Sansar News- Online for Global Nepali

भारतको रोजगारी र कलिलै उमेरमा बाल मजदुर बनेको कालेको कथा

संसार न्यूज़
१ महिना पहिले
भारतको रोजगारी र कलिलै उमेरमा बाल मजदुर बनेको कालेको कथा

हाम्रो देशको व्यवस्थाले नै भनौं वा गरिबिको रेखामुनि बसेका परिवारको तड्पिएको भोको पेट भर्न भनौं आज संसारभरीका देशहरुमा रोजगारीको लागि लाखौं युवाहरु भौतारिन बाध्य छन् ।

अन्य देशहरुमा रोजगारीको लागि जाने युवाहरुको शारीरिक दक्षताको साथ स्वास्थ चेकअप गरि उमेर पुगेका युवाहरूलाई श्रम मन्त्रालयद्धारा श्रम स्वीकृती दिएर देशहरुमा पठाउँने र जाने गर्दछन् । श्रम स्विकृति लिएर गन्तव्य देशहरुमा जाने युवाहरुले बिदेशमा गएर गर्ने कार्य तथा तलबको जानकारी पहिला नै हुने गर्दछन् । विदेश उड्नु भन्दा अगाडि देश तथा परिवार छोडेर जानुपर्ने पीडा भएपनि वा बिदेशमा पुगिसकेपछी एकाध युवाहरूमा समस्यामा आउने गरेपनि सात समुद्र पारी रहँदा आर्थिक रुपमा केहिन केही प्रगति गरेको देखिन्छ ।

युवा मात्र नभएर घरको गर्जो टार्नका लागि उमेर पुगेका वा उमेर नपुगेका थुप्रै युवाहरुको रोजगारीको अर्को गन्तव्य हो भारत । छिमेकी देश भारतमा पनि नेपालीहरु आउँने जाने क्रम अत्यधिक मात्रामा भइरहेको छ । अनौपचारिक तथ्यांक हेर्ने हो भने भारतमा झण्डै २२ लाख नेपालीहरु कार्यरत छन् ।

भारतमा आउने उमेर पुगेका कामदार मात्र नभएर बाल मंजदुरको संख्या पनि अत्यधिक छ । पहिलो छिमेकी देशसँग दुवै देशको साझा सम्झौता, सजिलोसँग स–साना रोजगार भएपनि छिटोछरितो पाईने गर्दछन् भने दोश्रो छिमेकी देशसँगको खुल्ला सिमाना, मिल्दोजुल्दो संस्कृति, थोरै लगानीमा आउन सकिने भएको हुँदा पनि धेरै युवाको आकर्षक अथवा बाध्यताको गन्तव्य बनेको छ भारत । आर्थिक विकास नभइएको नेपालका धेरैजसो दुर्गम क्षेत्रका घर–घरमा हुर्किरहेका बच्चाहरुमा लाहुरे बन्ने सपना उनीहरुको मन मष्तिस्कमा विकास हुँदै आएको पाइन्छ । अझ भन्ने हो भने हरेक घरका एक सदस्य बैदेशिक रअ‍ेजगारीमा पुगेका हुन्छन् । चाहे त्यो खाडीका देशहरु होस् यात भारत नै किन नहोस् । आफ्ना परिवारका सदस्य घराबाहिर मात्र नभएर देशै बाहिर गएर रोजगारी गरिरहेको अवस्थामा अवस्य पनि ती बालकहरुमा विदेशमै गएर सुख पाइने र धनै कमाइने भन्ने सपना सजिनुमा कुनै अनौठो हुँदैन ।

रोजगारीका लागि वा आफन्तसँगै पछि लागेर भारतमा मजदुरी गर्न आउने १२ देखि १३ वर्षका बालकदेखि ६० वर्ष उमेरका समेत रहेको पाइन्छ । वैदेशिक रोजगारीमा सबैको सपना पूरा हुन्छन् भन्ने छैन । कतिपय युवाहरू घर परिवारको सपना र आफूमाथि आइपरेको जिम्मेवारी बहन गर्दै काम गरिरहेको पाइन्छ भने केही युवाहरु आफ्नो कमिकमजोरीले गर्दा बिदेशमा अलपत्र वा जेलमा सजाय काटी रहेका पनि पाइन्छन् ।

