Sansar News- Online for Global Nepali

मतदाताको मन जित्न ट्रम्पले गरे डान्स, भिडियो भयो भाइरल

संसार न्यूज़
२ हप्ता पहिले
मतदाताको मन जित्न ट्रम्पले गरे डान्स, भिडियो भयो भाइरल

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मतदाताको मन जित्न चुनावी सभामा नृत्य (डान्स) देखाएका छन् । सैण्डफोर्डमा आयोजित चुनावी सभामा उनले मञ्चमा डान्स देखाएका हुन् । जुन भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल पनि बनेको छ ।

‘म सुपरम्यान जस्तो भएको छु’

सैण्डफोर्डमा आयोजित चुनावी सभामा ट्रम्पले आफुँ कोरोना मुक्त भएको दाबी गरेका थिए । उनले आफुँ सुपरम्यान जस्तो महसुस गरिरहेको बताएका थिए ।

आफुँलाई दिइएको औषधीले निकै राम्रो काम गरेको र आफुँलाई कोरोना संक्रमण हुनुपूर्वभन्दा राम्रो क्षमता दिएको उनको भनाई छ ।

‘मलाई थाहा थिएन, यो एन्टीबडी औषधी के थियो, तर यसले मलाई सुपरम्यानको जस्तो अनुभूति गराएको छ’, उनले भनेका छन्, ‘अब ममा रोग प्रतिरोधात्मक क्षमता विकास भएको छ, म तल आएर जसलाई पनि चुम्बन गर्न सक्छु ।’

तर, ट्रम्प कोरोना मुक्त भएका छैनन् 

गत अक्टोबर १ मा गरिएको परिक्षणमा ट्रम्पलाई कोरोना संक्रमण देखिएको थियो । कोरोनाका केहि लक्षण देखिएसँगै उनलाई अस्पताल भर्ना गरिएको थियो ।

ट्रम्पलाई मुसा र मानिसको एन्टीबडीबाट बनेको औषधी दिइएको थियो । उपचार चलिरहेकै बखत उनी अस्पतालबाट बाहिरिएका थिए ।

बताइएअनुसार ट्रम्प अहिले पनि कोरोना संक्रमित छन् । उनकाे उपचार चलिरहेकाे छ । तर, उनी चुनावी अभियानहरुमा भने सहभागी भईरहेका छन् ।

सर्बाधिक पढिएको

रेलगाडीको ठक्करबाट अमेरिकामा नेपाली युवतीको मृत्यु

रेलगाडीको ठक्करबाट अमेरिकामा नेपाली युवतीको मृत्यु २ हप्ता पहिले | संसार न्यूज़

२९ असोज, अमेरिका । रेलगाडीको ठक्करबाट अमेरिकाको क्विन्समा एक नेपाली…

अन्य जिल्लाबाट पर्वत छिरे १४ दिन क्वारेन्टिन (सूचनासहित)

अन्य जिल्लाबाट पर्वत छिरे १४ दिन क्वारेन्टिन (सूचनासहित) २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । अन्य जिल्लाबाट पर्वत जिल्ला गएमा १४ दिन होम…

पिसीआर रिर्पोट नेगेटिभ बोकेर ओमानबाट घर फर्किएका कार्कीको कोरोना संक्रमणबाट मृत्यु

पिसीआर रिर्पोट नेगेटिभ बोकेर ओमानबाट घर फर्किएका कार्कीको कोरोना संक्रमणबाट मृत्यु ३ हप्ता पहिले | संसार न्यूज़

२१ असोज, काठमाडौं । पिसीआर रिर्पोट नेगेटिभ भएको प्रमाण बोकेर…

स्वनामलाई बचाउन संयुक्त विज्ञप्ति

स्वनामलाई बचाउन संयुक्त विज्ञप्ति १ हप्ता पहिले | संसार न्यूज़

२ कार्तिक, काठमाडौँ । माक्र्सवादी चिन्तक तथा बामपन्थी नेता स्वनाम…