Sansar News- Online for Global Nepali

मन्त्रिपरिषद पुनर्गठनको तयारी, को–को बाहिरिँदै, को–को भित्रिँदै छन् ? समाचार

सन्देश अर्याल
१ महिना पहिले
मन्त्रिपरिषद पुनर्गठनको तयारी, को–को बाहिरिँदै, को–को भित्रिँदै छन् ?

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मन्त्रीहरु हेरफेरको तयारीका जुटेको छ । आइतबार बसेको सचिवालय बैठकबाट नेकपाले मन्त्रिपरिषद पुनर्गठन गर्न नीतिगत खाका तयार गरेको थियो । जसलाई मूर्त रुप दिन नेकपाले मंगलबारको लागि सचिवालय बैठक बोलाएको छ ।

यसअघि भदौ २६ मा सम्पन्न स्थायी समिति बैठकले मन्त्रिपरिषद पुनर्गठन बारे प्रस्ताव पारित गरेको थियो । जुन प्रस्तावअनुसार नै नेकपाले मन्त्रिपरिषद पुनर्गठन गर्न लागेको हो ।

पुनर्गठनका लागि तीन विकल्प

आइतबारको सचिवालय बैठकमा पेश भएका चार वटा एजेण्डामध्ये मन्त्रिपरिषद पुनर्गठनको एजेण्डामा बैठक केन्द्रीत थियो । बैठकमा मन्त्रिपरिषद पुनर्गठनबारे प्रधानमन्त्री ओलीसहितका सचिवालयका नेताहरुबाट विभिन्न तीनवटा प्रस्तावमाथि छलफल भएको थियो ।

नेकपाका एक सचिवालय सदस्यका अनुसार आइतबारको सचिवालय बैठकमा मुख्यतः तीन वटा मोडेलमा छलफल भएको थियो तर, कुनै निक्र्यौल भने निस्किएको छैन् । उनले बताएअनुसार तीनवटा मोडेलमध्ये पहिलोमा प्रधानमन्त्रीबाहेक सबैलाई बिदाई गर्ने, दोस्रोमा दुई वर्ष पुरा गरेकालाई बिदाई गर्ने र तेस्रो विकल्पका रुपमा कार्य सम्पादनको मूल्याकनका आधारमा हेरफेर गर्ने छ ।

उनले जनाएअनुसार प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकमा कार्यसम्पादन मूल्यांकनको आधारमा हेरफेर गर्नुपर्ने प्रस्ताव राखेका थिए । बैठकमा वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालले प्रधानमन्त्रीबाहेकका सबै मन्त्रिहरु परिवर्तन गर्नुपर्ने प्रस्ताव राखेका थिए ।

बैठकमा कतिपय सदस्यले पटक–पटक सांसद भएर पनि मन्त्री बन्न नसकेकालाई अवसर दिनुपर्ने सुझाव पनि दिएका थिए ।

कसरी होला पुनर्गठन ? को–को बाहिरिएलान् ?

नेकपाका एक सचिवालय सदस्यले जनाएअनुसार दुई अध्यक्षले राखेको मोडेलमा नै केन्द्रित रही नेकपाभित्र मन्त्रिपरिषद पुनर्गठनबारे छलफल चलेको छ । दुई अध्यक्षले आइतबारको सचिवालय बैठकमा पनि कार्यसम्पादनको आधारमा मन्त्रिहरु हेरफेर गर्ने प्रस्ताव अघि सारेका थिए ।

नेकपा स्रोतले जनाएअनुसार दुई अध्यक्षहरु सुरुमै नियुक्त भएका मन्त्रिहरुलाई विदा गर्ने सोंचमा छन् । साथै कार्यसम्पादनको आधारमा पनि कतिपयलाई बिदा गर्ने योजनामा छन् ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेल, उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्तिबहादुर बस्नेत, खानेपानी बिना मगर र भूमि व्यवस्थामन्त्री पद्मा अर्याल ओली नेतृत्वको मन्त्रिमण्डलमा सुरुदेखि नै छन् । जसमध्ये गृहमन्त्री थापा र परराष्ट्र मन्त्री ज्ञवालीको कामबाट ओली सन्तुष्ट देखिन्छन् । मन्त्री थापाले नेकपाभित्रको शक्तिसंघर्षको बेला ओलीलाई सहयोग गरेका थिए ।

कामबाट राम्रोभन्दा नराम्रो चर्चा बटुलेका रक्षामन्त्री पोखरेल, खानेपानी मन्त्री मगर र भूमि व्यवस्थामन्त्री अर्यालप्रति नेकपाभित्र असन्तुष्टी देखिएको छ । साथै पछिल्लो पटक ०७६ साउन १५ संस्कृति, पर्यटन तथा नागरिक उडययन मन्त्रालयको जिम्मेवारी पाएका योगेश भट्टराईको विषयमा पनि नेकपाभित्र विवाद छ ।

