Sansar News- Nepal's Fast Khabar Online News Portal

दशैं-तिहार लक्षित सिजीकाे छुट अफर, कुन सामानमा कति छुट ?

संसार न्यूज़
२ हप्ता पहिले
दशैं-तिहार लक्षित सिजीकाे छुट अफर, कुन सामानमा कति छुट ?

काठमाडाैं । इलेक्ट्रोनिक्स ब्राण्ड सिजीले विभिन्न अफरहरु सहितको “कुशल स्वास्थ्य असल पर्व” नामक योजना ल्याएको छ । कम्पनीले नेपालीहरुको महान चाड दशैं तथा तिहार पर्वलाई मध्यनजर गर्दै ल्याएको उक्त योजना अन्तर्गत ग्राहकले विभिन्न नगत छुट र हात खाली नजाने पक्का उपहार प्राप्त गर्नेछन् ।

योजना अन्तर्गत ग्राहकलाई सिजीका कुनै पनि घरायसी सामाग्रीको खरिदमा ३० प्रतिशत नगद छुट र हात खाली नजाने पक्का उपहारहरु प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

कुन सामानमा कति छुट ?

कम्पनीका अनुसार सिजीको कुनैपनि एलईडि. टिभीको खरिदमा ३० प्रतिशत सम्मको नगद छुट र ४३ इन्च र सो देखि माथिका टिभीहरुमा निशुल्क जडानको सुविधा रहेको छ । त्यस्तै साईड बाई साईड, मल्टिडोर रेफ्रिजेरेटर र फ्रन्ट लोड वासिङ मेसिनमा पिजनको मिक्चर र नगद छुट रहेको छ । डाबल डोर रेफ्रिजेरेटरमा भने सिजीको ३ लिटरको भिन्टेज प्रेसरकुकर र नगद छुट रहेको कम्पनीले जनाएको छ ।

यस्तै, विभिन्न सामानहरु सिङगल डोर रेफ्रिजेरेटर, सोकेश, चेस्ट फ्रिजर र स्पिकरमा आकर्षक नगद छुटको व्यवस्था रहेको कम्पनीले जानकारी दिएको छ । यस्तै ग्राहकले टपलोड तथा सेमिअटोमेटिक वासिङ मेसिनमा सि.जी.कै स्टिम आईरन र माइक्रोवेभ ओभनको खरिदमा कुकिङ किट प्राप्त गर्ने जनाइएको छ । एसिमा भने निशुल्क जडानको योजना रहेको छ ।

योजना सिजीले यहि भाद्र २९ गते २०७७ साल देखि नेपाल अधिराज्यभरि सिमित अवधिकालागि लागू हुने जनाएको छ ।

सर्बाधिक पढिएको

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो २ हप्ता पहिले | समर शर्मा

काठमाडौं । विभाजन र टुटफुटले सकिन लागेको माओवादी आन्दोलन फेरि…

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा ३ हप्ता पहिले | संसार न्यूज़

२५ भदौ, युके । बेलायतमा एक नेपाली युवाको मृत्यु भएको…

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड ३ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । स्याङ्जा जिल्ला चापाकोट नगरपालिकाका मेयरमा नेपाली कांग्रेशका पुराना…

तमादीको पहिरोमा एक्लै बाँचेकी घाईते मनिषाको प्रश्न : घरका सबै बितेका हुन र ?

तमादीको पहिरोमा एक्लै बाँचेकी घाईते मनिषाको प्रश्न : घरका सबै बितेका हुन र ? ३ दिन पहिले | संसार न्यूज़

स्याङ्जा । बिहिबारको बिहानले स्याङ्जा वालिङ, तमादीकी मनिषा नेपालीलाई अत्यन्तै…