Sansar News- Online for Global Nepali

गजल

वेद प्रसाद ढुङ्गेल (विपिन अगस्ति), फिक्कल, इलाम
१ महिना पहिले

एकै जुनले रात, उज्याल्दिन सक्छ;
सुकर्मले इज्जत, उचाल्दिन सक्छ ।

जोगाउन काफी, असल मित्र एउटै ;
शत्रुले पो इज्जत, उछाल्दिन सक्छ ।

आड लिनु भन्छन्, ठूलै रूख खोजी ;
आँधी आए पोथ्रा, उखाल्दिन सक्छ ।

अज्ञानले पशुमा, गिराउँछ रे मान्छे ;
सभ्यताले सिँढी, उकाल्दिन सक्छ ।

जीवनमा कसैलाई, नसम्झनु बैरी ;
रिसले तातो रगत,उमाल्दिन सक्छ ।

आफू संग जे छ, सुख भन्नु त्यही हो ;
असन्तोषले यो मन, बराल्दिन सक्छ ।

सर्बाधिक पढिएको

रेलगाडीको ठक्करबाट अमेरिकामा नेपाली युवतीको मृत्यु

रेलगाडीको ठक्करबाट अमेरिकामा नेपाली युवतीको मृत्यु २ हप्ता पहिले | संसार न्यूज़

२९ असोज, अमेरिका । रेलगाडीको ठक्करबाट अमेरिकाको क्विन्समा एक नेपाली…

अन्य जिल्लाबाट पर्वत छिरे १४ दिन क्वारेन्टिन (सूचनासहित)

अन्य जिल्लाबाट पर्वत छिरे १४ दिन क्वारेन्टिन (सूचनासहित) २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । अन्य जिल्लाबाट पर्वत जिल्ला गएमा १४ दिन होम…

पिसीआर रिर्पोट नेगेटिभ बोकेर ओमानबाट घर फर्किएका कार्कीको कोरोना संक्रमणबाट मृत्यु

पिसीआर रिर्पोट नेगेटिभ बोकेर ओमानबाट घर फर्किएका कार्कीको कोरोना संक्रमणबाट मृत्यु ३ हप्ता पहिले | संसार न्यूज़

२१ असोज, काठमाडौं । पिसीआर रिर्पोट नेगेटिभ भएको प्रमाण बोकेर…

स्वनामलाई बचाउन संयुक्त विज्ञप्ति

स्वनामलाई बचाउन संयुक्त विज्ञप्ति २ हप्ता पहिले | संसार न्यूज़

२ कार्तिक, काठमाडौँ । माक्र्सवादी चिन्तक तथा बामपन्थी नेता स्वनाम…