back

लोकसेवाको परीक्षामा नक्कली परीक्षार्थीको जोखिम

वि.सं.२०७७ असोज २३ शुक्रवार

129 

shares
NTC AD
Global IME AD

काठमाडौं । लोकसेवा आयोगले कोरोना महामारीबीच परीक्षा सम्बन्धी मापदण्ड–२०७७ लागू गरेर परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ । परीक्षाहलमा परीक्षार्थीका लागि मास्क अनिवार्य रहेको मापदण्डमा तोकिएको छ । अनिवार्य मास्कका कारण परीक्षामा नक्कली परीक्षार्थी सहभागी हुनसक्ने जोखिम देखिएको छ ।

स्वास्थ्यसम्बन्धी मापदण्ड लागू गरेर कात्तिकदेखि परीक्षा सञ्चालन गर्न आयोगले स्थगित र नयाँ परीक्षाको कार्यतालिका सार्वजनिक गरेको छ । स्वास्थ्यसम्बन्धी मापदण्डले नै नक्कली परीक्षार्थी बढ्ने जोखिम बढाएको छ ।

मास्कका कारण परीक्षार्थीको अनुहार पहिचान गर्न गाह्रो हुँदा एउटाको परीक्षामा अर्को व्यक्ति सहभागी हुन सक्ने जोखिम छ । आयोग प्रवक्ता गीताकुमारी होमेगाईका अनुसार आयोगको बैठकमा समेत जोखिम बढ्न सक्नेबारे छलफल भएको थियो । मापदण्डमा जोखिम बारे केही उल्लेख नभएता पनि यससम्बन्धी आयोग सचेत रहेको प्रवक्ता होमेगाईको भनाई छ ।

आयोग प्रवक्ता गीताकुमारी होमेगाईंका अनुसार मास्क लगाएर एउटाको परीक्षा दिन अर्को आउने जोखिम हटाउन सुरुमा एकपटक मास्क खोल्न लगाएर क्रसचेक गरीने छ ।

आयोगले बनाएको मापदण्डमा एउटा कोठामा बढीमा २५ जनालाई सहभागी गराइनेछ । सिट प्लानिङ दुई मिटर कायम हुने गरी गरिने छ । परीक्षार्थीले स्यानिटाइजर र मास्क अनिवार्य रूपमा प्रयोग गर्नुपर्नेछ । हाजिरी गर्ने तथा कपी बुझ्नेलगायत काममा भने विशेष सतर्कता अपनाइने मापदण्डमा उल्लेख गरिएको छ ।

वि.सं.२०७७ असोज २३ शुक्रवार १३:०९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
सुदूरपश्चिममा नाउपाका दुई मन्त्रीको तोकीयो जिम्मेवारी

सुदूरपश्चिममा नाउपाका दुई मन्त्रीको तोकीयो जिम्मेवारी

  सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति...

प्रादेशिक अस्पतालका समस्या समाधान गर्न प्रदेश सरकार तयार छः मन्त्री सिंह

प्रादेशिक अस्पतालका समस्या समाधान गर्न प्रदेश सरकार तयार छः मन्त्री सिंह

सिरहा । मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंहले प्रादेशिक...

खेलाडी तुम्बापोको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ निर्माण

खेलाडी तुम्बापोको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ निर्माण

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक एञ्जिला तुम्बापो...

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय छ महिना थपियो

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय छ महिना थपियो

ढाका । बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री खालेदा जियाको जेल सजायलाई अर्को...

गुणस्तरीय शिक्षाका लागि स्थानीय तहले लैङ्गिकमैत्री बजेट ल्याउनुपर्नेमा मन्त्री चौधरीको जोड

गुणस्तरीय शिक्षाका लागि स्थानीय तहले लैङ्गिकमैत्री बजेट ल्याउनुपर्नेमा मन्त्री चौधरीको जोड

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले गुणस्तरीय...

हात्तीको आक्रमणबाट महिलाको मृत्यु, श्रीमान घाइते

हात्तीको आक्रमणबाट महिलाको मृत्यु, श्रीमान घाइते

झापा । झापाको शिवसताक्षी नगरपालिकामा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको...