Sansar News- Online for Global Nepali

सरकार र व्यवस्था दुवै असफल छ, यसको विकल्प हामी दिन्छाैं : सीपी गजुरेल संसार न्यूज संवाद

सन्देश अर्याल
१ हप्ता पहिले
सरकार र व्यवस्था दुवै असफल छ, यसको विकल्प हामी दिन्छाैं : सीपी गजुरेल

काठमाडौं । कम्यूनिष्ट पृष्ठभूमिका विभिन्न २१ पार्टीले कार्यगत एकताको घोषणा गरेका छन् । कार्यगत एकता गर्नेमा नेकपा (मसाल), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (माले), राष्ट्रिय जनमोर्चा, नेपाल, नेकपा (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टीलगायत छन् ।

कार्यगत एकता गरेका यी पार्टीहरुले पार्टी एकता गर्नेसम्मको योजना अगाडि सारेका छन् । सरकारविरुद्व आन्दोलन छेंड्दै एकताको घोषणा गरेका यी पार्टीको आगामी कार्यक्रम बारे संसार न्यूजले केहि जिज्ञासा राखेको छ ।

संसार न्यूज अनलाईनका सन्देश अर्यालले कार्यगत एकताको घोषणा गर्नेमध्ये देशभक्त गणतान्त्रिक मोर्चाका संयोजक सीपी गजुरेलसँग केहि जिज्ञासा राखेका छन् । नेता गजुरेलसँग कार्यगत एकता र आगामी कार्यक्रमबारे गरिएको कुराकानीको सम्पादित अंश :

२१ पार्टीबीच कार्यगत एकताको घोषणा गर्नुभयो । यो घोषणा केका लागि ?

नेपालमा कम्युनिष्ट आन्दोलनमा योगदान गर्ने र शहादत प्राप्त गर्नेहरुको संख्या हजारौं पुगिसक्यो तर, ति मागहरु अहिलेसम्म पनि सम्बोधन हुन सकेका छैनन् । अहिले कम्युनिष्ट पार्टीको नाममा जुन पूर्वएमाले र पूर्वमाओवादी केन्द्र मिलेर डबल नेकपा बनाइएको छ, उनीहरुले जुन खालको कम्युनिष्ट भनेर भ्रम दिएका छन् त्यो भ्रम तोड्न हामीले वास्तविक कम्युनिष्टबीच कार्यगत एकता गरेका हौं ।

डबल नेकपाले फैलाएको भ्रम स्पष्ट पार्न र कम्यूनिष्ट आन्दोलनले उठाएका मुद्दाहरुलाई स्थापित गर्न एउटा सशक्त संगठनको आवश्यकता पर्ने भएको हुनाले कम्युनिष्ट आन्दोलनभित्रकै घटकहरुलाई लिएर कार्यगत एकता सुरुवात गरिएको हो । हाम्रो उद्देश्य कार्यगत एकता गर्दैै सम्भव भएसम्म पार्टी एकता पनि गर्ने भन्ने हो ।

२१ घटकबीच कार्यगत एकता गर्ने परिस्थिति कसरी निर्माण भयो ? यसको पछाडिको उद्देश्य भ्रम चिर्ने मात्रै हो ?

अहिलेको सरकार र व्यवस्था पूर्णं असफल छ । यसलाई सफल मान्ने हो भने कुन व्यवस्थालाई सफल मान्ने भन्ने प्रश्न खडा हुन्छ । नेपालमा पञ्चायत पनि यति विघ्न असफल थिएन ।

करिब–करिब अढाई वर्षको बीचमा यो निकै असफल भयो भन्ने हाम्रो निष्कर्ष हो । त्यसकारण अब सच्चा कम्युनिष्टहरुबीच एकता गरेर नयाँ व्यवस्थाको खोजी गर्नुपर्ने देखिन्छ । हामी त्यहि नयाँ विकल्पको खोजी गर्न कार्यगत एकता गरेका हौं । हामी सरकार र व्यवस्थाको विकल्प दिन चाहन्छौं ।

के कारणले सरकार र व्यवस्था असफल भयो ? के छन् आधार ?

