Sansar News- Online for Global Nepali

दलीय संस्कार र लोकतान्त्रिक मुल्यमान्यताविहिन नेपालका राजनीतिक दलहरु

शेखर कंडेल, यूके
२ हप्ता पहिले
दलीय संस्कार र लोकतान्त्रिक मुल्यमान्यताविहिन नेपालका राजनीतिक दलहरु

देशले राणा–शाहीको निरंकुशताबाट मुक्ति पाएको केहि समय पछि दलिय राजनीतिले पाईला टेकेको अहिले झन्डै सात दशक बेसि भएको छ। यस बिचमा बहुदलीय ब्यबस्थाको लागि देशमा धेरै पटक तिता मिठा अनुभवहरु भएका छन्। जनताको ब्यापक सहभागिता सहितको दलीय राजनितिको अवधारणा अनुरुप बिभिन्न कालखण्डमा संसारमा अनेकन प्रयोगहरु भएको देखिन्छ। त्यति बेलाको समयमा बिश्वमा दुई बिचारधाराले समाजलाई ब्यापक प्रभाब पारिरहेको थियो । एक साम्यवादी बिचारधारा त अर्को प्रजातांत्रिक समाजबादी बिचारधारा। पहिलो बिचारधाराले बिश्वका श्रमजिबी, मजदुर र किसान बर्गमा ठुलै आकर्षण गर्यो । यस सिद्दान्तले सर्बसाधारण मजदुर , किसान बर्गमा यति ठूलो प्रभाब पार्यो कि बिश्वका ठुला देखि साना देशहरुमा जनबादि सरकारहरु बन्न थाले । यस्को प्रयोगले तल्लो तहका श्रमजीवी बर्गमा ठुलै आशा र भरोसा जगायो । तर सर्बहारा बर्गको अधिनायकत्वको नाममा नेताहरु नितान्त ब्यक्तिबादी हुन थाले । गरिब मजदुर, किसानको नाममा सत्ताको बागडोर हात पारेका नेताहरु यतिसम्म अन्धो भएकी कसैले उनिहरुको बिरुध्धमा काहि कतै थोरै आलाचना गरेको आभास मात्र भए पनि सिधै सफाया गर्ने सम्मको निच हरकतमा उत्रे । जनवादको नाममा ब्यापक भ्रष्टाचारले जरा गाड्यो । यिनै कारणले गर्दा नै संसार बाट कम्युनिज्म लोप प्राय ह्ँदै गयो। अर्कोतर्फ युरोपका कतिपय देशले प्रजातांत्रिक समाजबादी सिद्दान्तमा टेकेर शासन गर्दै अघि बढ़े।

