back

प्रधानमन्त्रीज्यू, नेकपाको सचिवालय संवैधानिक परिषद् होइन – नेपाली काँग्रेस

वि.सं.२०७७ असोज ८ बिहीवार

123 

shares
NTC AD
Global IME AD

८ असोज, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सचिवालय बैठकमा संवैधानिक परिषद्को विषय प्रवेश गराएकोमा आपत्ति जनाएको छ ।

काँग्रेस प्रवक्ता एवं सूचना, संचार तथा प्रचार विभागका प्रमुख विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा नेकपा नेतृत्वको सरकारले संवैधानिक परिषदको गरिमालाई निरन्तर अवमूल्यन गर्दै आएको आरोप लगाउँदै नेकपा सचिवालय संवैधानिक परिषद् नभएको उल्लेख गरिएको छ ।

गत मंगलबारको नेकपाको सचिवालय बैठकमा संवैधानिक निकायका नियुक्तिको विषय प्रवेश गराएर संवैधानिक नियुक्ति छिटो गर्न प्रधानमन्त्रीलाई आग्रह गर्ने निर्णय गरेपछि काँग्रेसले यस्तो विज्ञप्ति निकालेको हो ।

‘संवैधानिक परिषद एवं संवैधानिक नियुक्तिका सम्बन्धमा संविधानले ब्यवस्था गरेको प्रबन्ध र पद्धति भन्दा बाहिर गएर कार्य नगर्न” प्रधानमन्त्रीलाई आग्रह गरिएको छ ।

‘लोकतान्त्रिक राज्य ब्यवस्थामा संवैधानिक परिषद्को अलग्गै महत्व, मर्म एवं मुल्य हुन्छ र हुनु पर्दछ भन्ने सरकारले नबुझ्नु दुःखद त छ नै लोकतान्त्रिक पद्धतिका लागि सुखद् संकेत होइन, काँग्रेसले विज्ञप्तिमा भनेको छ ।

संवैधानिक निकायहरूको गठनमा लामो समय ढिलाइ गर्दै सरकारले अध्यादेश मार्फत संवैधानिक परिषदकै औचित्य समाप्त पार्ने असफल षड्यन्त्र यस बीचमा गरेको भन्दै ‘नेकपा सचिवालयको पछिल्लो बैठकले संवैधानिक नियुक्तिहरु गर्ने बिषयमा जुन रूपमा आफुलाई संलग्न गरायो त्यसबाट यसको बचेको गरिमालाई अन्त्य गर्ने दिशामा सरकार उद्दत रहेको पुष्टि भएको’ बताएको छ ।

वि.सं.२०७७ असोज ८ बिहीवार २१:४१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
बाह्र वर्षमै एसइई परीक्षा दिँदै पर्वतका शक्ति

बाह्र वर्षमै एसइई परीक्षा दिँदै पर्वतका शक्ति

पर्वत । सामान्यतया एसइई दिने विद्यार्थीको उमेर १४ वर्षदेखि माथिको...

लगानी प्रवर्द्धनमा भूमिका खेल्न निजी क्षेत्रलाई मन्त्री शर्माको आग्रह

लगानी प्रवर्द्धनमा भूमिका खेल्न निजी क्षेत्रलाई मन्त्री शर्माको आग्रह

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालमा अन्तर्राष्ट्रिय...

प्रधानमन्त्री ‘प्रचण्ड’ भन्छन्-देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन

प्रधानमन्त्री ‘प्रचण्ड’ भन्छन्-देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन

मनहरी (मकवानपुर) । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अर्थतन्त्र गत...

भारतमा ट्याक्सी दुर्घटना हुँदा दशको मृत्यु

भारतमा ट्याक्सी दुर्घटना हुँदा दशको मृत्यु

रमबन (भारत) । भारतको जम्मु र श्रीनगर राष्ट्रिय राजमार्गमा पर्ने...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको हालसम्म...

बचतकर्ताद्वारा सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग

बचतकर्ताद्वारा सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग

चितवन । चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि यहाँका बचतकर्ताले...