के तपाईं यो अवधिमा सरकारले खेलेका महत्वपूर्णं भूमिका यी–यी छन् भनेर भन्न सक्नुहुन्छ ? कुनै नाम दिन सकिन्छ ? के यो कम्युनिष्ट नामधारी सरकारले जनताको पक्षमा कुनै एक काम गरेको छ ? प्रष्ट छ, कम्युनिष्ट नामको यो सरकार सबै मोर्चामा असफल भइसकेको छ । सँगै ओली सरकार मात्रै असफल हो कि, यो व्यवस्था नै हो त भन्दा प्रष्ट छ, ओलीसँगै व्यवस्था असफल छ । यो व्यवस्थाले अर्को विकल्प पनि दिन सकेको छैन् । अहिले सत्तारुढ पार्टीभित्रै ओली बेठिक भन्ने छ तर, उनीहरुले हटाउन सक्दैनन् । किनभने संसदमा ओलीसँग झण्डै दुई तिहाई नजिकको बहुमत छ । यो भनेको व्यवस्थामाथिको प्रश्न हो ।

यो सरकार र व्यवस्था दुवै पूर्णं असफल छ । यसलाई सफल मान्ने हो भने कुन व्यवस्थालाई सफल मान्ने भन्ने प्रश्न खडा हुन्छ । अहिले सत्तारुढ पार्टीभित्रै ओली बेठिक भन्ने छ तर, उनीहरुले हटाउन सक्दैनन् । किनभने संसदमा ओलीसँग झण्डै दुई तिहाई नजिकको बहुमत छ । यो भनेको व्यवस्थामाथिको प्रश्न हो ।

तपाईंले सरकार र व्यवस्था असफल भयो भनिरहँदा यसको विकल्प के ? के विकल्प दिन सक्नुहुन्छ ?

सरकारको विकल्प खोज्दा यहि तरिकाबाट विकल्प खोज्यौं भने अर्को सरकार नै बन्न सक्दैन् । ओलीकै सरकार टिकिरहन्छ । बढिभन्दा बढि भयो भने त्यहिँभित्रका असफल सिद्व भईसकेका अर्को पात्रले नेतृत्व लिने स्थिति आउँछ । त्यसकारणले यो सरकारको पनि विकल्प दिने बेला भयो र, यो अहिले भएको विद्यमान संविधान बाहिरबाट विकल्प दिनुपर्ने अवस्था पनि हो । किनकी योभित्रबाट नयाँ विकल्प सम्भव छैन् । जनताले विकल्प खाजेका छन् त्यसकारण हामीले विकल्प दिनुपर्छ भन्ने हो ।

जनताले विकल्प खोजेको विषय स्पष्ट छ । तर, करिब–करिब एउटै सिद्वान्त बोक्ने तपाईंहरुबीच नै एकता छैन् । कतिपयको टिप्पणीमा कम्युनिष्टको नाममा बेग्ला–बेग्लै ‘दोकान’ चलाईरहनु भएको छ । योबीचमा तपाईंहरु बीच कसरी एकता हुन्छ र व्यवस्थाको खोजी गर्न सकिन्छ भन्ने प्रश्न आउँछ । कसरी बुझ्ने ?

हो कम्युनिष्ट आन्दोलनभित्र निकै विखण्डन आयो । फुट भयो । पूर्वमाओवादी पार्टी नै धेरै टुक्रामा विभाजित भयो । तर, अहिले आएर एउटा महसुस के गर्न थालियो भने हामीले गलत गरेछौं । यसरी विखण्डीत भएर बसेर उद्देश्य हासिँल गर्न सक्दैनौं भन्ने अनुभूति भएर नै २१ वटा राजनीतिक संगठनहरुबीच कार्यगत एकता गर्ने निर्णय भएको हो । किनभने कसैले पनि अनुभूति नगरेर ‘दोकानै’ मात्रै चलाउन खोजेको भए त यो एकता सम्भव थिए । दोकान त यसै नै चलेकै थियो नि ।

व्यंगात्मक रुपमा भन्दा दोकानै मात्र खोलेको भन्न मिल्यो । तर, जेहोस् विखण्डित कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नको निम्ति यो एउटा फड्को हो । अब हामी एकताबद्ध भएर अगाडि बढ्न तयार छौं ।