बास्तबमै जनताको हक, हित र अधिकारको लागि एक दलीय ब्यबस्थामा भन्दा बहुदलिय ब्यबस्थामा नागरिक बढि सुखि, खुसि शुरक्षित भएको देखियो । २०१५ सालमा नेपालमा पहिलो संसदीय निर्बाचन भयो । भर्खरै लामो क्रान्तिबाट संबैधानिक बाटोमा अग्रसर कॉंग्रेसको सामुन्य अबसर भन्दा पनि चुनौतिहरु धेरै थिए। देशमा ब्याप्त ग़रीबी र अशिक्षाको कारण जनतामा चॉडो भन्दा चॉडो केहि पाउने आशा जाग्नु गलत अबश्य थिएन।नेपाली कांग्रेसले क्रान्ति गर्यो सफल पनि भयो तर पार्टी भित्रका नवसामन्ति बर्ग र पदोलोलुप्तहरुको पहिचान गर्न गृह कार्य गरेन । एक्कासि दुई तिहाई बहुमत ल्याउनु र संसदमा शसक्त प्रतिपक्षको उपस्थिति नहुनुले पनि सरकारले गरेका राम्रा न राम्रा कामको हिसाब किताब राखिएन । सरकार र पार्टी बिचमा जुन सामन्जस्यता हुनु पर्ने हो त्यो नहुनाले पनि अपेक्षाकृत सरकारका राम्रा कार्यहरुको प्रचार प्रशार हुन पाएन। तर समाजबादी चिन्तक बिश्वेश्वर प्रसाद कोईरालाको दुरदर्शी नीतिले गर्दा छोटै समयमा पनि धेरै क्रान्तिकारी आयोजनाहरु लागु हुँदै थिए । कांग्रेसको समाजबादी कार्यक्रमबाट अत्तालिएका दरबारिया र सामन्तिहरुले बिभिन्न प्रपोगान्डा रचि देशका बिभिन्न ठॉउमा कांग्रेसलाई बदनाम गराउन शुरु गर्दै गए एकातिर पार्टी भित्र दलिय संस्कारको कमि थियो भने अर्को तिर दरबारीया र सामन्तहरुको कोपभाजन बन्दै थियो कांग्रेस । २००७ सालको क्रान्तिको सफलता पछि जनताको चाहाना अनुरुप पार्टीहरुले एक दह्रिलो सरकार गठन गर्न नसक्नुले पनि हिजोका खाई खेलेका फटाहा, सामन्ति र दरबारियाहरुलाई एक ठाउमा ल्याउन मद्दत गरेको कुरा नकार्न सकिन्न । पहिलो संसदमा पनि दलिय अनुभव नभएका केबल क्रान्तिको मात्रै नाम जप्नेहरुको उपस्थिति धेरै थियो। पार्टी र सरकारको बिचमा पुलको काम गर्ने निकायको कमि थियो। पार्टी भित्र गुटको राजनिति हाबि हुँदै थियो। नेपाली कांग्रेस भित्र गुटको शृजना गरेर दरबार शासन आफ्नो हातमा लिन आतुर थियो । नभन्दै राजाले २०१७ साल पौष १ गते जननिर्बाचित दुई तिहाईको सरकारलाई बिघटन मात्र गरेनन कि बहुदलिय, संसदीय ब्यबस्था नै खारेज गरेर एक दलीय पंचायती ब्यबस्थाको नामबाट राज्य संचालन गरे। जननिर्वाचित सरकार प्रमुखलाई नजरबन्दी गराईयो। सबै राजनेताहरुलाई जेल चलान गरियो । पार्टीहरु प्रतिबन्धित गरियो।

