back

अमेरिकाबाट बालसरी राईको उपचारका लागि ३ लाख बढी आर्थिक सहयोग

वि.सं.२०७७ असोज १ बिहीवार

165 

shares
NTC AD
Global IME AD

१ असोज, अमेरिका । अमेरिकामा रहेका किराँत राईहरु र अन्य नेपाली समुदायले अस्पतालमा उपचार गराइरहेकी बालसरी राईलाई आर्थिक सहयोग गरेका छन् ।

तेष्स्यु राईको संयोजकत्वमा संकलन गरिएको उक्त रकम टाउकोमा गम्भीर चोट लागेर बिराटनगरस्थित नोबेल अस्पतालमा उपचार गराइरहेकी रौतामाई गाउँपालिका ५, उदयपुरकी बालसरी राईलाई रू ३ लाख ६ हजार ३ रुपैयाँ सहयोग गरिएको हो ।

तेष्स्यु राईको संयोजकमा दिल राई, गणेश राई, विजय राई, प्रेम राई, विजेन्द्र राई, सुजना राई, सम्भु राई, अग्नि राई र केशव राम राईले सहयोग रकम संकलनमा पहल गरेका थिए ।

उक्त रकम सेप्टेम्बर १ मा न्युयोर्कमा रहेका केशव राम राईले समाजसेवी भोलामणि हार्तम्छाली राईलाई पठाइएको र १५ सेप्टेम्बरमा किराँत राई यायोक्खाको कार्यालयमा समाज हार्तम्छाली राईले किराँत राई यायोक्खाको केन्द्रीय सभापति दिवस राई किराँतलाई हस्तान्तरण गरेका थिए भने दिवस राई किराँतले बालसरी राईको भतिज मोहन विक्रम राईलाई सहयोग हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा किराँत राई यायोक्खाको केन्द्रीय सभापति दिवस राईले सहयोग संकलन गरेर पठाउने अमेरिकामा रहेका किराँत राईहरु तथा अन्य सम्पूर्णमा एक मुष्टमा धन्यवाद ज्ञापन गर्दै बाल सरीको शिघ्र स्वास्थ्यलाभको पनि कामना समेत गरेका थिए ।

कार्यक्रममा किराँत राई यायोक्खाका केन्द्रीय उपसभापति जीवन हाताचो राई, ग्रिन इन्टरनेशनल क्लबकी उपसभापति सुबि राई र सचिव सम्पदा योङ्ग्या लिम्बूको समेत उपस्थिति रहेको थियो ।

 

वि.सं.२०७७ असोज १ बिहीवार १०:१९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कर्णालीसहित तीन प्रदेशका केहि स्थानमा मध्यम वर्षाको सम्भावना !

कर्णालीसहित तीन प्रदेशका केहि स्थानमा मध्यम वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक...

आजदेखि तीन दिनसम्म नाका बन्द हुने

आजदेखि तीन दिनसम्म नाका बन्द हुने

महेन्द्रनगर (कञ्चनपुर) । कञ्चनपुरको गड्डाचौकी र ब्रह्मदेव नाका तीन दिन...

गण्डकीमा आज सार्वजनिक बिदा

गण्डकीमा आज सार्वजनिक बिदा

कास्की । गण्डकी प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको...

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौँ । पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर तीन रुपैयाँले...

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड होल्डरले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड होल्डरले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आन्तरिक तथा बाह्य पर्यटन...

अन्नपूर्ण क्षेत्रमा भित्रिए एक लाख ४४ हजार पर्यटक

अन्नपूर्ण क्षेत्रमा भित्रिए एक लाख ४४ हजार पर्यटक

गण्डकी । पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध अन्नपूर्ण क्षेत्रमा चालु आर्थिक...