आज म घरको आर्थिक रुपमा अत्यन्तै बिपन्न परिवारको १३ वर्षको बालक जो आफ्नो काधँमा घरपरिवारको ठूलो जिम्मेवारी बोकेर भारतमा मजदुरी गर्दै बिताएका दिनहरु र अहिले उसको वर्तमान कसरी बित्दै छ भन्ने केही वास्तविक घटनालाई उजागर गर्न गइरहेको छु । जसमा उसको नाम काल्पनिक राखिएको छ ।
आजभन्दा झण्डै सात वर्ष अगाडि सन् २०११\०१२ तिर हरियाणा राज्यको हिसारमा करिव १३ वर्र्षीय काले नाम (काल्पनिक नाम) गरेको बालक परिवारको आर्थिक अवस्था अत्यन्तै नाजुक तथा साँझ बिँहान छाक टार्न पनि धौं–धौं थियो । घरमा जिम्मेवारी लिनसक्ने सदस्य त्यही मात्र भएको हुँदा परिवारको पीडा केही कम गर्न सक्छु कि भनेर सानो झोला बोकि उ भारत पसेको थियो ।

त्यहा गएर हेर्दा मलाई अचम्म लाग्यो । एकछिन त मैले देखिरहेको मेरो नजरको कमजोरी हो वा सत्य हो विश्वास नै गर्न गाह्रो पर्यो । त्यहाँ थुनिएको व्यक्ति अरु कोहि नभएर त्यहिँ चारवर्ष पहिला बिछोड भएको काले रहेछ । मैले उजुरी पत्रमा लेखिएको विवरणको बारेमा कालेलाई ‘के यो सबै यर्थाथ हो वा तिमिलाई कसैले फसाउन खोजेको छ ?’ भनेर सोध्दा उसको उत्तरले मलाई अत्यन्तै दुःखी बनायो र अझैपनि विश्वास नलागी फेरि सोध्दापनी उसको उत्तर ‘हो मैले गल्ति गरेको नै हो’ भन्ने आयो ।

नेपालमा काले र मेरो घर अलिक टाढा भएपनि यहाँ एउटै शहरमा नजिकै रहेकोले भेट भयो । दुवै मजदुर भएपनि कालेको उमेर अपरिपक्व भएको हुँदा मलाई भन्दा केही दुख थियो उसलाई । बजार आउने जाने क्रममा कालेसँग मेरो भेट लगभग भईराख्ने हुँदा मसँग अलि बढी घुलमिल भएको थियो उ ।

देख्दा उमेरमा सानो भएपनि घरको परिस्थितिले र भोको पेटले गर्दा उ आफ्नो उमेरका केटाकेटी भन्दा केही परिपक्व भएको उसको बिचारहरु बाट थाहा लाग्दथ्यो । सबैसँग हाँसेर बोल्ने, घरायसी कुराहरु गर्ने भाईबहिनीहरुलाई धेरै पढाएर शिक्षित र योग्य नागरिक बनाउने तथा बाबुआमाको सेवा गर्ने कुरा गथ्र्यो उ सधैं । उ आफ्ना भाइ बहिनीलाई आफूजस्तो बाल मजदुर बन्न दिन्न भन्ने दृढ अठोट लिएर आफूले काम गरेको हाम्रो भेटमा बताउने गर्दथ्यो । सानै उमेरको भएपनि व्यवहारले परिपक्व बनेको उसको यहि सोँच र हाँसेर बोल्ने बानीले उ सबैको प्यारो थियो ।

सन् २०१३ देखि २०१७ सम्म कालेसँग मेरो भेटघाट निरन्तर हुन्थ्यो । पछि एकाएक काहाँ गयो मलाई थाहै भएन । छरछिमेकमा बस्नेहरुलाई पनि यहाँ जान्छु भनेर गएको रैनछ । अलि पछि एकजाना उसको साथि भेटियो ‘बाबु, काले कहाँ गयो ?’ भन्दा अर्कै शहरमा पुगेर काम गरिरहेको जानकारी पाए ।

कोरोना माहामारी (कोभिड–१९) कै बिच आजभन्दा दुईमहिना पहिला एकजना अपरिचित व्याक्तिले फोन गर्दै भने, ‘म चौकीबाट पुलिस बोलेको छु । हजुरहरु चौकिमा आउनु पर्यो ।’ मैले ‘किन ?’ भनी प्रश्न गर्दा ‘हजुरहरु सामाजिक कार्यकर्ता भएको हुँदा हजुरहरुकै देशको एउटा युवक काले नाम गरेको चोरीको आरोपमा समातिएको छ । हजुरहरुलाई यसको बारेमा केही जानकारी छ भने हामिलाई दिनु हुन्छ कि भनेर फोन गरेका हौं ।’ उनले यति भनिसकेपछी नेपाली शब्दले मलाई को होला भनेर एकजना साथिलाई लिएर संबंन्धित चौकिमा गए ।