जब देशमा ‘कु’ लगाईयो त्यसबेला दुई छिमेकि मुलुकहरु पनि आफ्नै आन्तरिक राजनितिक झमेलोमा परेकोले पनि राजाको कदमको बिरोध भएन। एक निर्बाचित सरकारबाट भन्दा राजासँगबाट स्वार्थ हुने देखेर पनि बिरोध नगरेका हुन सक्छन। प्रमुख नेताहरु नजर बन्द गरियो कार्यकर्ताहरु बाउ बिनाको टुहुरो जस्तै हुन पुगे। उक्त असंसदिय कदमको खुलेर बिद्रोह गर्ने हिम्मत कसैले गरेनन्। देश भित्र ब्यापक असन्तुष्टि हुँदा हुँदै पनि जनताले डर त्रासले गर्दा पंचायतलाई सहे। नेपाली कॉंग्रेसले यस बिचमा कम्तिमा पनि नेता कार्यकर्ताहरुलाई आन्तरिक रुपमा राजनैतिक प्रशिक्षण दिदै उच्च नैतिक आचरण सिकाउनु पर्ने थियो हुन सकेन। बरु उल्टै कार्यकर्ताहरु यो नेता र उ नेता भनि गुट उप गुटमा जुट्न थाले। उता लामो समयको जेल जिबन पश्चात बि.पी. लगायत राजनेताहरु पुनस्भारतमा निर्वासित भए।यता पंचायतले पनि हिजो राणाहरुकै शैलिमा शासन गर्दै जान थाले। भाई भतिजा बादले पराकाष्ठा नॉघ्यो । भित्र भित्रै उदारवादी र अनुदार बादी भनेर पंचहरुको उदय हुन गयो । उदारवादी पंचहरुको सफ्ट कर्नर कांग्रेस थियो भने अनुदारबादीहरुको कम्युनिस्ट । देशमा शिक्षामा पनि केहि बृद्दि भै रहेको र पढे लेखेका अधिकांश मानिसहरु परिबर्तनको पक्षधर भएकोले पनि भित्र भित्रै पंचायत बिरुद्द संगठित हुदै थिए। उता प्रबासमा बसेका बि.पी.लाई भने दक्षिण एसियामा बदलिएको राजनितिले गर्दा चिन्ता हुदै जान थाल्यो।आफ्नै आखाको अगाड़ी सिक्किम भारतमा बिलय गराईएको देखेका राष्ट्रबादी बि.पि.ले यदि आफुहरु भारतमै बसि रहने हो भने देश सिक्किम जस्तै हुन सक्ने बुझेकाले पनि आफु भारतमै बसि रहनु राष्ट्रीयताको लागि खतरा हुन सक्ने ठहर गरे। अत: आफ्नो ज्यान भन्दा पनि देश ठुलो भएको र मर्नै परे देशमै मर्ने निर्णय गरि २०३३ सालमा स्वदेश फिर्ता भए। यता राजा महेन्द्रको देहबसान पश्चात बीरेन्द्रको सत्ताशिनताले बहुदलको चाहाना राख्ने आम नेताहरुलाई अलिक राहत मिलेको हुनु पर्छ किनकि राजा बीरेन्द्र महेन्द्र भन्दा अलिक बढि उदारवादी थिए भनिन्छ । यसै बिच २०३६ सालमा राजाले एक चाल चले । सुधारिएको पंचायत रोज्ने कि बहुदलिय ब्यबस्था रोज्ने भनि जनमत संग्रह गर्ने घोषणा गरे। यता राजाको सबै चाल थाहा पाउदा पाउदै पनि बि.पी. लगायत बिपक्षि राजनेताहरुले उक्त कदमको स्वागत मात्र गरेनन कि जनतालाई जनमत संग्रहमा ब्यापक रुपमा सहभागी भै मतदान गर्न आह्वान गरे।तर बि.पी.लाई राजाको चाल राम्ररी थाहा हुदा हुदै पनि के जान्नु थियो भने पंचायत बिरुद्धको जनमत कति छ त…?  नभन्दै जनमत संग्रहमा बहुदलले हार्यो सुधारिएको पंचायतलाई जिताईयो । कांग्रेसले हार स्वीकार गर्यो।

उता भर्खरै जनमत संग्रहमा पंचायतले जिते पछि पंचहरुको भुईमा खुट्टो रहेन । पंचहरुले जे पायो तेहि गर्न थाले। अन्याय अत्याचारको सिमै रहेन। जता हेर्यो तेतै नाताबाद कृपाबादले आतंक मच्चायो। बिपक्षी सफाया गर्ने कार्यले तिब्रता पायो। नेताहरु जेलमा थुनिन थाले। राज्यले आफ्नै नागरिकलाई गर्ने ब्यबहार सौताको छोरा छोरिलाई जस्तो हुन गयो। अलिकति मात्रै सरकारको बिरोधमा बोल्यो कि नाना थरिका मुद्दा लगाएर यातना दिने कार्यले तिब्रता पायो।यसै बिच २०३९ साल श्रावण ६ गते राजनेता महामानब श्री बिश्वेश्वर प्रसाद कोईरालाको देहबसान भयो।देशले एक ईतिहास पुरुष गुमायो । उनको लोकपृयता यति थियो कि जस्को उदाहरण अन्तिम शब यात्रामा उत्रेको जनसागरले प्रमाणित गरेको थियो। यस्ता राजनेताको अबसानले देशले ठुलो क्षेति बेहोर्नु पर्यो । नेपाली कांग्रेसमा उनि जस्तो Towering Personality अरु कोहि थिएन। यहिबाट कांग्रेसमा नेतात्रयको उदय भयो। यसै बिचमा नेपाली कांग्रेसले २०४६ सालमा बहुदलिय ब्यबस्थाको लागि अनिश्चित कालिन आन्दोलन गर्ने निर्णय गर्यो। सधै नेपाली कांग्रेस संग शत्रुबत ब्यबहार गर्ने बामपन्थिहरुले पनि आन्दोलनमा एकेबद्दता जनाउने निर्णय गरे। २०४६ फाल्गुन बाट शुरु भएको संयुक्त जनआन्दोलनले पंचायतको पतनको मार्ग प्रशस्त गर्यो। तीस बर्ष सम्म चलेको पंचायती ब्यबस्था बिघटन गरि राजाले बहुदलिय ब्यबस्थाको धोषणा गरे।

