back

आज शनिबार यस्तो छ तपाईको राशिफल, हेर्नुहोस् आज क-कसलाई छ त लाभ ?

वि.सं.२०७७ असोज १० शनिवार

156 

shares
NTC AD
Global IME AD

मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ
केही आलोचना भए पनि विशेष जिम्मेवारी प्राप्त हुने सम्भावना छ । प्रयत्न गर्दा समुदायको हितमा लोकप्रिय काम गर्न सकिनेछ । नोकरी र व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुने समय छ। छोटो समयमा काम सम्पादन हुनेछ । गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ । विवादास्पद कामलाई टुंगो लगाउन जुट्नुपर्ने हुन सक्छ। केही अवरोध पनि सामना गर्नुपर्ला ।

बृष इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
परिस्थितिवश आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन् । अस्वस्थताले काममा जुट्न बाधा पर्नेछ । समस्या दोहोरिनाले अलमलमा परिएला । हल्लाको पछि लाग्दा दुःख पाइनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई भने भाग्यले साथ दिनेछ । टाढिएका मित्रगण नजिकिनाले प्रसन्नता मिल्नेछ। सहयोगीहरूले साथ दिनेछन् । धेरै आम्दानी नभए पनि व्यवसायले गति लिनेछ ।

मिथुन -का, कि, कु, घ, ङ, छ, के, को, ह
व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ । दौडधुप गर्नुपरे पनि काम अधुरो रहला। गोप्य सूचना बाहिरिन सक्छ । हुलमुलमा धनमाल जोगाउन अलि सजग रहनुपर्ला । स्वास्थ्यका लागि आराम र खानपानमा विशेष ध्यान दिनुहोला । यात्राको प्रक्रियामा बढी खर्च हुन सक्छ । आफ्नो उपलब्धिमा अरूले दाबी गर्ने सम्भावना रहेकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला ।

कर्कट -हि, हु, हे, हो, डा, डि, डु, डे, डो
विशेष अवसरले आत्मबल बढ्नेछ र चिताएका काममा सफलता प्राप्त हुनेछ । छोटो समयमा फाइदा उठाउन सकिनेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ । उपहारले काममा उत्साह जगाउला । मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । परिवारजनको साथले उत्साह जगाउनेछ ।

सिंह -मा, मि, मु, मे, मो, टा, टि, टु, टे
व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ । खर्च लागे पनि दिगो काम फेला पर्नेछ । केही विवादास्पद जिम्मेवारी सम्हाल्नुपर्ला । चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ । शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ । ईर्ष्या गर्नेहरूले हार खानेछन् । व्यापारलगायत अर्थ लाभ हुने योजना प्रारम्भ गर्न सकिनेछ ।

कन्या- टो, प, पि, पु, ष, ण, ठ, पे, पो
उपलब्धिका लागि परिस्थितिसँग सम्झौता गर्नुपर्ने हुन सक्छ । समयतालिका नमिल्दा आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन् । स्वास्थ्यका लागि खानपानमा ध्यान दिनुहोला । मिहिनेत गर्दा अध्ययनमा प्रगति हुनेछ । नियमित काम र व्यवसायमा लाभ हुनेछ । महत्त्वाकांक्षा पूरा नभए पनि पहिलेको उपलब्धि जोगाउन सफल भइनेछ । आर्थिक स्थितिमा पनि सुधार आउनेछ ।

तुला- र, रि, रु, रे, रो, ता, ति, तु, ते
तत्कालको फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ । धेरै लाभ उठाउन नसकिए पनि समस्या सुल्झनेछन् । पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ । भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। परिवारमा आमाको माध्यमबाट काम बनाउन सकिनेछ । टाढिएका आफन्त नजिकिनेछन् । अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा अवश्यै लाभ हुनेछ ।

बृश्चिक -तो, ना, नि, नु, ने, नो, या, यि, यु
सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन् । पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सफल भइनेछ । उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ । गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ । मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउन सकिनेछ । महत्त्वाकांक्षी काममा भने आफ्नैले बाधा पुर्याउन सक्छन्, गोपनीयतामा सजग रहनुहोला ।

धनु -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
अध्ययनमा प्रगति हुनेछ भने ज्ञान र कलालाई निखार्ने अवसर प्राप्त हुनेछ । बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयनमा आउनेछ । तर, समयमा वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन् । बेसुरमा बोल्ने बानीले वादविवाद निम्त्याउला । परिस्थितिले स्वतन्त्रतामा बाधा पुर्याउन सक्छ । तापनि मिहिनेतले गुमेको स्थान दिलाउन सक्छ । आफ्नो वर्चस्व पनि बढ्नेछ ।

मकर -भो, ज, जि, खि, खु, खे, खो, गा, गि
विशेष भेटघाटले नयाँ काम गर्ने वातावरण बन्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । मेहनतले नाम, दाम र इनाम दिलाउन सक्छ । बिछोडिएका आफन्तजनसँग भेटघाट हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ । अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ ।अवसर प्राप्त भए पनि सानो भूलले काममा बाधा हुन सक्छ । बेसुरको निर्णयले समस्या निम्त्याउनेछ ।

कुम्भ- गु, गे, गो, सा, सि, सु, से, सो, द
खर्च लागे पनि लगानी बढाउने अवसर प्राप्त हुनेछ । दिगो योजनाका लागि ऋण लिने समय छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपरे पनि उपलब्धि हातपार्न सकिनेछ । समस्या पर्दा शुभचिन्तकहरूको सहयोग प्राप्त हुनेछ । तर सानो कामलाई अधिक समय खर्च हुनेछ । फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला । टाढाका साथीभाइ नाजिकिनाले यात्राको साइत जुर्न सक्छ ।

मीन -दि, दु, थ, झ, ञ, दे, दो, च, चि
भौतिक साधन जुट्नाले प्रसन्नता मिल्नेछ । आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि राम्रै फाइदा हुनेछ । मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ । दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ । प्रतीक्षित नतिजाले पनि उत्साह जगाउनेछ । विभिन्न भौतिक साधन जुट्नेछन् भने पछि फाइदा हुने काम प्रारम्भ गर्ने समय छ । तारिफयोग्य कामले राम्रो उपलब्धि दिलाउनेछ ।

वि.सं. २०७७ असोज १० शनिवार (इ.स. २०२० सेप्टेम्बर २६)
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)९८४१३५२१६४

तपाईको आज (शुक्रबार) को राशिफल, हेर्नुहोस् आज क-कसलाई छ त शुभ ?

वि.सं.२०७७ असोज १० शनिवार ०८:०९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ढोर र छाब्दी बाराहीकी कान्छी बहिनी भुलभुला पर्यटकको घुइचो

ढोर र छाब्दी बाराहीकी कान्छी बहिनी भुलभुला पर्यटकको घुइचो

गण्डकी । कास्कीको पोखरा महानगरपालिका–३३ भरतपोखरीको पुडिटारमा रहेको भुलभुला मन्दिर...