back

हेर्नुहोस् यस्तो छ तपाईको आज (विहिबार) को राशिफल, आज क-कसलाई छ त लाभ ?

वि.सं.२०७७ असोज २९ बिहीवार

105 

shares
NTC AD
Global IME AD

मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अवसरका लागि केही दौडधुप गर्नुपर्ला । सानो गल्तीले हर्जाना तिराउन सक्छ । परिस्थिति अलि संघर्षपूर्ण रहला । नयाँ काममा लगानी गर्न केही समय पर्खंदा राम्रो हुनेछ । अरूको करकापमा निर्णय गर्नुपर्ने परिस्थिति आउन सक्छ । बलजफ्तीले समस्या निम्त्याउन सक्छ । आफ्ना सामानमा अरूले दाबी गर्लान् । सानो कमजोरीबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन् ।

बृष -इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
अवसरका साथै चुनौतीसमेत देखा पर्ने समय छ । तत्काल फाइदा लिँदा लाभांश अरूलाई पनि बाँड्नुपर्ला । चिताएको काममा मेसो नमिल्दा योजना पूरा नहुन सक्छ । आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन् । स्वास्थ्य–चिन्ताले सताउन सक्छ । अध्ययनमा बाधा हुनेछ भने अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला । नयाँ काम थाल्नुअघि राम्ररी विचार पुर्याएर अघि बढ्नुहोला ।

मिथुन -का, कि, कु, घ, ङ, छ, के, को, ह
आवेशमा गरिएको निर्णयले समस्या निम्त्याउनेछ, सजग रहनुपर्ला । ईर्ष्या गर्नेहरूले नै काममा अवरोध पुर्याउन सक्छन् । आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला । मिहिनेत गर्दा जटिल ठानिएको काम पनि सम्पादन हुनेछ । रोकिएका काममा भने दोहोर्याएर प्रयत्न गर्नुपर्ला । अनावश्यक साइनो गाँसी नजिकिनेहरूसँग सावधान रहनुहोला । स्वयं नजुट्दा काम बिग्रनेछ ।

कर्कट -हि, हु, हे, हो, डा, डि, डु, डे, डो
अवसर प्राप्त भए पनि परिस्थिति त्यति सहज नरहला । सहयोगीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन् । अप्ठ्यारो पर्दा साथ दिने थोरै हुनेछन् । बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउन सक्छ । मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन् । काम सम्पादन भए पनि तत्काल आम्दानीको आशा नराख्नुहोला । बलभन्दा बुद्धिको उपयोगले लाभ दिलाउनेछ ।

सिंह -मा, मि, मु, मे, मो, टा, टि, टु, टे
बोलीको गलत अर्थ लाग्नाले वादविवादमा परिएला । विचार सम्प्रेषण गर्नुअघि पूर्वतयारी गर्नु बुद्धिमानी हुनेछ । आत्तिने बानीले काम बिग्रनुका साथै हातमा आएको मौका गुमाउनुपर्ला । अध्ययनमा त्यति समय दिन नसकिएला । स्थायी सम्पत्तिमा विवाद आउन सक्छ । परिस्थितिको चक्रमा अलमलिनुपर्दा काममा समय लाग्नेछ । कमजोर नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला ।

कन्या -टो, प, पि, पु, ष, ण, ठ, पे, पो
आफन्तसँग भेटघाट हुनाले परिवेश उल्लासमय रहनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन् । प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ । रचनात्मक काम प्रारम्भ गर्ने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि नयाँ काम गर्न हौसला प्रदान गर्नेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ ।

