Sansar News- Online for Global Nepali

हेलिकप्टरबाट सुत्केरी र गर्भवती महिलाको उद्धार

संसार न्यूज़
१ महिना पहिले
हेलिकप्टरबाट सुत्केरी र गर्भवती महिलाको  उद्धार

५ असाेज । यहाँ दुई बिरामीको हेलिकप्टरबाट उद्धार गरिएको छ । दुर्गम स्थानीय तह साइपाल गाउँपालिकाका दुई बिरामीलाई राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले बताउनुभयो ।

साइपाल – ४ घर भएकी १९ वर्षीया सुनिता रोकाया  भएको नौ दिनसम्म पनि रक्तस्राव नरोकिएपछि जिल्ला बाहिर रिफर गरिएको र सोही ठाउँकी २५ वर्षीया चार महिनाकी गर्भवती लामु तामाङको उच्च रक्तस्राव हुन थालेपछि धुली आधारभूत स्वास्थ्य एकाइमा उपचार गर्दा ठीक नभएपछि थप उपचारका लागि सुर्खेत प्रादेशिक अस्पतालमा पठाइएको जिल्ला अस्पतालका डा सन्दीप ओखेडाले बताउनुभयो ।

नौ दिनसम्म धुली आधारभूत स्वास्थ्य एकाइमा उपचार गर्दा रक्तस्राव नरोकिएपछि बाहिर पठाउनुपरेको जनाइएको छ । साइपाल गाउँपालिकामा अन्य यातायातका साधन नहँुदा उपचारमा समस्या तथा अकालमै ज्यानसमेत जाने गरेको छ । कतिपय बिरामीलाई हेलिकप्टरबाटै उद्धारसमेत गरिएको छ ।

सर्बाधिक पढिएको

रेलगाडीको ठक्करबाट अमेरिकामा नेपाली युवतीको मृत्यु

रेलगाडीको ठक्करबाट अमेरिकामा नेपाली युवतीको मृत्यु २ हप्ता पहिले | संसार न्यूज़

२९ असोज, अमेरिका । रेलगाडीको ठक्करबाट अमेरिकाको क्विन्समा एक नेपाली…

अन्य जिल्लाबाट पर्वत छिरे १४ दिन क्वारेन्टिन (सूचनासहित)

अन्य जिल्लाबाट पर्वत छिरे १४ दिन क्वारेन्टिन (सूचनासहित) २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । अन्य जिल्लाबाट पर्वत जिल्ला गएमा १४ दिन होम…

पिसीआर रिर्पोट नेगेटिभ बोकेर ओमानबाट घर फर्किएका कार्कीको कोरोना संक्रमणबाट मृत्यु

पिसीआर रिर्पोट नेगेटिभ बोकेर ओमानबाट घर फर्किएका कार्कीको कोरोना संक्रमणबाट मृत्यु ३ हप्ता पहिले | संसार न्यूज़

२१ असोज, काठमाडौं । पिसीआर रिर्पोट नेगेटिभ भएको प्रमाण बोकेर…

स्वनामलाई बचाउन संयुक्त विज्ञप्ति

स्वनामलाई बचाउन संयुक्त विज्ञप्ति २ हप्ता पहिले | संसार न्यूज़

२ कार्तिक, काठमाडौँ । माक्र्सवादी चिन्तक तथा बामपन्थी नेता स्वनाम…