back

कागतीको व्यावसायिक खेती शुरु

वि.सं.२०७७ असोज ३० शुक्रवार

129 

shares
NTC AD
Global IME AD

३० असोज, नवलपरासी  । नवलपरासी ९बर्दघाट–सुस्ता पश्चिम० का कृषक स्वास्थ्यका लागि अत्यन्तै उपयोगी मानिने कागतीको व्यावसायिक खेती गर्न थालेका छन् । दैनिक प्रयोग हुने औषधीय गुणयुक्त कागतीको माग बढ्दै गएपछि पछिल्लो समय यसको खेतीमा यहाँका कृषक आकर्षित भएका हुन् ।

प्राय पहाडी क्षेत्रमा गरिने कागती खेती पछिल्लो पटक तराईमा पनि विस्तार हुन थालेको छ । भिटामिन सी प्रशस्त मात्रामा पाइने भएकाले यसको माग बढ्न थालेपछि भारतबाट ठूलो मात्रामा कागती आयात हुँदै आएको थियो । बजारको राम्रो सम्भावना र तराईमा समेत कागती खेती विस्तार भईरहेकाले रामग्राम नगरपालिका–१० का कृषक धिरेन्द्र श्रेष्ठ जागिरबाट अवकाश पाएपछि व्यावसायिकरूपमा कागती खेती गर्न थाल्एका छन ।

कृष्णगोपाल एकिकृत कृषि फार्म दर्ता गरेर खेती शुरु गर्नुभएका उनले आफ्नै डेढ विघा जग्गामा भारतबाट आयातीत गोल्डेन लेमन जातको कागती लगाएका छन । अहिले हुर्किसकेका ती कागती तीन वर्षमै फल दिने र यसका लागि धेरै सिँचाइ गर्न पर्र्दैन । श्रेष्ठले रू छ लाखको लागतमा एक हजार ५०० बिरुवा लगाएको हो । कागतीको बोट एकपटक लगाएपछि २५ देखि ४० वर्षसम्म फल दिन्छ । राम्रो उत्पादन भएमा वर्षमा एउटै बोटबाट मात्रै ५०० देखि एक हजार २०० वटासम्म कागती उत्पादन हुने कृषक उनकोे भनाइ छ ।

एउटै कागतीको रू दुईमा बिक्री भए पनि वार्षिक लाखौँ आम्दानी हुन्छ । बाह्रै महीना फल प्राप्त गर्न सकिने भएकोले कागती मनग्ये आम्दानी हुने श्रेष्ठ बताउछन । तालिम नलिएपनि टेलिभिजन र पत्रपत्रिका अध्ययन गरेर खेती गरेका श्रेष्ठले माछापालन र धानखेती पनि गएका छन ।

सुनवल नगरपालिका–१२ भूमहीकी दुर्गा बस्यालले पनि यसै वर्षदेखि कागती खेती शुरु गएका छन। बर्दघाट नगरपालिका–२ सुखौरामा रहेको आफ्नै १५ कठ्ठा जग्गामा ३०० बिरुवाबाट खेती शुरु गरिएको उनी बताउछन् । दाङबाट ल्याएको सुन जातको कागती लगाएकी उनले केरा र कागतीको खेती सँगसँगै गरेका छन । एक हजार ३०० केराको बोटसँगै कागती पनि लगाइएको छ । अहिले केराको बोट हुर्किएका छन् । तीन वर्षमा केरा टिपेर सकिएपछि कागतीको फल टिप्न शुरु हुने कृषक बस्यालको भनाइ छ ।

उनीसँगै सुखौरामा यमकुमारी भुर्तेलले पनि १२ कठ्ठामा कागती खेती गरेका छन। दुबै जनाले सँगसँगै खेती थालेको बताउँदै भुर्तेल आफूले ३०० बोटबाट कागतीको व्यावसायिक खेती थालेको जानकारी दिन्छन। वर्षौँसम्म फाईदा लिन पाइने र मनग्ये आम्दानी हुने भएकोले यो खेतीतर्फ आकर्षित भएको उनको भनाई छ ।

सुनवल नगरपालिकाले पनि वडा नं. ११ को धुरकोट फेदीलाई कागती पकेट क्षेत्रकोरूपमा विकास गरी कार्य अघि बढाएको छ । पकेट क्षेत्रका लागि त्यहाँ गत वर्ष एक हजार कागतीका बिरुवा वितरण गरिएको नगर उपप्रमुख दधिराम अर्याल जानकारी दिए । गत वर्षको कार्यक्रम प्रभावकारी भने हुन नसकेको तर अव त्यहाँका कृषकलाई तालिम प्रदान गरेर कागती खेतीमा प्रोत्साहन गरिने उनको भनाइ छ ।

कागतीबाट वार्षिक लाखौँ कमाउन सकिने र वर्षौसम्म फाईदा पनि लिन सकिने भएकाले कृषक यसतर्फ आकर्षित भईरहेको कृषि ज्ञान केन्द्रका प्रमुख देवेशकुमार मिश्राको भनाइ छ । जिल्लाको रामग्राम, सुनवल र बर्दघाट नगरपालिकाका कृषकहरू पछिल्लो समय कागतीखेतीमा सम्लग्न छन् । रासस

वि.सं.२०७७ असोज ३० शुक्रवार १२:१५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
तीन वर्षदेखि सुनसान अध्यागमन कार्यालय

तीन वर्षदेखि सुनसान अध्यागमन कार्यालय

नेपालगञ्ज । बाँकेको जमुनाह नाकामा रहेको अध्यागमन कार्यालय करिब तीन...

समाजको विकाससँगै ज्येष्ठ नागरिक पछिल्लो समय एक्लिदै गएको छ : मन्त्री शर्मा

समाजको विकाससँगै ज्येष्ठ नागरिक पछिल्लो समय एक्लिदै गएको छ : मन्त्री शर्मा

घोराही (दाङ) । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बदलिँदो...

७५ लाख लागतमा बागेश्वरी मन्दिरमा तामाको छाना

७५ लाख लागतमा बागेश्वरी मन्दिरमा तामाको छाना

राँझा (बाँके) । नेपालगञ्जस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरको छानामा ताम्रपत्र...

सरकारले दाङमा करेन्ट लागेर मृत्यु भएका परिवारलाई आर्थिक सहयोग गर्ने

सरकारले दाङमा करेन्ट लागेर मृत्यु भएका परिवारलाई आर्थिक सहयोग गर्ने

तुलसीपुर । दाङमा करेन्ट लागेर एकै घरका तीनजनाको मृत्यु भएपछि...

विद्युत्को तार चुडिएर आँगनमै खस्दा एकै घरका तीनको मृत्यु

विद्युत्को तार चुडिएर आँगनमै खस्दा एकै घरका तीनको मृत्यु

घोराही (दाङ) । करेन्ट लागेर एकै घरका तीनजनाको मृत्यु भएको...

यात्रु बस र मोटरसाइकल आपसमा ठोक्किदा दुई जनाको मृत्यु

यात्रु बस र मोटरसाइकल आपसमा ठोक्किदा दुई जनाको मृत्यु

तुलसीपुर (दाङ) । दाङको राजपुर गाउँपालिका-५ जंग्रहवा र नौसहराबीचको कोरियाखोला...