back

‘मुग्लान पारी’मा नेपालीहरूकाे पीडा यस्ताे (भिडियाेसहित)

वि.सं.२०७७ असोज ९ शुक्रवार

135 

shares
NTC AD
Global IME AD

रजिष्मा केसी/नयाँ दिल्ली – आजको दिनमा लाखौं नेपालीहरु आफ्नो पारिवारिक गुजारा टार्नको लागि विदेशिएर रगत पसिना बगाउन बाध्य छन् । बाध्यतावश आफ्नो मातृभुमी र आफन्तवाट टाढिनेको पिडा टाढिएर रहेकालाई थाहा हुन्छ । विदेशी मालिककोमा काममा निथ्रुक्क थाकेर आफ्नो कोठामा फर्किएपछि पानी सोध्ने मान्छे नहुँदा, विमारी भएर काम गर्न नसक्दा कस्तो छ भनेर सोध्ने मान्छे नहुँदाको पिडा मुग्लानपारी जानेहरुलाई मात्रै थाहा हुन्छ ।

देश विकास नहुँदा र देशमा नै सबैले रोजगार गर्ने अवसर नपाउँदा मुग्लान हामी नेपालीको जिवनको खुसीको लागि वाध्यताको यात्रा बनिरहेको छ । आजको दिनमा हेर्दा आधा भन्दा धेरै नेपालीको जिवन मुग्लानी श्रमयात्रामा जोडिएको छ । त्यसैले मुग्लान शब्द हाम्रो लागि पिडा र खुसीको शब्द बनेको छ ।

प्रख्यात बाँसुरी बादक रत्न बिक र गायिका कमला बिसीको जोडी आफैमा अब्बल र उदाहणिय छ।उनको जोडी देखेर प्रसंसा गर्ने र डाहा गर्ने को अलग्गै जमात छ।यो जोडीले हिजो मात्रै बजारमा ल्याएको ुमुग्लान पारीुनामक दशै गितले सो जोडीको थप चर्चा हुने निश्चित छ।

पङ्तिकार आफै पनि मुग्लानुमै भएको कारणले मुग्लानपारीुको दर्शक रिभ्यु लाई यसरी समेट्न सकिन्छ।हाम्रो देशको सायदै घर होलारुजस्को कुनै न कुनै सदस्य कुनै न कुनै कारणले मुग्लान पसेको नहोस। मुग्लान पस्दा पालेका रहरहरु ,भोगेका पिडाका चाँङ्गहरु फुकाउन हजार जिभ्रो भएको शेषनागले पनि सक्दैनन। झट्ट सुनिदा सबै रहरहरु बुझिने र सबै पिडाहरु समेटिने गरिुमुग्लान पारीुबनेको दर्शकको मायाले पनि साबित गरेको छ।

रत्न बिक कै स्वर रहेको र कमला बिसीको संगित रहेको यो दशै गितलाई हुम गैह्रेले लय दिएका छन। करन चैसिरको भिडियो मेकिङ्गमा रश्मी शाह,अञ्जली अधिकारी,रत्न बिक,टिका सानु,बसन्त बर्मा,खगेन्द्र बिश्वकर्मा र भुवन चौलागाईको उत्कृष्ट अभिनय रहेको छ।बालकलाकारको रुपमा राशिका शिँह,ऋदम गन्दर्भ,पुजा खड्का,प्रशंन्न पाठक,अशिम महर्जन र सक्कम तामाङ्गको अभिनय मा हुम गैह्रेको निर्दैसन कौसलता देखिन्छ।

गरिबीले होनी आमा म प्रदेशी भाको,जति दुख गरेपनि छैन तलब आको,म आउन पाईन आमा…म आउन पाईन…दशैं र तिहारमा…. गित मर्मस्पर्सी छ।गितले केवल आमालाई मात्र हैन श्रीमति,छोराछोरी,बहिनी लगाएत सबै पक्षलाई समेटेको र छोएको छ। ‘न्याउली चरी गाँउछ होला बिरहको भाका,मेरै बाटो हेर्दा हेर्दै थाके होलान आँखा,ढाँट्यो दाई भन्छ्यौ होला पाईएन एक हुन,यो तिहारमा मेरा बैनी मखमली नबुन,म आउन पाईन बैनी,म आउन पाईन….अहिलेको तिहारमा….’मालिका डिजिटल ले बजारमा ल्याएको यो कर्णप्रिय गितको दृष्य निर्माण बिशाल मुभिजले गरेको छ।यो रिभ्यु तयार पारुन्जेल गितले पचास हजार भ्युज पाईसकेको छ।समग्रमा सबै पक्षलाई समेटेको गितले मुग्लानी मनलाई जित्ने पक्का छ।

