Sansar News- Nepal's Fast Khabar Online News Portal

हेर्नुहोस् त यतिधेरै रहेछन् आलमन्ड (बदाम) खानुको फाइदा

संसार न्यूज़
६ दिन पहिले
हेर्नुहोस् त यतिधेरै रहेछन् आलमन्ड (बदाम) खानुको फाइदा

बदाम दुई प्रकारका हुन्छन् । एउटा हामीले सधै जाँडोको मौसममा खाने बदाम र अर्को सधै प्रयोग गरिने आलमन्ड बदाम । आलमन्ड बदामलाई ड्राइफ्रुटको राजा पनि भनिन्छ । हामीमध्ये कतिपयले यसलाई विशेष गरेर चाडपर्वका बेला बढी प्रयोग गर्ने गछौं । अझ भन्नु पर्दा तिहारमा यस्तो बदाम, काजु, ओखर लगायतका अन्य ड्राइफ्रुटको प्रयोग अत्यधिक बढ्ने गरेको छ ।

विगतका दिनहरुमा चिल्लो चाप्लो विभिन्न प्रकारका रोटिहरुको बढी प्रयोग गरिएजस्तै पछिल्ला दिनमा किस्तीमा भरिएको ड्राइफ्रुट नै तिहारमा भाइ अथवा दाइलाई उपहार दिने प्रचलन समेत बढेको छ । तर, यस्ता ड्राइफ्रुटहरुको कसरी प्रयोग गर्ने त जसले तपाई हाम्रो स्वास्थ्यलाई भरपुर फाइदा मिलोस् । तीनै ड्राइफ्रुट मध्ये आज जानौ आलमन्ड बदाम कसरी खाने त ?

आलमन्ड बदाम केटाकेटी बृद्ध बृद्धा तथा सबै उमेरका व्यक्तिहरुले केही पिस हातमा लिएर खाने गर्दछौं । तर, यसलाई कसरी खाने र यसका फाइदा तथा बेफाइदा के हुन्छन् भन्ने कमलाई थाहा हुन्छ । त्यसो त आलमन्ड बदामलाई रातभर भिजाएर बिहान त्यसको बोक्रा निकालेर खान सुझाव दिन्छन् यस सम्बन्धीका स्वास्थ्य विज्ञहरु । उनीहरुका अनुसार एक दिनमा ५ देखि १० वटा मात्र बदाम खान सकिन्छ ।

स्वास्थ्य विज्ञका अनुसार भिजाएको बदामलाई दिनहुँ सेवन गर्दा हाम्रो शरीरलाई अत्यधिक फाइदा हुन्छ । भिजाएको बदाममा भिटामीन ई, जिंक, क्याल्सियम, म्याग्नेसियम, ओमेगा थ्री र फ्याटी एसिड पनि हुन्छ । बदाममा एन्टि अक्सिडेन्ट पनि हुने हुनाले त्यसलाई हामीलाई धेरै प्रकारका स्वास्थ्य सम्बन्धी समस्याबाट पनि टाढा राख्दछ ।

भिजाएको बदामलाई बिहान, दिउँसो बेलुका कुनैपनि बेला सेवन गर्न सकिन्छ । तर, यसलाई बिहान खाली पेटमा खानु अति उत्तम हुने बताइन्छ । यदि तपाई मोटोपन कम गर्नका लागि डाइटमा हुनुहुन्छ भने तपाईले यसलाई बिहानको ब्रेकफास्ट भन्दा पहिले खानु अति उत्तम मानिन्छ । यसमा फाइवरको मात्रा भरपुर हुनाले त्यसकारण पनि बिहान यसको सेवन गर्दा भोक चाँडै नलाग्ने र शरीरमा इनर्जी पनि बढिरहन्छ । यदि तपाई जिम गर्नुहुन्छ भने जिम गर्नुभन्दा ३० मिनेट पहिले यसको सेवन गर्न सुझाउछन् स्वास्थ्य विज्ञ ।

यदि तपाईलाई निद नलाग्ने समस्या छ भने यसमा भरपुर मात्रामा म्याग्नेशियम पाइने हुनाले तपाई रातको समयमा यसको सेवन गर्न सक्नुहुन्छ । तर, धेरै राति यसको सेवन नगर्दा नै राम्रो हुनेछ ।

कसरी खाने त बदाम ?
केही मानिसहरु बदाम नभिजाई खाँदा बोक्रा सँगै खाँदा पनि हुने बताउँछन् भने केही मानिसहरु बदाम भिजाएर यसको बोक्रा निकालेर खाँदा स्वास्थ्यलाई अधिक फाइदा हुने बताउँछन् । बदामलाई रातभर पानीमा भिजाएर राख्ने र बिहान यसको बोक्रा निकालेर खाली पेटमा खाँदा भरपुर लाभ मिल्नेछ । त्यस्तै एक गीलास दूधमा पाँचवटा भिजाएको बदाम र २ वटा खजुर राखेर मिक्सरमा जुशजस्तै बनाएर खान सकिन्छ ।

