back

नोकियाको नयाँ मोबाइल सार्बजनिक, के के छन त विशेषता ?

वि.सं.२०७७ असोज १९ सोमवार

186 

shares
NTC AD
Global IME AD

१९ असोज, काठमाडौं । एचएमडी ग्लोबल, होम्स फर नोकिया फोनले आईतबार नोकिया २.४ मोबाईल सार्वजनिक गरेको छ ।

नोकिया २ को अर्को जेनेरेशनले नाइट मोड र पोट्रेट मोड सहित एडभान्स इमेज सुविधा ल्याउँदैछ जसले प्रयोगकर्ताको फोटोलाई अर्को स्तरमा पुर्याउन मद्दत गर्दछ । ठुलो ६.५ इन्च एचडी प्लस स्क्रीनका साथ लामो समयसम्म अधिक तस्वीरहरु हेर्न, सिक्न र सृजना गर्न सकिने कमपनीको दावी छ ।

यसका लागि दुई दिनसम्म टिक्ने ब्याट्री लाइफलाई रहेको छ । जहाँ प्रयोगकर्तालेले आफ्नो लोकप्रिय एप र गेमहरु लामो समयसम्म ब्याट्रीको चिन्ता बिना नै स्वतान्त्र रुपले मज्जा लिनसक्ने छन् । यो फोनमा आधुनिक आवश्यकताहरु जस्तै फिंगरप्रिन्ट र फेस अनलकका साथै प्रयोगकर्ताले सहज पहुँच र थप सुरक्षाको लाभ लिन सक्नेछन् ।

यसका साथै नोकिया २.४ एन्ड्रोइड प्रतिज्ञाहरुका साथ आउँदैछ जसमा ३ वर्षसम्मको मासिक सक्युरिटी अपडेट र २ वर्षसम्मको ओएस अपडेट छ, जसको अर्थ यो एन्ड्रोइड ११ र १२ का लागि तयार गरिएको उत्पादकले जनाएको छ ।

केके छन त विशेषता ?

एआई इमेजिंगबाट फ्यूल्ड विस्तृत नाइट र पोट्रेट शट

यो फोनमा कैद गर्न लायकका क्षणहरु दिनको उज्यालोमा मात्र हुँदैनन् । नाइट मोडमा एडभान्स इमेज फ्युजन र एक्पोजर स्ट्याकिंगका साथ नोकिया २.४ ले प्रयोग कर्ताहरुलाई अध्यारो अवस्थाहरुमा पनि जीवन्त विवरणहरु खिच्न अनुमति दिनेछ ।
पोट्रेट मोडको कस्टुम आकार र ब्लर ब्याकग्राउन्डका साथ प्रयोगकर्ताको रचनात्मकता बाहिर ल्याउन पनि यसले मद्दत गर्दछ । नयाँ पोट्रेट इडिटरका साथ प्रयोगकर्ताहरुले खिचेका तस्वीरहरु खिचेको लामो समयपछि पनि तत्काल शेयर गर्न योग्य बनाउँदछ भने अनुपम शटका लागि रिफोकश र सम्पादन गर्न पनि यो फोन कामयावी छ ।

६.५ इन्चको स्क्रीनमा हेर्न, सिक्न र सृजनाका साथै दिर्घकालिन मनोरञ्जनको आनन्द दिने

यो फोनको सेल्फी नोचका साथ ठुलो एचडी प्लस डिस्प्लेले स्क्रीनलाई अधिकतम बनाउँछ, जसले आफ्नो लोकप्रिय शोमा डुब्न चाहनेहरुका लागि सुलभ मुल्यमा उत्कृष्ट दृश्य अनुभव प्रदान गर्दछ । यसका साथै, प्रयोगकर्ताले नोकिया २ दायराबाट अपेक्षा गरे अनुसारको दुई दिनसम्मको ब्याट्री लाइफमा अटल रहदैं प्रयोग गर्न सक्नेछन् ।

नोकिया २.४ मा ४५०० एमएएच ब्याट्री छ जुन एकपटक चार्ज गर्दा दुई दिनसम्म टिक्छ । यसका लागि एआई—एसिस्टेड एडाप्टिभ ब्याट्रीको प्रयोग गरिएको छ जसलेगर्दा प्रयोगकर्ताले धेरै समय फोनलाई होइन आफुलाई रिचार्ज गर्नका लागि बिताउन सक्नेछन् । यो फोनले प्रयोगकर्ताले कुन एप बढि प्रयोग गरेको छ भन्ने थाहा पाउँछ । यसका लागि पावरलाई प्राथमिकता दिन्छ ताकि प्रयोगकर्ताले आफ्नो मनपर्ने सुविधाहरु धेरै समयसम्म प्रयोग गर्न सकुन् ।