देशमा सम्पूर्ण पार्टीहरु आआफ्ना एजेन्डाहरु लिएर गॉउ गॉउ शहर शहरमा प्रचार गर्न शुरु गरे। कृष्ण प्रसाद भट्टराईको नेत्तृत्वमा मिलीजुली सरकार बन्यो।यो सरकारले दुई बर्ष भित्र देशमा आम निर्बाचन गराउने र संबिधान लेख्ने जिम्मा लियो । अनेकन बाधा, अड्चनको बाबजुद सरकारले संसदिय निर्बाचन गराएरै छाड्यो । आमनिर्बाचनको रिज़ल्ट कांग्रेसको पल्लामा गयो। तर यस पटक संसदमा सशक्त प्रतिपक्षीको उपस्थितिको लागि जनताले ने.क.पा(एमाले)लाई मोहर लगाई पठाए। आम निर्वाचन पश्चात गिरिजा प्रसाद कोईरालाको नेत्तृत्वमा सरकारको गठन भयो। तर नेपाली कांग्रेस पार्टी भित्र बि.पी.को निधन पश्चात एक सर्बमान्य नेताको कमि भयो । कार्यकर्ताहरु बिभाजित देखिए ।कसैले गिरिजा त कसैले भट्टराई, गणेश मानको खुलेरै सपोर्ट गर्न शुरु गरे। अतः ने.का. भित्र एकल नेतृत्व नभएर पावर तीन ठाउबाट संचालन हुन थाल्यो। दोश्रो दर्जाका नेताहरु तीन पावर केन्द्रमा धाउन शुरु भयो। यहि बाट देशमा राजनैतिक अस्थिरताको शुरुवात भएको देखिन्छ। संसदमा नेताहरुले तिसौ बर्ष पंचायतको निरंकुशताबाट आजित भएका जनताहरुको सरोकारका बिषयमा समय खर्चिनु सट्टा एकलेअर्कोलाई होच्याउने, निचो देखाउने जस्ता बचकना ब्यबहारहरुको प्रदर्शन गर्न शुरु गरे। नेताहरुमा दलिय आचरणको खडेरिनै लाग्यो। सरकारले ल्याएका राम्रा जनपक्षीय योजनाहरुको पनि आफ्नै पार्टि भित्रै बिरोध हुन जानुले सदनमा बिपक्षि पार्टीलाई भड्काउन आगेमा घीउ थप्ने काम भयो।