यी हुन् बदाम खानुका फाइदा
त्यस्तै बिहान खाली पेटमा भिजाएको चना, केही किशमिश र बदाम मिसाएर खाँदा पनि अत्यन्तै फाइद हुने स्वास्थ्य विज्ञ बताउँछन् ।
भिजाइएको बदाममा भिटामीन इ को मात्रा भरपुर हुने हुनाले भिटामीन इ छालालाई स्वस्थ्य राख्नमा अत्यन्तै फाइदाजनक हुन्छ । यदि तपाई दिनहुँ भिजाएको बदाम सेवन गर्नुहुन्छ भने यसले छालामा नरमता र चमकता ल्याउँछ ।

-भिजाएको बदामले शरीरको पाचन शक्ति बढाउनमा पनि सहयोग गर्दछ । बदाममा अत्यधिक मात्रामा फाइबर हुने हुनाले पेटको पाचन क्रियालाई ठिक राख्नमा सहयोग गर्दछ ।

-त्यस्तै दिनहुँ भिजाएको बदाम खानाले कब्जियतको समस्या पनि समाधान हुने स्वास्थ्य विज्ञ बताउँछन् । साथै यसले दिमागलाई ताजा र स्वस्थ्य बनाउन पनि सहयोग गर्दछ । यसमा रहेको ओमेगा थ्री फ्याटी एसिडले मश्तिष्कको शक्ति बढाउन सहयोग गर्दछ ।

-त्यस्तै यसको दिनहुँ सेवन गर्नाले शरीरमा चर्बि कम गर्न पनि सहयोग गर्दछ । यसमा रहेको मोनोअनस्याचुरेड फ्याटका कारण छिटो भोक नलाग्ने तथा शरीरमा शक्ति पनि बढीरहन्छ ।

– बदाम मोटोपन घटाउनका लागि पनि सहयोगी मानिन्छ । भिजाएको बदाममा प्रोटीन, पोटासियम र म्याग्नेशियम भरपुर मात्रामा हुने हुनाले यसले हृदय स्वास्थ्यमा पनि सहयोग गर्ने तथा हृदयघातको खतरा पनि कम हुने बताइन्छ ।

– बदाममा ओमेगा थ्री र ओमेगा सिक्स फ्याटी एसिड हुने हुनाले यसको सेवनले कपाललाई लामो, बलियो र मुलायम बनाउन पनि सहयोग गर्दछ । साथै कपाल झर्ने समस्या पनि कम हुने बताइन्छ ।

-त्यस्तै मधुमेह कन्ट्रोल गर्नका लागि पनि भिजाएको बदाम सहयोगी मानिन्छ । बदाममा पाइने म्याग्नेसियम स्वास्थ्यका लागि अत्यन्तै फाइदाजनक हुने र ब्लड सुगर लेवल पनि कन्ट्रोल गर्ने बताइन्छ ।

बदममा पाइने क्याल्सियम, म्याग्नेसियम र फस्फोरस जस्ता पोषकतत्वले हाम्रो शरीरका हड्डीहरु बलियो बनाउनमा सहयोगी मानिन्छ । त्यस्तै बदामसँगै दूध -पिउनाले शरीरमा क्याल्सियमको मात्रा भरपुर हुन्छ । किनकी यी दुवै क्याल्सियमको राम्रो श्रोत रहेकाले हड्डि बलियो बनाउनका लागि फाइदाजनक हुने बताइन्छ ।

यी हुन् धेरै खाँदाका बेफाइदा

बदाममा फाइबरको मात्रा अत्यधिक हुने हुनाले धेरै मात्रामा खाँदा शरीरमा चाहिनेभन्दा बढी फाइबर जम्ने हुनाले पेट दुख्ने, कब्जियत लगायतका समस्या हुने र मिर्गौलामा पथ्थरीको समस्या हुनेलाई बदामको सेवन फाइदाजनक नहुने बताइन्छ । बदाममा अक्जिलेटको मात्रा बढी हुनाले पथ्थरीको समस्यालाई अझ बढाउने बताइँन्छ । त्यस्ता व्यक्तिले बदाम सेवन नगर्नु नै राम्रो हुने विज्ञहरुको सुझाव छ । एजेन्सीको सहयोगमा

सर्बाधिक पढिएको

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो १ हप्ता पहिले | समर शर्मा

काठमाडौं । विभाजन र टुटफुटले सकिन लागेको माओवादी आन्दोलन फेरि…

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा २ हप्ता पहिले | संसार न्यूज़

२५ भदौ, युके । बेलायतमा एक नेपाली युवाको मृत्यु भएको…

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । स्याङ्जा जिल्ला चापाकोट नगरपालिकाका मेयरमा नेपाली कांग्रेशका पुराना…

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ?

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ? ४ हप्ता पहिले | संसार न्यूज़

९ भदौ, काठमाडौं । निरन्तर उकालो लागेर लाख नाघेको सुनको…