Sansar News- Online for Global Nepali

भाटभटेनीमा पनि महंगियो खसीको मासु, नयाँ मुल्य यति

संसार न्यूज़
१ महिना पहिले
भाटभटेनीमा पनि महंगियो खसीको मासु, नयाँ मुल्य यति

काठमाडौं । बजार मूल्यभन्दा साढे ४ सय रुपैयाँ सस्तो मूल्यमा खसीको मासु बिक्री गर्दै आएको भाटभटेनी सुपरमार्केटले अब भने मूल्य बढाउने भएको छ । बजारमा खसीको मूल्य प्रतिकिलो १३ सय रुपैयाँ हुँदा ८ सय ५० रुपैयाँ किलोमा बिक्री गरेको भाटभटेनीले अबका केही साता ८ सय ९९ र दशैंका बेला ९ सय ९९ रुपैयाँले बिक्री गर्ने सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङले जानकारी दिए ।

गुरुङका अनुसार बजारमा बिचौलियाका कारण खसीको मासुको मूल्य महंगो भएको भन्दै भाटभटेनीले सस्तो मूल्यमा बिक्री गरेको हो । भाटभटेनीले नेपालगञ्ज र भैरहवाबाट ल्याइएका खसीको मासुको मूल्यमा थोरै नाफा राखेर बिक्री गर्ने गरेको छ ।

‘हामीले नेपालगञ्जबाट खसीको मासु ल्याएर बिक्री गर्दैै आएका छौं, पहिलो हाम्रो लागत प्रतिकिलो ७ सय रुपैयाँ पर्थ्यो र ८ सय ५० रुपैयाँमा बिक्री वितरण गरिरहेका थियौं,’ सञ्चालक गुरुङले भने, ‘अब ल्याउने मासुको मूल्य हामीलाई नै ८ सय ५० रुपैयाँ पर्छ, त्यसैले नयाँ मूल्य ८ सय ९९ राखेर बिक्री गर्छौं ।’

अब दशैंको सिजन आएकाले किसानले नै बढी मूल्य लिने भएकाले बजारमा खसीको मासुको मूल्य बढ्ने उनले जानकारी दिए । ‘दशैंका बेला प्रतिकिलो ९ सय ९९ रुपैयाँमा बिक्री गर्न सकिन्छ कि भन्ने छ,’ उनले भने ।

उनका अनुसार भाटभटेनीले गोलभेडा, चिनी र आलु पनि बाहिरबाट सस्तो मूल्यमा ल्याएर बिक्री गरिरहेको समाचार क्लिक माण्डुले छापेकाे छ ।

सर्बाधिक पढिएको

रेलगाडीको ठक्करबाट अमेरिकामा नेपाली युवतीको मृत्यु

रेलगाडीको ठक्करबाट अमेरिकामा नेपाली युवतीको मृत्यु २ हप्ता पहिले | संसार न्यूज़

२९ असोज, अमेरिका । रेलगाडीको ठक्करबाट अमेरिकाको क्विन्समा एक नेपाली…

अन्य जिल्लाबाट पर्वत छिरे १४ दिन क्वारेन्टिन (सूचनासहित)

अन्य जिल्लाबाट पर्वत छिरे १४ दिन क्वारेन्टिन (सूचनासहित) २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । अन्य जिल्लाबाट पर्वत जिल्ला गएमा १४ दिन होम…

पिसीआर रिर्पोट नेगेटिभ बोकेर ओमानबाट घर फर्किएका कार्कीको कोरोना संक्रमणबाट मृत्यु

पिसीआर रिर्पोट नेगेटिभ बोकेर ओमानबाट घर फर्किएका कार्कीको कोरोना संक्रमणबाट मृत्यु ३ हप्ता पहिले | संसार न्यूज़

२१ असोज, काठमाडौं । पिसीआर रिर्पोट नेगेटिभ भएको प्रमाण बोकेर…

स्वनामलाई बचाउन संयुक्त विज्ञप्ति

स्वनामलाई बचाउन संयुक्त विज्ञप्ति २ हप्ता पहिले | संसार न्यूज़

२ कार्तिक, काठमाडौँ । माक्र्सवादी चिन्तक तथा बामपन्थी नेता स्वनाम…