back

अन्य जिल्लाबाट पर्वत छिरे १४ दिन क्वारेन्टिन (सूचनासहित)

वि.सं.२०७७ असोज २९ बिहीवार

276 

shares
NTC AD
Global IME AD

काठमाडौं । अन्य जिल्लाबाट पर्वत जिल्ला गएमा १४ दिन होम क्वारेन्टिन बस्नुपर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय, पर्वतले बिहिबार एक सूचना जारी गर्दै क्वारेन्टिन बस्न निर्देशन गरेको हो ।

प्रशासनले सबै वडाध्यक्ष तथा सदस्यलाई होम क्वारेन्टिन बस्न लगाउन र सोको अनुगमन गर्न निर्देशन गरेको छ । ‘हाल देशैभरी बढ्दै गएको कोभिड–१९ को संक्रमणको प्रभाव पर्वत जिल्लामा पनि पर्ने सम्भावना रहेको अवस्था छ, जिल्ला बाहिरबाट आएका व्यक्ति अनिवार्य रुपमा १४ दिन होम क्वारेन्टिमा बस्ने, सोको अनुगमन सम्बन्धित वडाध्यक्ष वा सदस्यले गर्ने, गराउने’, सूचनामा भनिएको छ ।

प्रशासनले आगामी दशैं–तिहारमा भोजभतेर गर्ने र भिडभाड गर्ने कार्यक्रम नगर्न पनि निर्देशन गरेको छ । कुनै पनि खालको आमभेला तथा साधारण सभा नगर्न पनि प्रशासनको निर्देशन छ ।

प्रशासनले जारी गरेको सूचनाअनुसार निर्देशन उल्लंघन भए कानूनबमोजिम कारबाही हुनेछ । कारबाहीको लागि सुरक्षाकर्मीलाई पनि प्रशासनले निर्देश गरेको छ ।

यस्तो छ जिल्ला प्रशासन कार्यालयले निकालेको सूचना

वि.सं.२०७७ असोज २९ बिहीवार १६:०९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
पाल्पाकी युवती हत्याका अभियुक्त सार्वजनिक

पाल्पाकी युवती हत्याका अभियुक्त सार्वजनिक

रामपुर (पाल्पा) । प्रहरीले १९ वर्षीया युवती हत्याका अभियुक्त सार्वजनिक...

अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्बाध सहायता अनुमति दिन आदेश

अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्बाध सहायता अनुमति दिन आदेश

दी हेग (नेदरल्यान्ड) । नेदरल्यान्डको हेगस्थित अन्तर्राष्ट्रिय न्यायालय (आइसीजे) ले...

राष्ट्रिय गौरवका र ठूला आयोजना समयमै सम्पन्न हुन्छन् : प्रधानमन्त्री ‘प्रचण्ड’

राष्ट्रिय गौरवका र ठूला आयोजना समयमै सम्पन्न हुन्छन् : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका तथा रूपान्तरणकारी...

सवारी दुर्घटनाः सुदूरपश्चिममा ६ सय ७४ को मृत्यु

सवारी दुर्घटनाः सुदूरपश्चिममा ६ सय ७४ को मृत्यु

महेन्द्रनगर (कञ्चनपुर) । सुदूरपश्चिम प्रदेशमा विगत साढे तीन वर्षको अवधिमा...

बाह्र वर्षमै एसइई परीक्षा दिँदै पर्वतका एक छात्र

बाह्र वर्षमै एसइई परीक्षा दिँदै पर्वतका एक छात्र

पर्वत । सामान्यतया एसइई दिने विद्यार्थीको उमेर १४ वर्षदेखि माथिको...

अब फूल आयात होइन निर्यात गर्नुपर्छ : मन्त्री सुडी

अब फूल आयात होइन निर्यात गर्नुपर्छ : मन्त्री सुडी

काठमाडौँ । वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले फूल तथा...