कम्युनिष्ट आन्दोलनको कुरा गर्दा, वैचारिक विषय प्रमुखताका साथ अगाडि आउँछ । यता विप्लव जी तत्कालै सशस्त्र आन्दोलन जाने कुरा गर्नुहुन्छ । उहाँहरुले सेना पनि तयार गरेको कुरा बताईरहनु भएको छ । यो परिस्थितिमा तपाईंहरु लगायत अन्य पार्टीहरुको आन्दोलनको तरिका फेरि बेग्लै छ । के बुझ्ने ?

विप्लवजी र अरुमा भिन्नता छ । रणनीति र कार्यनीतिमा नै भिन्नता छ । नेपालमा नयाँ जनवादी व्यवस्था आएकै छैन् तर, उहाँहरु वैज्ञानिक समाजवाद भन्नुहुन्छ । पहिले नयाँ जनवाद आएर नै समाजवाद आउने होला । कित भन्नुपर्यो नयाँ जनवाद आईसक्यो भनेर । त्यसकारणले विभिन्न विषयमा हाम्रा बीच असहमती छन् । त्यहि कारणले गर्दा नै हामी अलग पनि भएका हौं । तर पनि हामी एकै ठाउँमा बसेर तत्कालिक विषयमा संघर्षलाई अगाडि बढाऔं भन्ने विषयमा सहमती भएको छ । विभिन्न खालका कार्यगत एकता हुँदै संयुक्त मोर्चा, पार्टी एकतातिर जाने भन्ने सोंचका साथ अगाडि बढेका छौं ।

केहि समिक्षात्मक कुरा गरौं न, अहिले २१ भनिएका पार्टीहरु अधिकांश हिजोका पूर्वमाओवादी घटकका छन् । यी पार्टीहरु हिजो विभिन्न ढंगबाट विभाजित पनि भएका थिए । आज एकाकार हुने योजनामा अगाडि बढ्दा ति विगतलाई आत्मसमिक्षा गर्न आवश्यक छ कि छैन् ? कसरी बुझ्नुहुन्छ ?

तपाईंले उठाएको विषय ठिकै हो । २१ पार्टीभित्र माओवादी घटकबाट नै आएका धेरै छन् । जनयुद्वको अनुभव संगालेका धेरै छन् । हिजो हामीले जनयुद्व सुरु गर्दै गर्दा तत्कालिन समयमा उठाएका मुल मुद्दा यथावत नै छन् । तर, परिस्थिति फेरिएको छ । यो २५ वर्षको अवधिमा धेरै कुराहरु परिवर्तन भएका छन् । राष्ट्रिय, अन्तराष्ट्रिय परिस्थिति बदलिएको छ । यो सापेक्षतामा हामीले हाम्रा नीतिहरु पनि बदल्नु आवश्यक छ । फेरि ०५२ सालकै आँखाले हेरेर नीतिहरु बनाएर लागु गर्ने स्थिति हुँदैन् । न त त्यसैगरि बन्दुक बोक्ने स्थिति छ । त्यसकारण अब कार्यनीति बनाउँदा हिजोका अनुभवलाई ध्यान दिएर अगाडि बढ्नुपर्छ । तपाईंलाई स्पष्ट पार्दा, ति विषयमा हामीबीच केहि समझदारी बनेका छन् ।

बाबुरामले त प्रष्ट पार्नु भएको छ, म कम्युनिष्ट होइन भनेर । तर प्रचण्ड–ओलीले कम्युनिष्ट, समाजवाद भनेर एजेण्डा बोकेका छन् । त्यो ‘ट्रेडमार्क’ बाहेक केहि होइन् । त्यो ब्यानर नभई त चुनाव पनि जित्दैनन् । चुनाव जिताउने ब्यानर भएको हुनाले त्यो छोड्दा पनि छोडदैनन् ।

पूर्वमाओवादीको कुरा गर्दा, आज कतिपय नेता हिजो जनयुद्व गरेर गलत गरिएछ भन्ने अभिव्यक्ति पनि दिन्छन् । अरु त छोडौं कम्युनिष्ट नाम पनि गलत रहेछ भन्दै अभिव्यक्ति दिएको पनि पाइन्छ । यो एक वा दुई व्यक्तिका कुरा होइन् समग्र कम्युनिष्ट आन्दोलनभित्र देखिएको कुरा हो । यसले आगामी आन्दोलनलाई पनि प्रभाव पार्ला । तपाईंहरुको समिक्षा के छ ?

