Sansar News- Nepal's Fast Khabar Online News Portal

कस्ता ऋणीले पुनरकर्जा पाउँछन् ? के छ ऋण लिने प्रक्रिया ?

संसार न्यूज़
२ हप्ता पहिले
कस्ता ऋणीले पुनरकर्जा पाउँछन् ? के छ ऋण लिने प्रक्रिया ?

काठमाडौं । अहिले बैंक तथा वित्तीय संस्थाहरुले ऋणीलाई पुनरकर्जा लिन बोलाइरहेका छन् । राष्ट्र बैंकले वर्गिकरण गरेको क्षेत्रमा परेकामा ऋणीले पुनरकर्जा न्यूनतम १ प्रतिशतदेखि ५ प्रतिशत ब्याजदर अनुुदानमा उपयोग गर्न पाउँछन् । राष्ट्र बैंकले स्थापना गरेको पुनरकर्जा कोष बैंक तथा वित्तीय सस्थाद्वारा सञ्चालन भइरहको छ ।

गत आवको असार मसान्तसम्म ७ अर्ब ४९ करोड रुपैयाँ पुनरकर्जा बैंक तथा वित्तीय संस्थामार्फत् प्रवाह भएको छ । पुनरकर्जा कस्ता व्यक्तिले उपयोग गर्न पाउँछन् भन्नेबारेमा धेरैमा द्विविधा नै छ । ब्याजदर अनुदानमा बैंकले कर्जा लिनका लागि आवेदन दिन आह्वान नै गर्दा पुँजी अभाव भएका हरेकको चाहना हुन्छ पुनरकर्जा उपयोग गर्ने ।

कस्ता ऋणीले पुनरकर्जा पाउँछन् ?

राष्ट्र बैंकले लघु, घरेलु तथा साना उद्यम, विशेष र साधारण गरी ३ प्रकारका ३ प्रकारमा विभाजन गरेको छ । जसमा लघु, घरेलु तथा साना उद्यमका लागि निम्न मापदण्ड पुरा भएको हुनुपर्ने छ ।

१. सञ्चालनमा रहेका उद्यम, व्यवसायको लागि प्रदान भएको १५ लाख रुपैयाँसम्मका कर्जाहरू

२. प्राकृतिक प्रकोप वा कुनै महामारीका कारण बन्द रहेतापनि त्यस्तो घटनाअघि सञ्चालनमा रहेका र व्यवसायिक दृष्टिकोणले भविष्यमा सम्भाव्यता रहेका १५ लाख रुपैयाँसम्मका कर्जाहरू

३. प्राकृतिक प्रकोपका कारण पुनरुत्थान गर्नुपर्ने लघु, घरेलु तथा साना उद्यमीहरूलाई प्रवाह भएका थप कर्जाहरू

४. वैदेशिक रोजगारीबाट फर्केका उद्यमीहरुलाई प्रवाह भएका कर्जाहरु

५. कृषि उत्पादन तथा प्रशोधन, पशुपंछी पालन, ह्याचरी, मत्स्यपालन आदिमा प्रवाहित कर्जाहरु

६. कृषि औजार तथा यन्त्र उत्पादन तथा बिक्रीवितरण

७. बैंकले समयसमयमा तोकेका अन्य लघु, घरेलु तथा साना उद्यम कर्जाहरू

विशेष पुनरकर्जाका लागि निम्न मापदण्ड पुरा भएको हुनुपर्ने 

१. सञ्चालनमा रहेका निर्यातजन्य उद्योग, व्यवसायलाई प्रवाह भएका कर्जाहरू

२. न्यून आय भएका महिला, आदिवासी, जनजाती, मधेशी, दलित, फरक ढङ्गबाट सक्षम व्यक्तिले सञ्चालन गरेको उद्यम व्यवसायमा प्रवाह भएका कर्जाहरू

३. रुग्ण उद्योग तथा प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्रमा प्रदान गरिएका कर्जाहरु

४. वैदेशिक रोजगारीमा जानेलाई प्रवाह भएको कर्जाहरु

५. कोभिड-१९ बाट अति प्रभावित भनी बैंकले तोकेका क्षेत्रमा प्रदान गरिएका कर्जाहरु

साधारण पुनरकर्जाका लागि निम्न मापदण्ड पुरा भएको हुनुपर्ने

१. जलविद्युत परियोजना, कृषि क्षेत्र, पशुपंक्षी तथा मत्स्यपालन व्यवसाय, विदेशमा रोजगारी वा अध्ययन गरी फर्केका युवाहरूले सञ्चालन गरेका उद्योग-व्यवसाय, उत्पादनमूलक उद्योग, पर्यटन उद्योग, निर्माण उद्योग, शिक्षा, स्वास्थ्य, संचार, मनोरञ्जन, हवाई उड्डयन, सार्वजानिक यातायात, औषधि उद्योग, डायग्नोष्टिक सेन्टर, स्वास्थ्य शिक्षण संस्था, अस्पताल, फोहरमैला प्रशोधनसँग सम्बन्धित उद्योगमा प्रवाह भएका कर्जाहरू ।

२. पर्यटकीय सम्भावना रहेका तर तुलनात्मक रुपमा विकास हुन नसकेका पर्यटकीय गन्तव्य पाथिभरा, माइपोखरी, भिमेश्वर, कालिञ्चोक, हलेसी, लाङटाङ, स्वर्गद्वारी, मनकामना, मुक्तिनाथ, माथिल्लो मुस्ताङ, महागढीमाई, जनकपुरधाम, धनुषधाम, छिन्नमस्ता, पाँच पोखरी, रारा तथा खप्तड लगायतका क्षेत्रमा पर्यटकीय पुर्वाधार स्थापना गर्न प्रदान गरिएका कर्जाहरू ।

३. कोभिड–१९ लगायत संक्रामक रोगजन्य महामारीको कारण पूर्णक्षमतामा सञ्चालन हुन नसकेका तर, भविष्यमा सञ्चालनको सम्भावना रहेका उद्यमी व्यवसायीले लिएका कर्जाहरू ।

सर्बाधिक पढिएको

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो २ हप्ता पहिले | समर शर्मा

काठमाडौं । विभाजन र टुटफुटले सकिन लागेको माओवादी आन्दोलन फेरि…

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा ३ हप्ता पहिले | संसार न्यूज़

२५ भदौ, युके । बेलायतमा एक नेपाली युवाको मृत्यु भएको…

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड ३ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । स्याङ्जा जिल्ला चापाकोट नगरपालिकाका मेयरमा नेपाली कांग्रेशका पुराना…

तमादीको पहिरोमा एक्लै बाँचेकी घाईते मनिषाको प्रश्न : घरका सबै बितेका हुन र ?

तमादीको पहिरोमा एक्लै बाँचेकी घाईते मनिषाको प्रश्न : घरका सबै बितेका हुन र ? ३ दिन पहिले | संसार न्यूज़

स्याङ्जा । बिहिबारको बिहानले स्याङ्जा वालिङ, तमादीकी मनिषा नेपालीलाई अत्यन्तै…