Sansar News- Online for Global Nepali

भगवती ढुंगेलको ‘न पिउँ त’ म्युजिक भिडियो बजारमा

संसार न्यूज़
१० महिना पहिले
भगवती ढुंगेलको ‘न पिउँ त’ म्युजिक भिडियो बजारमा

अनिल वाग्ले, झापा । उपन्यासकार, गीतकार तथा कलाकार भगवती ढुङ्गेलले आप्mनो गीत बजारमा ल्याएकी छिन् ।
उनले हालै युट्युवमार्फत् ‘न पिउँ त’ बोलको गीत सार्वजनिक गरेकी हुन् । राज सागरले गाएको उक्त गीत प्रेम सम्बन्धलाई लिएर उनले लेखेकी हुन् ।

सो गीतमा राज सागरले संगीत भरेका छन् भने मोडलका रुपमा भगवती ढुंगेल स्वयम् देखिएकी छिन् । त्यस्तै म्युजिक भिडियोमा मुख्य पात्रका रुपमा मोडल जनक खड्काले अभिनय गरेका छन् ।

म्युजिक भिडियोमा भवन मेचेको पनि अभिनय देख्न सकिन्छ । कृष्ण तामाङको निर्देशनमा रहेको उक्त गीत नयाँ पुस्ताले रुचाएका छन् ।
प्रेम अनि धोकालाई शव्दमा उतारेकी भगवतीले आफूलाई मोडलका रुपमा पनि स्थापित गराएकी छिन् । भगवतीका तीनवटा गीत बजारमा आइसकेका छन् । जसमा ‘मधुशाला बन्यो’ र ‘हाँसौ कसरी’ यसअघि नै सार्वजनिक भईसकेको छन् । ती गीतले पनि निक्कै चर्चा समेत पाएका छन् ।

उपन्यासकार, गीतकार तथा कलाकार ढुङ्गेलका निक्कै कृतिहरु बजारमा पाईन्छन् . केही पढ्न र केही युट्बमार्फत हेर्न सकिन्छ । उनले वि.स. २०७५ सालमा आप्mना दुई उपन्यास ‘आधा सत्य’ र ‘प्रेमिल’ बजारमा ल्याइसकेकी छन् । पाठकले उनका दुवै कृति मनपराएका थिए ।

वि.स. २०७६ सालमा उपन्यासकार, गायक, गीतकार तथा कलाकार मातृका प्रसाद संग्रौलाको पहिलो र दोस्रो म्युजिक भिडियोबाट आप्mनो अभिनय कला प्रस्तुत गर्दै अभिनयमा पनि आफूलाई अब्बल सावित गराइन् ।

साहित्यकार भगवती कथा, कविता, गजल, गीत लेख्न मन पराउँछिन् । उनलाई विषेशत उपन्यासमा कलम चलाउन बढी मन लाग्ने बताउँछिन् । उनले केही कृति चाँडै सार्वजनिक गर्ने समेत बताएकी छन् ।

 

सर्बाधिक पढिएको

ओलीतन्त्रको समिक्षा र देउवाको चुनौती

ओलीतन्त्रको समिक्षा र देउवाको चुनौती २ हप्ता पहिले | नीलकण्ठ तिवारी

सबै कुरालाई हाँसीमजाकमा लिने निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली बडो…

ओली बिनाको पार्टी एकताको तयारी गर्दै प्रचण्ड र माधव, को–को हुँदैछन् सहभागी ?

ओली बिनाको पार्टी एकताको तयारी गर्दै प्रचण्ड र माधव, को–को हुँदैछन् सहभागी ? २ हप्ता पहिले | संसार न्यूज़

असार ३०, काठमाडौं । राजनीतिक घटनाक्रम फेरिएसँगै एक ठाउँमा उभिएका…

माधव पक्षीय कार्यदलमै विवाद : गोकर्ण र सुरेन्द्र एकातिर, घनश्याम अर्कोतिर

माधव पक्षीय कार्यदलमै विवाद : गोकर्ण र सुरेन्द्र एकातिर, घनश्याम अर्कोतिर ३ हप्ता पहिले | समर शर्मा

असार २४, काठमाडौं । एमाले विवाद समाधान उन्मुख भएको चर्चा…

नेपालीहरु ठगिएको गुनासो बढ्न थालेपछि कतारस्थित नेपाली दूतावासले जारी गर्यो यस्तो सूचना

नेपालीहरु ठगिएको गुनासो बढ्न थालेपछि कतारस्थित नेपाली दूतावासले जारी गर्यो यस्तो सूचना ४ हप्ता पहिले | संसार न्यूज़

१८ असार, कतार । कतारस्थित नेपाली दूतावासले डिजिटल ठगीबाट बच्न…