गत मंसिर ४ मा मन्त्रिपरिषद पुनर्गठनसँगै जिम्मेवारी हेरफेर भएका र नयाँ जिम्मेवारी पाएका कतिपय मन्त्रिहरुको कार्यसम्पादन पनि आशातित खालको छैन् । हृयदेश त्रिपाठी, घनश्याम भुसाल, लेखराज भट्ट, रामेश्वर राय यादव, बसन्तकुमार नेम्वाङ, पार्वत गुरुङ र तीन राज्यमन्त्री मोतीलाल दुगड, रामवीर मानन्धर र नवराज राउत गत २०७६ मंसिर ४ मा भएको मन्त्रिपरिषद पुनर्गठनमा जिम्मेवारी पाएका थिए । जसमध्ये हृयदेश त्रिपाठी, घनश्याम भुसाल, लेखराज भट्ट र रामेश्वर राय यादवको भूमिका उत्साहजनक छैन् । कार्यसम्पादन मूल्यांकनको आधारमा पनि उनिहरु बाहिरिन सक्ने अवस्था छ ।

नयाँ मन्त्री बन्ने चर्चामा यी नेता

मन्त्रिपरिषद पुनर्गठन गर्दा केहि नयाँ अनुहारहरु आउनसक्ने सम्भावना रहेको बताईन्छ । नेकपाभित्र पार्टीको विवाद समाधान कार्यदलमा रहेका सदस्यहरु भीम रावल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा,र पम्फा भुसाल नयाँ मन्त्रिमण्डलमा समेटिन सक्ने चर्चा छ । साथै देवेन्द्र पौडेल, खगराज अधिकारी, हितबहादुर तामाङ, हरी अधिकारी, यज्ञराज सुनुवार, विशाल भट्टराइको नाम पनि चर्चामा छ ।

राज्यमन्त्रीमा पदम गीरीको लगभग निश्चित रहेको नेकपा स्रोतले बताएका छ । यद्धपी यसबारेको मोडालिटी प्रष्ट हुन बाकी छ ।

यसबीच हालै राष्ट्रिय सभा सदस्य बनेका वामदेव गौतम पनि मन्त्रि हुने चर्चा नेकपाभित्र छ । गौतम आफैंले पनि राष्ट्रिय सभा सदस्य हुँदै मन्त्रीको जिम्मेवारी लिने कुरा बाहिर बताएका थिए । साथै पार्टी प्रवक्तासमेत रहेका नारायणकाजी श्रेष्ठले पनि मन्त्री बन्न इच्छा व्यक्त गरेका छन् ।

नेकपाभित्र उपप्रधान तथा गृहमन्त्रीको जिम्मेवारीमा बामदेव गौतम र उपसहित परराष्ट्रमन्त्रीको जिम्मेवारीमा नारायणकाजी श्रेष्ठ, अर्थमन्त्रीको जिम्मेवारीमा सुरेन्द्र पाण्डे, उद्योग तथा आपुर्तिमा देवेन्द्र पौडेल, उर्जामा जनार्दन शर्मा र महिला तथा बालबालिका मन्त्रीको जिम्मेवारीमा पम्फा भुसाल आउनसक्ने सम्भावनाबारे चर्चा बढेको छ ।

सर्बाधिक पढिएको

रेलगाडीको ठक्करबाट अमेरिकामा नेपाली युवतीको मृत्यु

रेलगाडीको ठक्करबाट अमेरिकामा नेपाली युवतीको मृत्यु २ हप्ता पहिले | संसार न्यूज़

२९ असोज, अमेरिका । रेलगाडीको ठक्करबाट अमेरिकाको क्विन्समा एक नेपाली…

अन्य जिल्लाबाट पर्वत छिरे १४ दिन क्वारेन्टिन (सूचनासहित)

अन्य जिल्लाबाट पर्वत छिरे १४ दिन क्वारेन्टिन (सूचनासहित) २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । अन्य जिल्लाबाट पर्वत जिल्ला गएमा १४ दिन होम…

पिसीआर रिर्पोट नेगेटिभ बोकेर ओमानबाट घर फर्किएका कार्कीको कोरोना संक्रमणबाट मृत्यु

पिसीआर रिर्पोट नेगेटिभ बोकेर ओमानबाट घर फर्किएका कार्कीको कोरोना संक्रमणबाट मृत्यु ३ हप्ता पहिले | संसार न्यूज़

२१ असोज, काठमाडौं । पिसीआर रिर्पोट नेगेटिभ भएको प्रमाण बोकेर…

स्वनामलाई बचाउन संयुक्त विज्ञप्ति

स्वनामलाई बचाउन संयुक्त विज्ञप्ति २ हप्ता पहिले | संसार न्यूज़

२ कार्तिक, काठमाडौँ । माक्र्सवादी चिन्तक तथा बामपन्थी नेता स्वनाम…