । बेलायतमा एक नेपाली युवाको मृत्यु भएको…

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । स्याङ्जा जिल्ला चापाकोट नगरपालिकाका मेयरमा नेपाली कांग्रेशका पुराना…

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ?

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ? ४ हप्ता पहिले | संसार न्यूज़

९ भदौ, काठमाडौं । निरन्तर उकालो लागेर लाख नाघेको सुनको…