संसदिय परपंपरा अनुसार तीन महिना सरकारको लागि हनिमुन पिरियडमा लिने गरिन्छ तर दुर्भाग्य कर्मचारीहरुका मागको आडमा बिपक्षि पार्टिले सरकारलाई सदनमा मात्र धेरेनन बल्कि सडकमा पनि अराजकता शुरु गरियो । यस्तो गैह्र संसदिय आचरणले गर्दा जनतामा रहेको ब्यापक उत्साह निराशामा परिणत हुन थाल्यो।यसै बिच कांग्रेस पार्टि भित्रै आफ्नै सरकारलाई गिराउन फोहोरि खेल शुरु भयो। सरकारको निति तथा कार्यक्रमको पक्षमा एक भएर चट्टान जस्तै खडा हुनु पर्ने सांसदहरु नै बिपक्षमा मतदान गर्न पुगे।सरकारको निती तथा कार्यक्रमलाई पास हुन दिईएन।सरकार अल्पमतमा देखियो।सांसदहरुले के हेक्का राखेनन भने लामो बलिदानि स्वरूप प्राप्त प्रजातन्त्र कतै धरापमा त पर्दै छैन ।।रु हिजो संगै लडेका सहयात्रीहरु स्वार्थको अगाडि नतमस्तक हुदै एक अर्काको दुश्मन हुन पुगे। नैतिकता भन्ने शब्दलाई यिनिहरुले आफ्नो डिक्सेनरी बाट फॉलि दिए। अन्ततस् गिरिजा प्रसाद कोईरालाले बाध्य भएर संसद बिधटन गरि मध्यावधि निर्बाचनमा जाने निर्णय गरे। नेताहरुले देशको बिकासमा खर्चिनु पर्ने शक्ति एकले अर्कोलाई सिध्याउनमै खर्चे।राजनितिमा थोरै पनि लाज सरम बचेन। हिजो तिसौ बर्षसम्म पंचायतको जॉतोमा घुन पिसिदा जस्तै पिसिएका पार्टिका कार्यकर्ताहरुको ख्याल नै नगरि पंचहरुलाई गौत पानीले शुद्दिकरण गर्दै पार्टि प्रबेश गराईयो।हिजोका मंडलेहरुलाई पार्टि भित्र हालि मुहाली गर्न मार्ग प्रसस्त गरियो। नैतिकताको न सम्म रहेन। सांसद खरिद बिक्री सम्म गरियो। सदन भेडा बाख्रा किन बेच गर्ने अड्डा जस्तो भयो। नेपाली कांग्रेस बिधिबत रुपमा फुटाईयो। प्रजातांत्रिक कांग्रेसको नाममा नया पार्टि निर्बाचन आयोगमा दर्ता गराइयो। ग़रीबी, बेरोज़गारी, अभाव, बेथिति संग लड्ने कसम खाएर संसद पसेका नेताहरुले नितान्त ब्यक्तिगत स्वार्थको लागि आफुलाई डनहरु संग बेचे। राता रात हिजो फॉटेका चप्लि पड्काउदै हिड्ने ब्यक्तिहरुका काठमान्डौंमा महल खडा भए। कार्यकर्ताहरु कहिले कुन दरबार कहिले कुन दरबार भौतारिन थाले। राजनिती “लाजनीति”मा परिणत भयो। राजाका सामु प्रधानमंत्री बन्न टेन्डर हाले जस्तो गरि पार्टीहरु लामबद्द हुन थाले। पुन:  तिसौ बर्ष शहिदहरुले बगाएको रगतमा होलि खेलियो र सम्पूर्ण जनताको शक्ति राजदरबार पुर्याईयो।

