Sansar News- Online for Global Nepali

हरुवाहरुको जमघट स्थल बन्यो राष्ट्रियसभा, नेकपाका मात्रै ६ सांसद चुनाव हारेका समाचार

संसार न्यूज़
१ महिना पहिले
हरुवाहरुको जमघट स्थल बन्यो राष्ट्रियसभा, नेकपाका मात्रै ६ सांसद चुनाव हारेका

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतम राष्ट्रिय सभामा मनोनित भएका छन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहिबार गौतमलाई राष्ट्रियसभा सदस्यको रुपमा मनोनित गरेकी हुन् ।

गौतमलाई संविधानको धारा ८६ को उपधारा (२)को खण्ड (ख) बमोजिम सरकारको सिफारिसमा मनोनित गरिएको हो ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेता गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। उक्त सिफारिस बुधबार राष्ट्रपतिको कार्यालयमा दर्ता भएको थियो।

प्रतिनिधिसभा सदस्य चुनावमा बर्दियाबाट हारेका गौतम पटक–पटकको प्रयासपछि राष्ट्रियसभा सदस्य बनेका हुन् । पार्टी सचिवालय सदस्यको निर्णयपछि प्रधानमन्त्री ओलीले आफ्नै इच्छाविपरीत गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेका थिए।

राष्ट्रियसभामा कम्तीमा एक जना महिलासहित तीन जना राष्ट्रपतिले मनोनित गर्ने व्यवस्था छ।

राष्ट्रिय सभामा नेकपाबाट हारेका ६ जना

गौतम मनोनित भएसँगै राष्ट्रिय सभामा प्रत्यक्ष निर्वाचन हारेका हरुवाहरुको संख्या आधा दर्जन बढि पुगेको छ । गौतमसँगै राष्ट्रिय सभामा सत्तारुढ नेकपाबाटै प्रत्यक्ष निर्वाचनमा हारेका ६ जना पुगेका छन् । गौतमसँगै प्रतिनिधि सभा निर्वाचनमा हारेका भने २ जना हुनेछन् ।

गौतम ०७४ मा भएको प्रतिनिधि सभा निर्वाचनमा बर्दिया निर्वाचन क्षेत्र नं. १ बाट पराजीत भएका थिए । गौतमजस्तै प्रतिनिधि सभामा पराजीत भएका नेकपाका प्रवक्तासमेत रहेका नेता नारायणकाजी श्रेष्ठ पनि हाल राष्ट्रिय सभा सदस्य हुन् । श्रेष्ठ गोरखा–२ बाट पराजीत भएका थिए ।

नेकपाबाट प्रदेशसभा चुनावमा दाङ – ३(१)बाट पराजित जगप्रसाद शर्मा, तनहुँ भानु नगरपालिकाको प्रमुखमा पराजित भगवती न्यौपाने, कपिलवस्तु वाणगंगा नगर प्रमुखमा पराजित विमला घिमिरे पनि राष्ट्रिय सभा सदस्य भईसकेका छन् ।

यस्तै सिन्धुपाल्चोकको लिशंखुपाखर गाउँपालिकाको वडा नं. ७ को वडा सदस्यमा पराजित सिंगबहादुर विश्वकर्मा पनि राष्ट्रिय सभा सदस्यमा गत माघमा भएको निर्वाचनमा निर्वाचित भएका थिए ।

सर्बाधिक पढिएको

रेलगाडीको ठक्करबाट अमेरिकामा नेपाली युवतीको मृत्यु

रेलगाडीको ठक्करबाट अमेरिकामा नेपाली युवतीको मृत्यु २ हप्ता पहिले | संसार न्यूज़

२९ असोज, अमेरिका । रेलगाडीको ठक्करबाट अमेरिकाको क्विन्समा एक नेपाली…

अन्य जिल्लाबाट पर्वत छिरे १४ दिन क्वारेन्टिन (सूचनासहित)

अन्य जिल्लाबाट पर्वत छिरे १४ दिन क्वारेन्टिन (सूचनासहित) २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । अन्य जिल्लाबाट पर्वत जिल्ला गएमा १४ दिन होम…

पिसीआर रिर्पोट नेगेटिभ बोकेर ओमानबाट घर फर्किएका कार्कीको कोरोना संक्रमणबाट मृत्यु

पिसीआर रिर्पोट नेगेटिभ बोकेर ओमानबाट घर फर्किएका कार्कीको कोरोना संक्रमणबाट मृत्यु ३ हप्ता पहिले | संसार न्यूज़

२१ असोज, काठमाडौं । पिसीआर रिर्पोट नेगेटिभ भएको प्रमाण बोकेर…

स्वनामलाई बचाउन संयुक्त विज्ञप्ति

स्वनामलाई बचाउन संयुक्त विज्ञप्ति २ हप्ता पहिले | संसार न्यूज़

२ कार्तिक, काठमाडौँ । माक्र्सवादी चिन्तक तथा बामपन्थी नेता स्वनाम…