पारिवारिक भिडियो बनेको छ,सबैले माया गरिदिनुहोलाुगायिका कमला बिसीले टेलिफोन बार्तामा भनिन।समयसापेक्ष बनाउनको लागि कोरोनाको कहरबाट मुग्लानीमा पारेको प्रभाव थप्न भनें निर्माणपक्ष चुकेको छ।समग्रमा गित मर्मस्पर्शी र कर्णप्रिय बनेको छ । चरा खस्ने तातो घामले निसासिन्छु जैले,आमा तिम्रो मुख देख्न पाउने होला कैले,रहर हैन बाध्यताले आएँ मुग्लान पारि,कहिले होला फर्काउने बन्दकी को बारि,म आउन पाईन आमा….आमा संगको यो पत्र रोदन ले नेपाली बाध्यतालाई चित्रण गरिएको छ।

बोल माया फेम अञ्जली अधिकारी र दोहोरी क्विन टिका सानुको अभिनय को फ्यानहरुलाई यो भिडियो ले निरास बनाउदैन।रत्न बिक र कमला बिसी को जोडी को मेहनत यो भिडियोमा देखिएको छ। देश नै सुनसान बनाईदिने यो मुग्लानु अनि रहर र बाध्यता बिच पिल्सिएको यो ुमुग्लानीुलाई ुमुग्लानपारीुले सचित्र बर्णन गरिदिएको दर्शक रिभ्यु मा देख्न सकिन्छ । युट्युवमा अधिकाँश दर्शकहरुले पनि भिडियो राम्रोुबनेको प्रतिकृया दिएका छन । म अभिनय भन्दा पनि दोहोरीमा बढि चिनिन्छु तर गितको कर्णप्रिय आवाजले बहिनी बनेर अभिनय गर्न पाए हुन्थ्यो जस्तो लाग्यो अनि कोषिश गरेकी छुुगायिका टिका सानुले भनिन । मुग्लान पारिुले मन मात्र जित्दैन ब्यवसायिक रुपमा पनि सफल बन्नेछ कमसेकम दर्शक रिभ्युबाट यहि आंकलन गर्न सकिन्छ।

हेर्नुहोस मुग्लानपारी गितको भिडियो

वि.सं.२०७७ असोज ९ शुक्रवार ०९:२१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
खेलाडी तुम्बापोको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ निर्माण

खेलाडी तुम्बापोको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ निर्माण

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक एञ्जिला तुम्बापो...

कथाकार परशु प्रधानको निधन

कथाकार परशु प्रधानको निधन

काठमाडौँ । कथाकार परशु प्रधानको ८० वर्षको उमेरमा निधन भएको...

पोखरा पुगेर छमछमी नाचे प्रधानमन्त्री प्रचण्ड

पोखरा पुगेर छमछमी नाचे प्रधानमन्त्री प्रचण्ड

गण्डकी । पोखरेलीले आज बिहानैदेखि उत्सव मनाइरहेका थिए । आफ्नो...

नाटकमा फर्किने योजनामा छु : अभिनेता मल्ल

नाटकमा फर्किने योजनामा छु : अभिनेता मल्ल

काठमाडौँ । अभिनेता सौगात मल्ल चलचित्रमा निर्वाह गरेको पात्र र...

सत्य कथामा आधारित भनिएको  ‘गोर्खा वारियर’मा के छ त त्यस्तो ?

सत्य कथामा आधारित भनिएको ‘गोर्खा वारियर’मा के छ त त्यस्तो ?

खोटाङ । ब्रिटिस गोर्खा सैनिक (बेलायती सेना)ले लडाइँमा भोगेका सत्य...

के छ त दयाहाङ राई र मिरूना मगर अभिनित चलचित्र ‘रङ्गेली’ मा ?

के छ त दयाहाङ राई र मिरूना मगर अभिनित चलचित्र ‘रङ्गेली’ मा ?

काठमाडौँ । शक्ति र प्रभावको द्वन्द्व र संवादमा केन्द्रित नेपाली...