बिच बिचमा कहिले कोसंग कहिले कोसंग मिलेर सत्ता स्वाद गर्ने घृणित खेल खेलियो। २०५६ सालमा पुनस्निर्बाचन भयो। यसपटक कांग्रेसले बहुमत ल्यायो र कृष्ण प्रसाद भट्टराईको नेतृत्वमा सरकार गठन भयो। तर दुर्भाग्य यस पटक पनि उहि पुरानै परम्परा दोहोरियो। कृष्ण प्रसाद भट्टराईलाई हटाई गिरिजा प्रधान मन्त्री बने। आसा थियो उनले यो कार्यकाल पुरै बिताउने छन तर पार्टि भित्रको गुटबन्दीको कारण कोपभाजन हुन पुग्यो गिरिजा सरकार। सरकार टिकाउन हर टिकडम गरियो तर सकिएन । संसद जनताको मन्दिर हुनु प्रनेमा खसि किन्ने हॉट बजारमा परिणत भयो। जनताको करमा पौडि खेलियो। संसदिय ब्यबस्थाको बदनाम भयो। यस्तो बिषम् परिस्थिति पैदा भयो कि जो सरकारमा आए पनि टिक्न दिईएन। यसैबिच शेर बहादुरलाई प्रधानमंत्री बनाईयो। उता माओवादीको जनबादी युद्दको नाममा देशका बिभिन्न ठॉऊमा झडप भैरहेका छन भने यता संसदमा सांसद किन बेच हुदै गयो। देशमा माओवादी जनयुद्दको कारण संक्रमण लागु थियो। सदनमा संक्रमण लम्ब्याउने न लम्ब्याउने बिषयमा मत बिभाजन भयो। गिरिजाले संक्रमण नलम्ब्याउने भन्नेमा थिए भने सरकार लम्ब्याउने । कस्तो दुर्भाग्य हेर्दा हेर्दै शेर बहादुरले २०५९ साल जेष्ठ ऑठ गते पार्टि संग कुनै परामर्श नै नगरि प्रतिनिधि सभा बिधटन गरे। यस घटना पश्चात नेपाली कांग्रेसले शेर बहादुर देउबालाई पार्टीबाट निस्काशित गर्यो। पार्टीबाट निस्काशित देउबाले छुट्टै पार्टि खोले। बिधिबत रुपमा प्रतिनिधिसभा बिघटन गरियो । नेपाली कांग्रेस प्रतिनिधि सभा पुनर्स्थापना हुनु पर्छ भन्ने माग राखि आन्दोलनमा उत्रियो ।

यसैबिच देशमा राजा ज्ञानेन्द्रले आफु खुसि सरकार चलाउन थाले। जनतामा ब्यापक आक्रोश पैदा हुदै गयो। एकातिर ने.का.को आन्दोलन अर्को तिर माओवादीको युद्द सरकारले स्थिति संहाल्न सकेन। यसै बिच भित्र भित्रै माओवादी र कांग्रेसको बिचमा संयुक्त जन आन्दोलन गर्ने संझैता बन्यो। राजतन्त्रको खारेजि गणतन्त्रको स्थापनाको माग राखेर जनता आन्दोलनमा होमिए । आन्दोलनमा जनताले ब्यापक समर्थन जनाए र दुई सय उनान्चालिस बर्ष चलेको राजाशाहिको पतन हुन गयो। यसपालि भने जनतामा ठुलो आसा पलायो । राजतंत्रको बहिर्गमन पश्चात गणतान्त्रीक नेपालले जनताका हरेक समस्याको हल निकाल्नेमा बिश्वस्त थिए आम जनता। धेरै संसयका बिच देशमा पहिलो गणतान्त्रिक संबिधान बन्यो। बि.सं.२०६४ सालमा प्रथम संबिधान सभाको चुनाब भयो। ने.क.पा. माओवादीको तर्फ बाट प्रचन्ड प्रंधान मन्त्री बन्न पुगे। प्रचन्ड बहुमत हुदाहुदै पनि उहि पुरानै रोगले ग्रसित हुन पुगे। संसदिय आचरण र मुल्य मान्यताकै कमिका शिकार भए प्रचन्ड। प्रचन्डको राजिनामा पश्चात ने.क.पा.(एमाले)का तर्फ बाट माधबकुमार प्रधान मन्त्री बने।यो सरकार पनि लामो टिक्न सकेन। पार्टी भित्रैबाट असयोग भए पछि उनले पनि राजिनामा दिन बाध्य पारियो । पुन: एमालेकै झलनाथ खनाललाई प्रधान मन्त्री बनाईयो। तर यस पटक पनि संसदमा दलिय संस्कारको कमिले गर्दा उनि पनि टिक्न सकेनन। बाबुरामलाई ने.क.पा.माओबादीको तर्फ बाट प्रधान मन्त्री त बनाईयो तर दुर्भाग्य उनि पनि उहि असंसदिय आचरणको शिकार बन्न पुगे।यिनकै पालामा २०६९ साल अषाढ पॉच गते बिधिबत माओवादी पार्टि पनि फुट्यो। उता मधेशबादी दलहरुको हालत झनै खराब छ।