हामी बस्ने देखि नजिकै रहेको चौंकिमा पुगेर हजुरले फोन गर्ने व्यक्ति हामी हौं भनेर परिचय दिएपछि टेवलमा राखेको उजुरी निवेदनलाई देखाउँदै त्यहाँ रहेका व्यक्तिले कालेले आफ्नो साथिको मोबाईल चोरी गरेर भागिरहेको अवस्थामा पक्राउ गरि चौकिमा ल्याएको जानकारी दिए ।

उजुरी निवेदनमा लेखिएको नेपालको ठेगाना र नामबाट चिन्न गाह्रो थियोे । हामिलाई कालेसँग मिलाउन सक्नु हुन्छ वा मिल्न सक्छौं भनी अनुरोध गरेपछी अधिकारी बसेको कोठा भन्दा बाहिर पट्टिको कोठा बताउँदै ‘जानुस् भेटेर आउँनुस्’ भनेपछी त्यहाँबाट उठेर कालेलाई राखेको कोठामा पुग्यौं ।

त्यहा गएर हेर्दा मलाई अचम्म लाग्यो । एकछिन त मैले देखिरहेको मेरो नजरको कमजोरी हो वा सत्य हो विश्वास नै गर्न गाह्रो पर्यो । त्यहाँ थुनिएको व्यक्ति अरु कोहि नभएर त्यहिँ चारवर्ष पहिला बिछोड भएको काले रहेछ । मैले उजुरी पत्रमा लेखिएको विवरणको बारेमा कालेलाई ‘के यो सबै यर्थाथ हो वा तिमिलाई कसैले फसाउन खोजेको छ ?’ भनेर सोध्दा उसको उत्तरले मलाई अत्यन्तै दुःखी बनायो र अझैपनि विश्वास नलागी फेरि सोध्दापनी उसको उत्तर ‘हो मैले गल्ति गरेको नै हो’ भन्ने आयो ।

किन ? र कसरी यहाँसम्म पुग्यौं बाबू भन्दा काले चारपाँच वर्षदेखि गलत बाटोमा गलत साथीहरूको साथ लागेर गाँजा, सुल्फा, भाँग जस्ता नशाको बानी पारिसकेको रहेछ । कोरानाका कारण जारी लकडाउनले उसले काम गर्न पनि नपाएको र साथमा पैसा पनि नभएको कारण लागुपदार्थ किन्नकै लागि आफू चोरीमा लागेको बताउँदै पश्चाताप गर्यो ।

प्रशासनको हातमा गएको केस छुटाउन त्यति सहज त थिएन । तर, केही सहयोग गरि निकालौं भनेर चौंकी इन्चार्जसँग कुराकानी गर्दा काले एउटा मोबाईल मात्र नभएर शहरभित्र चोरी भएका अन्य केसहरुमा पनि फसेको पाइयो ।

लेखक सोमारे, मुलप्रवाह अखिल भारत नेपाली एकता समाज हिसार नगर कमिटीका सचिव हुन्

भारतमा नेपाली युवाहरु र पछिल्लो समय बढ्दै गएको मदिराको लत

सर्बाधिक पढिएको

रेलगाडीको ठक्करबाट अमेरिकामा नेपाली युवतीको मृत्यु

रेलगाडीको ठक्करबाट अमेरिकामा नेपाली युवतीको मृत्यु २ हप्ता पहिले | संसार न्यूज़

२९ असोज, अमेरिका । रेलगाडीको ठक्करबाट अमेरिकाको क्विन्समा एक नेपाली…

अन्य जिल्लाबाट पर्वत छिरे १४ दिन क्वारेन्टिन (सूचनासहित)

अन्य जिल्लाबाट पर्वत छिरे १४ दिन क्वारेन्टिन (सूचनासहित) २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । अन्य जिल्लाबाट पर्वत जिल्ला गएमा १४ दिन होम…

पिसीआर रिर्पोट नेगेटिभ बोकेर ओमानबाट घर फर्किएका कार्कीको कोरोना संक्रमणबाट मृत्यु

पिसीआर रिर्पोट नेगेटिभ बोकेर ओमानबाट घर फर्किएका कार्कीको कोरोना संक्रमणबाट मृत्यु ३ हप्ता पहिले | संसार न्यूज़

२१ असोज, काठमाडौं । पिसीआर रिर्पोट नेगेटिभ भएको प्रमाण बोकेर…

स्वनामलाई बचाउन संयुक्त विज्ञप्ति

स्वनामलाई बचाउन संयुक्त विज्ञप्ति २ हप्ता पहिले | संसार न्यूज़

२ कार्तिक, काठमाडौँ । माक्र्सवादी चिन्तक तथा बामपन्थी नेता स्वनाम…