फिनिश रुटबाट प्रेरित टाइमलेस डिजाइन, टिकाउका लागि निर्मित

नोकिया २.४ ले आधुनिक आवश्यक चीजहरु ल्याउँदैछः जस्तै सुविधाजनक फिंगरप्रिन्ट सेन्सर र एआई फेस अनलकको साथ प्रयोगकर्ताको उपकरणमा छिटो र सजीलो पहुँच पुर्याउन सकोस् ।

यो फोनले प्रयोगकर्ताले आफ्नो फोन कसरी प्रयोग गर्दछ भन्नेमा बहुउपयोगिता प्रदान गर्दछ । यसको फिनिश रुटहरूमा अटल रहँदै नोकिया २.४ टिकाऊ डिजाइनमा आउँछ जुन केवल राम्रो देखिन मात्र नभएर टिकाउका लागि निर्मित छ ।

थ्रीडी न्यानो—टेक्स्चर्ड कभर प्रयोगकर्ताको हातमा सुरक्षित रूपले बस्छ र एक आश्चर्यजनक फिनिशका साथ यो नोर्डिक—प्रेरित रंगमा उपलब्ध छ । साथै, पोलीकार्बोनेट शेलको साथ डाइ—कास्ट धातु च्यासिसले प्रयोगकर्ताको फोनमा दृढता मिल्दछ र प्रयोगकर्ताले नोकिया फोनबाट अपेक्षा गर्नसक्ने आरामदायक महसुस गराउँदछ ।

एन्ड्रोइड ११—का लागि तयार स्मार्टफोनबाट लाभ लिन सकिने

नोकिया २.४ ले प्रयोगकर्तालाई एक सुव्यवस्थित ईन्टरफेस र कुनै ब्लोटवेयर बिना एक उत्कृष्ट सफ्टवेयर अनुभव ल्याएर आफ्नो शुद्ध, सुरक्षित र अप—टु—डेट वाचा प्रदान गर्दछ । एन्ड्रोइड वन कार्यक्रमको एक हिस्सा, नोकिया २.४ मा यसका प्रयोगकर्ताले तीन बर्षको मासिक सुरक्षा अपडेट र दुई बर्षको सफ्टवेयर अपग्रेडका साथ नयाँ एन्ड्रोइड सुविधाहरू र सुरक्षाको मज्जा सुनिश्चित गर्दछ, ताकि प्रयोगकर्ता आफ्नो फोनबाट अधिक समयको धेरै पाउन सकुन् । साथै, यो फोन आवाज वा समर्पित बटन द्वारा सक्रिय गुगल एसिस्टेन्टको सहयोगबाट जानकारी पहुँच गर्न अझ सजिलो छ ।

नोकिया २.४ ग्रे रंगमा २ जीबी र्याम र ३२ जीबी रोमका साथ आउँदैछ । नोकिया २.४ अब नेपाली बजारमा रु.१४,५९९ मा दराज डट कम डट एनपी र सस्तो डिलमा उपलब्ध हुनेछ । नेपालमा यसको आधिकारीक बितरक टेलि टक रहेको छ ।

वि.सं.२०७७ असोज १९ सोमवार ११:५५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
जलवायु परिवर्तनको असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

जलवायु परिवर्तनको असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको...

निरन्तर सुनको मूल्यले नयाँ रेकर्ड ब्रेक गर्दै, आज २१ सयले बढ्यो

निरन्तर सुनको मूल्यले नयाँ रेकर्ड ब्रेक गर्दै, आज २१ सयले बढ्यो

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु दुई हजार...

चीनको ‘जिडिआइ’ बाट नेपालले प्रसस्त लाभ लिनसक्छ : उपाध्यक्ष पौडेल

चीनको ‘जिडिआइ’ बाट नेपालले प्रसस्त लाभ लिनसक्छ : उपाध्यक्ष पौडेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले...

महिला सशक्तीकरणको प्रमुख आधार आर्थिक सवलीकरण हो : प्रधानमन्त्री ‘प्रचण्ड’

महिला सशक्तीकरणको प्रमुख आधार आर्थिक सवलीकरण हो : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तीकरणको सबैभन्दा प्रमुख...

सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालका पत्रकारहरुको साझा संस्था...

पुँजीगत बजेट खर्च नहुने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री ‘प्रचण्ड’

पुँजीगत बजेट खर्च नहुने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक आर्थिक वर्षमा बजेट...