back

सेयर बजारमा सामान्य सुधार, होटल क्षेत्र चम्कियो

वि.सं.२०७७ भदौ ३१ बुधवार

219 

shares
NTC AD
Global IME AD

३१ भदौ, काठमाडौं । साताको चौथोे दिन बुधबार सेयर बजार परिसूचक सामान्य अंकको बढेको छ । अघिल्लो दिनको तुलनामा परिसूचक ५.३६ अंकले बढेर १५४१.४० बिन्दुमा पुगेको नेप्सेले जनाएको छ । त्यस्तै ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ पनि ०.८३ अंकले बढेर ३०५.४८ बिन्दुमा पुगेको छ ।

आजको बजारमा सूचिकृत कम्पनी मध्ये १९४ कम्पनीको १ अर्ब ८४ करोड ५६ लाख ३४ हजार ३० रुपैंयाँ बराबरको ६३ लाख ९० हजार ८३ कित्ता सेयर किनबेच भएको पनि नेप्सेले जनाएको छ । तिनको कारोबारमा ३० हजार ५९० पटक लेनदेन भएको छ ।

आज बैंकिङ् बाहेक सबै ११ वटै कम्पनी उपसूचक समूहको परिसूचक उकालो लागेको छ । तिनीहरुमध्ये होटल समूह चम्कीएको छ । उसको सूचक सबैभन्दा धेरै १४२.८१ अंकले बढेको छ भने त्यसलाई पछ्याउँदै जीवन बीमा समूहको सूचक ७२.१४ अंकले बढेको छ । सरकारले असाेज १ गतेबाट हाेटल क्षेत्र खुल्ला गर्ने निणार्य गरेसंगै त्यसकाे असर याे क्षेत्रमा परेकाे जस्ताे देखिएकाे छ ।

आजको बजारमा ९७ कम्पनीका लगानीकर्ताहरुले कमाएका छन भने ५५ कम्पनीका लगानीकर्ताहरुले गुमाएका छन् । त्यस्तै १७ कम्पनीको सूचकमा कुनै पनि परिवर्तन आएको छैन ।

सूचकमा सामान्य सुधार देखिंदा कारोबार रकमका आधारमा नेपाल पूनर्बीमा कम्पनी शिर्ष स्थानमा कायमै रह्यो । उसको आज ९ करोड ३१ लाख ९६ हजार २४० रुपैंया बराबरको कारोबार गर्यो । बजार बन्द हुँदा उसको प्रतिकित्ता सेयरमूल्य ८८४ रहेको थियो ।

त्यस्तै नेपाल लाईफ इन्स्योरेन्सको ६ करोड ४६ लाख ७७ हजार १४२ रुपैंयाँ बराबरको कारोबार भएको छ भने नागरिक लगानी कोषका ५ करोड ६२ लाख ८७ हजार ९५० रुपैंयाँ बराबरको सेयर कारोेबार भएको छ ।

कारोबार संख्याको आधारमा भने सिटिजन म्युचुअल फण्ड १ शिर्ष स्थानमा रह्यो । उसको २ लाख ८ हजार ५४० कित्ता सेयर किनबेच भएको छ । त्यस्तै नेशनल हाईड्रो पावर, अरुण काबेली हाईड्रो पावर, तथा अपि पावर कम्पनी क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा रहेका छन ।

Market Summary
Total Turnover Rs: 1,845,634,030
Total Traded Shares 6,390,083
Total Transactions 30,590
Total Scrips Traded 194

Market Information
Index Current Points Change %Change
NEPSE 1,541.40 5.36 0.35
Sensitive 305.48 0.83 0.27 
Float 106.45 0.3 0.28
Sen. Float 100.19 0.14 0.14  
Sub-Indices Current Points Change %Change
Banking 1,221.31 4.58 0.37  
Trading 1,010.27 20.93 2.12  
Hotels 1,723.03 142.81 9.04  
Development Bank 1,771.91 2.08 0.12  
HydroPower 1,201.67 54.09 4.71  
Finance 684.90 1.13 0.16  
Non Life Insurance 8,147.88 42.37 0.52  
Manu.& Pro. 3,052.85 2.82 0.09  
Others 1,012.00 1.48 0.15  
Microfinance 2,593.25 4.87 0.19  
Life Insurance 9,830.07 72.14 0.74
Mutual Fund 10.86 0.06 0.51  

वि.सं.२०७७ भदौ ३१ बुधवार १६:११ मा प्रकाशित

NLIC AD
NABIL bank AD
सामान्य अङ्कले बढ्यो नेप्से, आठ उपसमूहको शेयर मूल्यमा वृद्धि

सामान्य अङ्कले बढ्यो नेप्से, आठ उपसमूहको शेयर मूल्यमा वृद्धि

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

आइपिओ बेच्नका लागि खाता खोल्नेको घुइँचो

आइपिओ बेच्नका लागि खाता खोल्नेको घुइँचो

नेपालगञ्ज । केही महिनादेखि ओरालो लागेको शेयर बजारमा प्राथमिक शेयर...

दोहोरो अङ्कले घट्यो नेप्से

दोहोरो अङ्कले घट्यो नेप्से

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...

दोहोरो अङ्कले बढ्यो नेप्से

दोहोरो अङ्कले बढ्यो नेप्से

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि...

दोहोरो अङ्कले घट्यो नेप्से

दोहोरो अङ्कले घट्यो नेप्से

काठमाडौँ । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज...

दोहोरो अङ्कले घट्यो नेप्से

दोहोरो अङ्कले घट्यो नेप्से

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...