Sansar News- Nepal's Fast Khabar Online News Portal

खतरनाक विषाक्त रसायन भेटिएपछि थप ४ कम्पनीका स्यानिटाइजरमाथि प्रतिबन्ध, यी हुन् प्रयोग गर्न नहुने स्यानिटाइजर

संसार न्यूज़
६ दिन पहिले
खतरनाक विषाक्त रसायन भेटिएपछि थप ४ कम्पनीका स्यानिटाइजरमाथि प्रतिबन्ध, यी हुन् प्रयोग गर्न नहुने स्यानिटाइजर

काठमाडौं । औषधी व्यवस्था विभागले थप ४ स्यानीटाईजर कम्पनीमाथि प्रतिबन्ध लगाएको छ । विभागले बुधबार एक सूचना सार्वजनिक गर्दै स्वास्थ्यमा गम्भीर असर गर्ने विषाक्त रसायन मिथानोल भेटिएपछि थप ४ कम्पनीका स्यानिटाइजरमाथि प्रतिबन्ध लगाएको हो ।

विभागले प्रतिबन्ध लगाएका स्यानिटाइजरमा तोकिएको मापदण्डविपरीत विषाक्त रसायन मिथानोल समावेश भएको पाइएको र सो प्रयोग गर्दा स्वास्थ्यमा गम्भीर नकारात्मक असर पर्ने देखिएको बताएको छ । विभागले त्यस्ता स्यानिटाइजर प्रयोग नगर्न नराउन र त्यस्ता स्यानिटाइजरहरुको उत्पादन तथा बिक्रीवितरण अबिलम्ब रोक्न पनि सरोकारवाला निकायलाई सूचित गरेको छ।

यी हुन प्रतिबन्ध लगाइएका स्यानिटाईजर

१. चीनको ग्वाङझाओ ओबोपेकल फाइन केमिकल कम्पनी लिमिटेडद्वारा उत्पादित ओपेकल नन–वासिङ एन्टीब्याक्टेरियल सोलुसन

२. सम्पदा हेल्थकेयर प्रालि इमाडोल ललितपुरको सासा इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर

३. आरएल कर्प इण्डिया बालसद गुजरात भारतको पामाकेयर इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर

४. श्रीनाथ हर्बल एण्ड कस्मेटिक इण्डस्ट्री काठमाडौंको युनिकेयर इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर

सर्बाधिक पढिएको

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो १ हप्ता पहिले | समर शर्मा

काठमाडौं । विभाजन र टुटफुटले सकिन लागेको माओवादी आन्दोलन फेरि…

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा २ हप्ता पहिले | संसार न्यूज़

२५ भदौ, युके । बेलायतमा एक नेपाली युवाको मृत्यु भएको…

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । स्याङ्जा जिल्ला चापाकोट नगरपालिकाका मेयरमा नेपाली कांग्रेशका पुराना…

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ?

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ? ४ हप्ता पहिले | संसार न्यूज़

९ भदौ, काठमाडौं । निरन्तर उकालो लागेर लाख नाघेको सुनको…