तपाईंले भनेको विषयमा प्रष्ट भन्दा, प्रचण्ड र बाबुरामले जनयुद्वमा बेकार लागिएछ भन्ने समिक्षा गरेको देखिन्छ । बाबुराम जी त कम्युनिष्ट आन्दोलनमा नै किन लागिएछ भन्ने ठाउँमा पुग्नु भो । उहाँले त माक्र्सवाद नै सान्दर्भिक छैन् भन्न थाल्नुभयो । माक्र्सवाद नै नमान्ने पार्टीमा उहाँ गईसक्नुभयो ।

प्रचण्ड जीको सबालमा जुन बेला हामीले जनयुद्व गर्ने भनेर हतियार उठायौं, त्यो बेला सरकारको नेतृत्व एमालेले गरेको थियो । एमालेले नै नेतृत्व गरेको बेलामा हामीले जनयुद्व सुरु गरेको हो । अहिले आएर एमालेले नेतृत्व गरेको पार्टीमा बिलय हुनु भनेको त्यो पनि उहाँले गरेको पश्चाताप हो । त्यसकारण उहाँहरु कम्युनिष्ट होइन भन्ने प्रष्ट भएर नै हामी अर्को पार्टी बनाउन लागेका हौं ।

बाबुरामले त प्रष्ट पार्नु भएको छ, म कम्युनिष्ट होइन भनेर । तर प्रचण्ड–ओलीले कम्युनिष्ट, समाजवाद भनेर एजेण्डा बोकेका छन् । त्यो ‘ट्रेडमार्क’ बाहेक केहि होइन् । त्यो ब्यानर नभई त चुनाव पनि जित्दैनन् । चुनाव जिताउने ब्यानर भएको हुनाले त्यो छोड्दा पनि छोडदैनन् ।

त्यसकारण कम्युनिष्ट आन्दोलनलाई ट्रेडमार्क बनाउनेविरुद्व यो एकता भएको हो । हामी २१ पार्टीले प्रष्ट रुपमा यीनीहरुले विश्वासघात गरे, क्रान्तिलाई धोका दिए, यीनीहरुले सबै कुरा छोडे, दलाल र पुँजीपति वर्गका भरिया बने भन्ने निष्कर्ष निकालेका छौं । त्यसो हुनाले यिनीहरुले कम्युनिष्ट आन्दोलनको प्रतिनिधित्व गर्दैनन् । कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन हामी एकाकार हुनुपर्छ भन्ने हो ।

सरकारविरुद्व आन्दोलन छेड्ने भन्नुभएको छ । सरकारविरुद्वको आन्दोलन के–कस्तो हुन्छ ? कस्ता छन् कार्यक्रम ?

जुन खालको देशको दुरावस्था छ, त्यहि अवस्थाको विरुद्वमा हाम्रो आन्दोलनका कार्यक्रम हुन्छन् । जनतालाई अधिकार दिलाउने कुरामा हाम्रो आन्दोलन हुन्छ । अहिले आधारभूत रुपमा देखिएको समस्या, खान नपाउने, स्वास्थ्य सुविधा नपाउने, शिक्षा नपाउने विषयमा हाम्रो आन्दोलन केन्द्रित हुन्छ । यो सरकार जनतालाई आधारभूत अधिकार दिने सबालमा बाधक बनेको छ । त्यसकारण यसविरुद्व लड्न आवश्यक छ ।

औषधीमा समेत भ्रष्टाचार गर्ने निच सरकारबाट अपेक्षा गर्न सकिन्न । अनि अर्को व्यवस्था र सत्ता उहि हुँदा केहि परिवर्तन हुँदैन् । त्यसको विकल्पको खोजीमा पनि छौं ।

