Sansar News- Online for Global Nepali

सुशान्त सिंह आत्महत्या प्रकरणः अदालतले बोलायो सलमानखानसहित यी कलाकारलाई

संसार न्यूज़
१० महिना पहिले
सुशान्त सिंह आत्महत्या प्रकरणः अदालतले बोलायो सलमानखानसहित यी कलाकारलाई

काठमाडौं । वलिवुड नायक सुशान्त सिंह राजपुत आत्महत्या प्रकरणमा एकपछि अर्का कलाकार तानिदै गएका छन् ।

यस अघि ड्रग्स केसमा सुशान्तकी प्रेमिका रिया चक्रवर्ति, नायिका दीपिका पादुकोण, सारा अलि खान लगायतका केही कलाकारहरुले सिबीआइलाई आफ्नो बयान दिइसकेका छन् । साथै चक्रवर्ति हालैमात्र केही दिनको न्यायिक हिरासतबाट बाहिरीएकी छन् ।

यस्तैमा बिहारको मुजफरपुर अदालतले करण जौहर, एकता कपुर, संजय लिला भंसाली जज राकेश मालविय, आदित्य चोपडा, भुषण कुमार, साजिद नाडियाडवाला, दिनेश विजान लगायलाई २१ अक्टोबरमा अदालतमा हाजिर हुन या आफ्ना वकिललाई बयानका लागि पठाउन आदेश दिएको छ ।

यदि उनीहरु वा उनीहरुका वकिल अदालतमा हाजिर नभए अदालतले एक पक्षीय आदेश पारित गर्ने भन्दै उनीहरुलाई सूचना पठाइएको बताइएको छ ।

सोहि अदालतले ७ अक्टोबरमा सलमान खानलाई पनि बयानका लागि बोलाएकोमा उनका वकिल साकेत तिवारी अदालतमा पुगेर सलमानका पक्षबाट बयान दिएको बताइएको छ । सलामान खानसँगै अन्य कलाकारलाई पनि बोलाइएकोमा उनीहरु अदालत नगएको एक रिर्पोटमा बताइएको छ ।

१७ जुनमा मुजफ्फरका वकिल सुधीर कुमार ओझाले सुशान्तको मामिलामा आठ व्यक्तिविरुद्ध मुद्दा दर्ता गराएका थिए । एक रिर्पोटका अनुसार उनले सलमानखान सहित आठजनाविरुद्ध शुसान्तलाई आत्महत्या गर्न मजवुर पारेको भन्दै मुद्दा दर्ता गराउन अदालत समक्ष अनुरोध गरेका थिए ।

वकिल सुधिरको आरोप अनुसार सुशान्तलाई झण्डै सातवटा फिल्मबाट निकालिदिएको तथा उनी अभिनिति फिल्मलाई प्रदर्शन गर्न रोक लगाइएको थियो । यी सबै घटनाहरुका बीच सुशान्तले आत्मघाती कदम उठाएको बताइएको छ ।

धरौटीमा रिहा भईन् अभिनेत्री रिया चक्रवर्ती

सर्बाधिक पढिएको

ओलीतन्त्रको समिक्षा र देउवाको चुनौती

ओलीतन्त्रको समिक्षा र देउवाको चुनौती २ हप्ता पहिले | नीलकण्ठ तिवारी

सबै कुरालाई हाँसीमजाकमा लिने निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली बडो…

ओली बिनाको पार्टी एकताको तयारी गर्दै प्रचण्ड र माधव, को–को हुँदैछन् सहभागी ?

ओली बिनाको पार्टी एकताको तयारी गर्दै प्रचण्ड र माधव, को–को हुँदैछन् सहभागी ? २ हप्ता पहिले | संसार न्यूज़

असार ३०, काठमाडौं । राजनीतिक घटनाक्रम फेरिएसँगै एक ठाउँमा उभिएका…

माधव पक्षीय कार्यदलमै विवाद : गोकर्ण र सुरेन्द्र एकातिर, घनश्याम अर्कोतिर

माधव पक्षीय कार्यदलमै विवाद : गोकर्ण र सुरेन्द्र एकातिर, घनश्याम अर्कोतिर ३ हप्ता पहिले | समर शर्मा

असार २४, काठमाडौं । एमाले विवाद समाधान उन्मुख भएको चर्चा…

नेपालीहरु ठगिएको गुनासो बढ्न थालेपछि कतारस्थित नेपाली दूतावासले जारी गर्यो यस्तो सूचना

नेपालीहरु ठगिएको गुनासो बढ्न थालेपछि कतारस्थित नेपाली दूतावासले जारी गर्यो यस्तो सूचना ४ हप्ता पहिले | संसार न्यूज़

१८ असार, कतार । कतारस्थित नेपाली दूतावासले डिजिटल ठगीबाट बच्न…