यसरी सत्तापक्षले बिपक्षिलाई निषेध गर्ने र बिपक्षिहरुले पनि सत्ता पक्षलाई असहयोग गर्ने परम्पराले गर्दा दलीय ब्यबस्थामै प्रश्न चिन्ह खडा हुँदैछ । राजनीतिक दलहरु भित्र बिभिन्न गुट उपगुटहरु पैदा हुनाले पनि संसदीय ब्यबस्थाप्रर्तिको मोह भगं हुँदैछ। जनताका दैनिक सरोकारका बिषयहरुमा सरकारको ध्यान जानुको सट्टा कसरी सरकारमा बस्न सकिन्छ त्यतातिर राज्यको स्रोत खर्चिनुले पनि जनतामा व्यापक रोष बढेको छ। यसरी दलहरु कमजोर हुनु भनेको सिंगो देश नै कमजोर हुनु हो । समय छँदै यदि पार्टीहरुले आफ्ना कमि कमजोरिहरु सच्याउन सकेनन भने ठूलो दुर्घटना हुने निश्चित प्रायः छ। कुनै पनि पार्टी भित्र आन्तरिक लोक तन्त्रको अभाब छ। राजनैतिक संस्कार, उच्च नैतिकता, ईमान्दारिताको कमि नै कुनै पनि ब्यबस्था पतनको कारक मानिन्छ । अहिले आएर ने।क।पा।को दुई तिहाईको दम्भ र पार्टी भित्रै कलहले भुसको आगोको रुप लिँदै छ। यदि नेकपाले समय छँदै आफ्ना कमि कमजोरी सच्याउदै नगएमा भेलि हुन सक्ने दुर्घटनाको तयारीमा लागे हुन्छ। संसदमा प्रमुख बिपक्षि दल नेकाले पनि अतितबाट पाठ सिक्दै आफ्नो आचरणमा सुधार गर्न सक्नु पर्छ । प्रजातांत्रिक मुल्य मान्यता के हुन हेक्का राखेर चल्न सक्नुपर्छ । नत्र राजतन्त्र फाल्न सक्ने जनताले तिमीहरुलाई फाल्न सक्दैनन भन्ने नसोचेकै राम्रो।

सर्बाधिक पढिएको

रेलगाडीको ठक्करबाट अमेरिकामा नेपाली युवतीको मृत्यु

रेलगाडीको ठक्करबाट अमेरिकामा नेपाली युवतीको मृत्यु २ हप्ता पहिले | संसार न्यूज़

२९ असोज, अमेरिका । रेलगाडीको ठक्करबाट अमेरिकाको क्विन्समा एक नेपाली…

अन्य जिल्लाबाट पर्वत छिरे १४ दिन क्वारेन्टिन (सूचनासहित)

अन्य जिल्लाबाट पर्वत छिरे १४ दिन क्वारेन्टिन (सूचनासहित) २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । अन्य जिल्लाबाट पर्वत जिल्ला गएमा १४ दिन होम…

पिसीआर रिर्पोट नेगेटिभ बोकेर ओमानबाट घर फर्किएका कार्कीको कोरोना संक्रमणबाट मृत्यु

पिसीआर रिर्पोट नेगेटिभ बोकेर ओमानबाट घर फर्किएका कार्कीको कोरोना संक्रमणबाट मृत्यु ३ हप्ता पहिले | संसार न्यूज़

२१ असोज, काठमाडौं । पिसीआर रिर्पोट नेगेटिभ भएको प्रमाण बोकेर…

स्वनामलाई बचाउन संयुक्त विज्ञप्ति

स्वनामलाई बचाउन संयुक्त विज्ञप्ति १ हप्ता पहिले | संसार न्यूज़

२ कार्तिक, काठमाडौँ । माक्र्सवादी चिन्तक तथा बामपन्थी नेता स्वनाम…