ओलीले प्रचण्डलाई रक्ति पनि गनेनन् । रोइकराई गरेपनि उनलाई कुनै भूमिका दिएनन् । न अध्यक्ष, न प्रधानमन्त्री । सामान्य नियुक्तीमा पनि उनका मान्छे पर्नै दिएनन् । प्रचण्ड त कतैका पनि रहेनन् । यो अवस्थामा सायद प्रचण्डले पूर्वएमाले पंक्तिलाई थर्काउनका लागि ‘पूर्वमाओवादीहरु बीचको एकता’को हल्ला फालेका होलान् । तर, त्यो सम्भावना छैन् ।

अन्त्यमा, नेकपाका अध्यक्ष प्रचण्डको पछिल्ला केहि अभिव्यक्ति पूर्वमाओवादीहरु एक हुनुपर्छ भन्ने तर्फ छन् । उनले आफुँ, वैद्य, विप्लव र बाबुराम सबै एक ठाउँमा आउनुपर्छ भन्ने अभिव्यक्ति दिएका छन् । इतिहासले फेरि एक हुनुपर्ने अवस्था ल्याएको भन्ने तर्क उनको छ । उनले सबैले आत्मसमिक्षा गरेर एक होऔं भन्दै गर्दा तपाईंहरुको बुझाई के हो ? के त्यो सम्भावना छ ?

हाम्रो पार्टी एउटै हुँदा पनि प्रचण्डले त्यस्ता कुरा भनिरहन्थे । हाम्रो खरिपाटी बैठकमा पनि उनको व्यापक आलोचना हुँदा ‘मैंले आत्मसमिक्षा गरें’ भनेर पन्छिएका थिए । फेरि उहि ठाउँमा पुगे । पालुङटारमा कार्यक्रम हुँदा पनि उनले त्यहि कुरा दोहोर्याएका थिए । यस्ता आत्मसमिक्षा उनले धेरै पल्ट गरे । अहिले पनि त्यो सामान्य कुरा हो ।

ओलीले प्रचण्डलाई रक्ति पनि गनेनन् । रोइकराई गरेपनि उनलाई कुनै भूमिका दिएनन् । न अध्यक्ष, न प्रधानमन्त्री । सामान्य नियुक्तीमा पनि उनका मान्छे पर्नै दिएनन् । प्रचण्ड त कतैका पनि रहेनन् । यो अवस्थामा सायद प्रचण्डले पूर्वएमाले पंक्तिलाई थर्काउनका लागि ‘पूर्वमाओवादीहरु बीचको एकता’को हल्ला फालेका होलान् । तर, त्यो सम्भावना छैन् ।

सर्बाधिक पढिएको

तमादीको पहिरोमा एक्लै बाँचेकी घाईते मनिषाको प्रश्न : घरका सबै बितेका हुन र ?

तमादीको पहिरोमा एक्लै बाँचेकी घाईते मनिषाको प्रश्न : घरका सबै बितेका हुन र ? ४ हप्ता पहिले | संसार न्यूज़

स्याङ्जा । बिहिबारको बिहानले स्याङ्जा वालिङ, तमादीकी मनिषा नेपालीलाई अत्यन्तै…

Poem :”WAR”

Poem :”WAR” ३ हप्ता पहिले | Premal kumar khanal, kathmandu

In the movement of shivere war fighting some soldiers reaching…

कोरोना संक्रमणबाट अफ्रिकामा पर्वतका युवाको मृत्यु

कोरोना संक्रमणबाट अफ्रिकामा पर्वतका युवाको मृत्यु ४ हप्ता पहिले | संसार न्यूज़

६ असोज, अफ्रिका । कोरोना संक्रमणबाट अफ्रिकामा एक नेपाली युवाको…

रेलगाडीको ठक्करबाट अमेरिकामा नेपाली युवतीको मृत्यु

रेलगाडीको ठक्करबाट अमेरिकामा नेपाली युवतीको मृत्यु ५ दिन पहिले | संसार न्यूज़

२९ असोज, अमेरिका । रेलगाडीको ठक्करबाट अमेरिकाको क्विन्समा एक नेपाली…