Sansar News- Online for Global Nepali

पहिरोका कारण स्याङजामा पनि ६ जनाको मृत्यु, एक घाईते, ४ बेपत्ता समाचार

संसार न्यूज़
१ महिना पहिले
पहिरोका कारण स्याङजामा पनि ६ जनाको मृत्यु, एक घाईते, ४ बेपत्ता

८ असोज, स्याङजा । तीनदिन देखिको अविरल वर्षाका कारण आएको पहिरोले पुरिएर स्याङजामा ६ जनाको मृत्यु भएको र ४ बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय स्याङजाका अनुसार स्याङजाको कालिगण्डकी गाउँपालिका ४ गौतम डाँडामा बस्ने बाबुराम दमाई र जगत बहादुर दमाईको घरमाथि राति २ः५० मा पहिरो खस्दा दुवै घरमा क्षति भएको तथा बाबुरामका छोरा विष्णु दमाई मृत भेटिएका छन् ।

त्यस्तै वालिङ नगरपालिका १४ को तमादिमा पनि आज विहान ६ बजे गएको पहिरोको कारण माया नेपालीको घर र गोठ पुरिएको र उद्धार टोलीले तत्कालै १६ वर्षीया मनिषा नेपालीको जिवितै उद्धार गरिएपनि उनी गम्भीर रहेकोले उपचारका लागि स्वास्थ्य केन्द्र वालिङ पठाइएको छ । साथै ५ जना मृत अवस्थामा शब फेला परेको जिल्ला प्रहरी कार्यालय स्याङजाका डिएसपी राजेन्द्र प्रसाद अधिकारीले संसारन्युजलाई जानकारी दिएका छन् ।

पहिरोले पुरिएर मृत भेटिएकामा ६० वर्षीया सानी नेपाली, ४८ वर्षीया माया नेपाली, ३० वर्षीय दीपक नेपाली, २८ वर्षीया उमकला नेपाली र ९ वर्षीय दीवस नेपाली रहेको डिएसपी अधिकारी जानकारी दिएका छन् ।

‘एउटै घरमा रहेका १० जनालाई पहिरोले पुरेको थियो । ५ जनाको शब फेला परेको छ । एकजनाको उद्धार गरी उपचारका लागि पठाइएको छ भने अन्य ४ जनाको पनि उद्धार कार्य जारी छ ।’ डिएसपी अधिकारीले भने ।  अधिकारीका अनुसार प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली उद्धारमा खटिएको छ ।

यस अघि पाल्पाको रम्भा गाउँपालिका वडा नं २ मा गएको पहिरोले एक महिलाको मृत्यु भएको छ भने ५ जना बेपत्ता भएको समाचार संसारन्युजलाई प्राप्त भएको थियो ।

अविरल वर्षाका कारण पाल्पामा गएको पहिरोले पुरिएर १ को मृत्यु, एकैघरका ५ बेपत्ता

 

सर्बाधिक पढिएको

रेलगाडीको ठक्करबाट अमेरिकामा नेपाली युवतीको मृत्यु

रेलगाडीको ठक्करबाट अमेरिकामा नेपाली युवतीको मृत्यु २ हप्ता पहिले | संसार न्यूज़

२९ असोज, अमेरिका । रेलगाडीको ठक्करबाट अमेरिकाको क्विन्समा एक नेपाली…

अन्य जिल्लाबाट पर्वत छिरे १४ दिन क्वारेन्टिन (सूचनासहित)

अन्य जिल्लाबाट पर्वत छिरे १४ दिन क्वारेन्टिन (सूचनासहित) २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । अन्य जिल्लाबाट पर्वत जिल्ला गएमा १४ दिन होम…

पिसीआर रिर्पोट नेगेटिभ बोकेर ओमानबाट घर फर्किएका कार्कीको कोरोना संक्रमणबाट मृत्यु

पिसीआर रिर्पोट नेगेटिभ बोकेर ओमानबाट घर फर्किएका कार्कीको कोरोना संक्रमणबाट मृत्यु ३ हप्ता पहिले | संसार न्यूज़

२१ असोज, काठमाडौं । पिसीआर रिर्पोट नेगेटिभ भएको प्रमाण बोकेर…

स्वनामलाई बचाउन संयुक्त विज्ञप्ति

स्वनामलाई बचाउन संयुक्त विज्ञप्ति २ हप्ता पहिले | संसार न्यूज़

२ कार्तिक, काठमाडौँ । माक्र्सवादी चिन्तक तथा बामपन्थी नेता स्वनाम…