Sansar News- Online for Global Nepali

एनआरएनए अफ्रिकाको चौथो क्षेत्रिय बैठक जाम्बियामा हुने

संसार न्यूज़
१ हप्ता पहिले
एनआरएनए अफ्रिकाको चौथो क्षेत्रिय बैठक जाम्बियामा हुने

२५ असोज, अफ्रिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) अफ्रिकाको चौथो क्षेत्रिय बैठक जाम्बियाको लुसाकामा हुने भएको छ ।

आइतबार सम्पन्न अफ्रिकास्थित एनआरएनए राष्ट्रिय समन्वय समितिका अध्यक्ष र पदाधिकारीहरुको जूम बैठकले चौथो एनआरएनए अफ्रिका क्षेत्रीय बैठक बर्तमान कोरोना संकटको कारणले डिसेम्बरमा २०२० को सट्टा आगामी अप्रिल २ र ३ तारिख , २०२१ मा जाम्बियाको राजधानी लुसाकामा भौतिक उपस्थितिमा आयोजना गर्ने निर्णय गरेको हो ।

बैठक आयोजना गर्न अफ्रिका क्षेत्रीय संयोजक रोशन थापाको संयोजकत्वमा एक आयोजक समिती गठन गर्ने समेत निर्णय गरिएको छ ।
बैठकमा अफ्रिकामा नेपालीका समस्या, अफ्रिकाबाट नेपालमा रेमिटान्स र लगानी, अफ्रिकामा रहेका नेपालीको स्वास्थ्य समस्या, नेपाली साहित्य र संस्कृति, अफ्रिकामा नेपाली महिलाको समस्या र मानव तस्करी लगायतका विषयमाथी विभिन्न सेसनहरु आयोजना हुनेछन् ।
त्यसैगरी अफ्रिका स्वास्थ्य संयोजक डा. सरिता पान्डेको प्रस्ताव अनुसार अन्तर्राष्ट्रिय स्वास्थ्य समितिको सहयोगमा अफ्रिकामा नेपालीहरुको स्वास्थ्य स्थितीमाथि निकट भबिस्यमा नै एक कार्यक्रमको आयोजना गर्ने निर्णय समेत गरिएको छ ।

बैठकले अफ्रिकाको मरिशस र आइभोरी कोस्टमा बढदो नेपालीको संख्या र समस्यालाई ध्यान राख्दै एनआरएनए एनसीसी गठन गर्न पहल गर्ने निर्णय गरेको छ । साथै अफ्रिकामा अझै पनि मानव तस्करी बढदै गइरहेको र तस्करी बाट पीडित नेपालीहरुको समस्या बढदै गइरहेकोले त्यसको निराकरणका लागि नेपाली दूतावास र नेपाल सरकारसँग समन्वय गरि प्राथमिकताका साथ आबश्यक कार्य गरिने समेत निर्णय गरेको बताइएको छ ।

एनआरएनए अफ्रिकाका क्षेत्रीय संयोजक रोशन थापाको अध्यक्षतामा सम्पन्न बैठकमा घाना, युगान्डा, तान्जानिया, केन्या , सेसेल्स , कङ्गो , जाम्बिया र दक्षिण अफ्रिकाका अध्यक्षहरुका साथै एनआरएनएका पुर्बकोषाध्यक्ष हिक्मत थापा, अफ्रिका हेल्थ संयोजक डा .सरिता पान्डे लगायत एनआरएनएका पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।

सर्बाधिक पढिएको

तमादीको पहिरोमा एक्लै बाँचेकी घाईते मनिषाको प्रश्न : घरका सबै बितेका हुन र ?

तमादीको पहिरोमा एक्लै बाँचेकी घाईते मनिषाको प्रश्न : घरका सबै बितेका हुन र ? ४ हप्ता पहिले | संसार न्यूज़

स्याङ्जा । बिहिबारको बिहानले स्याङ्जा वालिङ, तमादीकी मनिषा नेपालीलाई अत्यन्तै…

Poem :”WAR”

Poem :”WAR” ३ हप्ता पहिले | Premal kumar khanal, kathmandu

In the movement of shivere war fighting some soldiers reaching…

कोरोना संक्रमणबाट अफ्रिकामा पर्वतका युवाको मृत्यु

कोरोना संक्रमणबाट अफ्रिकामा पर्वतका युवाको मृत्यु ४ हप्ता पहिले | संसार न्यूज़

६ असोज, अफ्रिका । कोरोना संक्रमणबाट अफ्रिकामा एक नेपाली युवाको…

रेलगाडीको ठक्करबाट अमेरिकामा नेपाली युवतीको मृत्यु

रेलगाडीको ठक्करबाट अमेरिकामा नेपाली युवतीको मृत्यु ५ दिन पहिले | संसार न्यूज़

२९ असोज, अमेरिका । रेलगाडीको ठक्करबाट अमेरिकाको क्विन्समा एक नेपाली…