तुला -र, रि, रु, रे, रो, ता, ति, तु, ते
खर्च लागे पनि लगानी बढाउने अवसर प्राप्त हुनेछ । तर नयाँ काममा लगानी गर्न केही समय पर्खंदा राम्रो हुनेछ । दिगो योजनाका लागि ऋण लिने समय छ । टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । केही दौडधुप गर्नुपरे पनि उपलब्धि हातपार्न सकिनेछ । शुभचिन्तकहरूको सहयोगले काम बन्न सक्छ तर सानो कामलाई अधिक खर्च हुनेछ । आफन्तबाट टाढिनुपर्ने हुन सक्छ ।

बृश्चिक -तो, ना, नि, नु, ने, नो, या, यि, यु
दैनिक आवश्यकता पूरा हुनेछन् भने मिहिनेत गर्दा लक्ष्यमा पुगिनेछ । आम्दानी बढ्नाले उत्साह जाग्नेछ । साझेदारीबाट पनि लाभ मिल्नेछ । भौतिक साधनको उपयोगले विशेष फाइदा दिनेछ। श्रमको उचित मूल्य पाइनेछ । छोटो समयमा लाभ उठाउने अवसर प्राप्त हुनेछ । उद्योग र व्यापारमा विशेष लाभ हुनेछ। विभिन्न परोपकारी काममा प्रवृत्त भइनेछ । सहयोगीहरू पनि जुट्नेछन् ।

धनु -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
उपलब्धि प्राप्त गर्न केही कुरा त्याग्नुपर्ला । काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ने देखिन्छ। मिहिनेतले आंशिक सफलता प्राप्त हुनेछ । फाइदा कमै भए पनि आँटेको काम सम्पादन हुनेछ । आफ्नो कमजोरी बाहिरिनाले आलोचकहरू बढ्न सक्छन् । अरूलाई वशमा राख्न सकिनेछ । तर बलजफ्ती गर्ने बानीले आफन्त टाढा हुनेछन् । नियमित काममा भने राम्रो फाइदा उठाउन सकिनेछ ।

मकर -भो, ज, जि, खि, खु, खे, खो, गा, गि
प्रयत्न गर्दा अवसर पाइनेछ । परोपकारी काममा सहभागी भइनेछ । तर आफ्ना कमजोरीको फाइदा उठाउनेहरू पनि निकै सक्रिय हुनेछन् । धेरै समय अरूका लागि जुट्नुपर्नेछ । लक्ष्यमा पुग्न निकै संघर्ष गर्नुपर्ला । श्रमपूर्वक समर्पित हुँदा पनि कामको मूल्य कम मात्र प्राप्त हुने देखिन्छ । तापनि कामलाई निरन्तरता दिन सकिनेछ । व्यवसायतर्फ हिसाबकिताबमा होसियार रहनुहोला ।

कुम्भ -गु, गे, गो, सा, सि, सु, से, सो, द
प्रतिकूल परिस्थितिले चिन्ता बढाउन सक्छ । अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला । तापनि, विगतका कमजोरीमा क्रमशः सुधार आउनेछ । लगनशीलताले बिस्तारै उपलब्धि पनि दिलाउनेछ । काम पूरा नभए पनि प्रयत्न गर्दा केही लाभ हुनेछ । सामुदायिक जिम्मेवारी वहन गर्ने समय छ । तत्काल चिताएको मूल्य प्राप्त नभए पनि पछिलाई फाइदा हुने काम हातपार्न सकिनेछ ।

मीन- दि, दु, थ, झ, ञ, दे, दो, च, चि
माहोल रमाइलो रहनेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। आफन्तसँग रमाइलो भेटघाट हुनेछ । सुन्दर उपहारले उत्साह जगाउनेछ । मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ । परिवारजनको साथले काममा उत्साह जगाउनेछ । अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ ।

वि.सं. २०७७ असोज २९ बिहीवार (इ.स. २०२० अक्टोबर १५)
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

आज (बुधबार) को राशिफल, हेर्नुहोस् कस्तो छ त आज तपाईको दिन ?

वि.सं.२०७७ असोज २९ बिहीवार ०७:५७ मा प्रकाशित

NLIC AD
NABIL bank AD