back

कति घातक थियो ट्रम्पलाई पठाएको पत्रमा भएको विष ?

वि.सं.२०७७ असोज ५ सोमवार

135 

shares
NTC AD
Global IME AD

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई विष युक्त पत्र पठाएको आरोपमा क्यानडाको सीमा क्षेत्रबाट सुरक्षाकर्मीले एक महिलालाई गिरफ्तार गरेका छन् । ह्वाइट हाउसलाई पठाइएको उक्त पत्रमा रिसिन नाम खतरनाक विष भेटिएको थियो ।

पक्राउ परेकी महिला क्यानडाको सीमा क्षेत्र हुँदै अमेरिका घुस्न लागेकी थिइन् । अमेरिकी अधिकारीले बताएअनुसार पक्राउ परेकी ति महिलाबाट बन्दुकसमेत जफत भएको छ ।

रोयटर्सको रिपोर्टअनुसार महिला न्यूयोर्क नजिकैबाट अमेरिका प्रवेश गर्न लागेकी थिइन् । पक्राउ परेकी उक्त महिलालाई अमेरिकी कानून अनुसार मुद्दा चलाइनेछ ।

पक्राउ परेकी महिलाले केहि साता अघि राष्ट्रपति ट्रम्पको नाममा ह्वाइट हाउसमा पत्र पठाएकी थिइन् । ह्वाइट हाउसमा आउने पत्रहरुको चेकजाँचका क्रममा उक्त विषयुक्त पत्र फेला परेको थियो ।

रोयर्टसले क्यानडेडियन माउन्टेन प्रहरीलाई उद्र्धत गर्दै पत्र क्यानडाबाट नै गएको पुष्टी गरेको छ । जसबारे क्यानडाले जाँचमा सहयोग गर्ने वचन दिएको छ ।

Best Jamaican Black Castor Oil for Hair Growth in 2019 – Reviews

कति घातक हुन्छ रिसिन विष ?

सुरक्षाकर्मीको शुरुवाती जाँच मै पत्रमा भएको विषयुक्त पदार्थ रिसिन भएको पुष्टि भएको थियो । रिसिनलाई एक खतरनाक विष मानिन्छ । यो क्यास्टर नामको वनस्पतीको बिउ हो ।

यदि यो विषाक्त पदार्थ श्वासको माध्यमबाट शरिरमा प्रवेश गर्यो भने संक्रमित व्यक्तिलाई वान्ता हुन्छ । लगत्तै उक्त व्यक्तिको शरिरभित्र रक्तश्राव शुरु हुन्छ । यो विषको प्रभावमा परेको व्यक्ति ४८ घण्टादेखि ७२ घण्टाभित्र मर्न सक्दछ । विषको खतरनाक कुरा, आजसम्म पनि यसको औषधी पत्ता लागेको छैन् ।

यसअघि पनि अमेरिकामा यस्तो घटना घटेको थियो । सन् २०१४ मा पनि राष्ट्रपति बराक ओबामालाई रिसिन पाउडर हालेर पत्र पठाइएको थियो । उक्त रिसिन पाउडर हालेर पत्र पठाउने व्यक्तिलाई त्यस समय सुरक्षाकर्मीले पक्राउ गरि कानूनअनुसार २५ वर्षको जेल सजायँ गरिएको छ । एजेन्सीको सहयोगमा

वि.सं.२०७७ असोज ५ सोमवार १८:४४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालका पत्रकारहरुको साझा संस्था...

पुँजीगत बजेट खर्च नहुने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री ‘प्रचण्ड’

पुँजीगत बजेट खर्च नहुने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक आर्थिक वर्षमा बजेट...

कृषि विकास बैंकको ‘ग्लोबल मनि विक’ बिद्यार्थिसंग बैंक कार्यक्रम सञ्चालन

कृषि विकास बैंकको ‘ग्लोबल मनि विक’ बिद्यार्थिसंग बैंक कार्यक्रम सञ्चालन

काठमाडौं । बिश्व बैंकको आह्वानमा यस बर्षको मार्च १८ देखि...

ग्लोबल आइएमई बैंक र आईएफसीबिच महत्वपूर्ण  समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसीबिच महत्वपूर्ण समझदारी

काठमाडौं । ग्लोबल आइएमई बैंक र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)...

कुमारी बैंक मोवाइल बैंकिङ एपमार्फत कर्जा लिन सकिने

कुमारी बैंक मोवाइल बैंकिङ एपमार्फत कर्जा लिन सकिने

काठमाडौं । कुमारी बैंकको मोवाइल एपमार्फत कर्जा लिन सकिने भएको...

गुणस्तरीय शिक्षाका लागि स्थानीय तहले लैङ्गिकमैत्री बजेट ल्याउनुपर्नेमा मन्त्री चौधरीको जोड

गुणस्तरीय शिक्षाका लागि स्थानीय तहले लैङ्गिकमैत्री बजेट ल्याउनुपर्नेमा मन्त्री चौधरीको जोड

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले गुणस्तरीय...