Sansar News- Online for Global Nepali

कविता: घामको ताण्डव

सुधीर ख्वबि,पाटन, ललितपुर
२ हप्ता पहिले

केहि स्यालहरु
बाघको छाला ओढेर
राज गरिरहेका छन्
अराजकता जपेर ।
ब्वाँसो र गिद्ध
मित्रता दिवस मनाउँदैछन्
निरीह खरायोलाई
कवाफ बनाएर ।
चिलहरु
कागहरू
झुम्मिरहेका छन्
सितन चाख्न ।
वर्तमानको चित्र
यति असरल्ल
कसले सोचेको थियो र ।
खप्परको प्यालामा
पिइरहेका छन्
रगत पसिना नरभक्षी सोचले ।
होर्डिङ बोर्डमा
मैनबत्तीको चित्र सजाएर
अँध्यारो बिज्ञापित भएको छ ।
घामले खाएका अनुहारहरु
सडकपेटीमा लाम लागेर
भोक निलिरहेका छन् ।
घामको ताण्डव
यथावत चलिरहेको छ
प्रलय कुर्दैछ, सायद !

सर्बाधिक पढिएको

रेलगाडीको ठक्करबाट अमेरिकामा नेपाली युवतीको मृत्यु

रेलगाडीको ठक्करबाट अमेरिकामा नेपाली युवतीको मृत्यु २ हप्ता पहिले | संसार न्यूज़

२९ असोज, अमेरिका । रेलगाडीको ठक्करबाट अमेरिकाको क्विन्समा एक नेपाली…

अन्य जिल्लाबाट पर्वत छिरे १४ दिन क्वारेन्टिन (सूचनासहित)

अन्य जिल्लाबाट पर्वत छिरे १४ दिन क्वारेन्टिन (सूचनासहित) २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । अन्य जिल्लाबाट पर्वत जिल्ला गएमा १४ दिन होम…

पिसीआर रिर्पोट नेगेटिभ बोकेर ओमानबाट घर फर्किएका कार्कीको कोरोना संक्रमणबाट मृत्यु

पिसीआर रिर्पोट नेगेटिभ बोकेर ओमानबाट घर फर्किएका कार्कीको कोरोना संक्रमणबाट मृत्यु ३ हप्ता पहिले | संसार न्यूज़

२१ असोज, काठमाडौं । पिसीआर रिर्पोट नेगेटिभ भएको प्रमाण बोकेर…

स्वनामलाई बचाउन संयुक्त विज्ञप्ति

स्वनामलाई बचाउन संयुक्त विज्ञप्ति १ हप्ता पहिले | संसार न्यूज़

२ कार्तिक, काठमाडौँ । माक्र्सवादी चिन्तक तथा बामपन्थी नेता स्वनाम…