Sansar News- Online for Global Nepali

मृत्युको रहर र यमराजको शिक्षा

आत्मराम पौडेल
३ दिन पहिले
मृत्युको रहर र यमराजको शिक्षा

 मेरो मरणको चाहना अलि फरक थियो। मरिसकेपछि केही समय आउने समवेदना र श्रद्दान्जलिहरु सुन्ने र खुसुक्क फेसबुकमा हेर्ने रहर मलाई थियो।

मरेका ब्यक्तिहरुप्रती गरिएका समबेदना र श्रद्दान्जलिका सूचना र समाचारहरु सुन्दा जीवनमा केही राम्रा कामहरु गरेर मर्न पाए भन्ने रहर मलाई सानै देखि लागिरहन्थ्यो। तर मेरो मरणको चाहना अलि फरक थियो। मरिसकेपछि केही समय आउने समवेदना र श्रद्दान्जलिहरु सुन्ने र खुसुक्क फेसबुकमा हेर्ने रहर मलाई थियो।

चेतन अवस्थाका अतृप्त ईच्छाहरु अवचेतन अबस्थामा पूरा हुन्छन भन्ने सुनेको थिएँ, एकरात सपनामा म मरेंछु। मठनेर मलाई सुताईयो, आँगन पुरै छिमेकिहरुले भरियो। बलिन्द्र आँशु चुहाउदै चारैतिरवाट समवेदना र श्रद्दान्जलिका पुष्पगुच्छाहरुले म पुरिएँ । श्रीमतिहरु मुर्छित थिए, साना भुरेहरु आमातिर हेर्दै घरि रुन्थे घरि गोटा खेलाउंथे, मानौ उनिहरुको बाउ केही वेरको लागि मात्र मरेको हो । अलिपर ४–५ जनाले के के वोलेका थिए मैले सुनिन। केहिवेरमा नै शवयात्रा शुरु भो, मेरो सूक्ष्म आत्मा भने फुत्त उडेर महापन्थको बाटो समायो ।

महापन्थको यात्रामा केहिपर पुग्दा दोबाटोमा पश्चिमपट्टि यमराज सहित दुतहरु तैनाथ देखिए, पुर्बपट्टिवाट एउटा पुष्प विमान अगाडि आएर रोकियो, त्यसैमा स्वागत हुने आशामा म थिएँ तर यमराजका खलकहरुले मलाई हातपात गर्न खोज्दा पुष्पबिमानवाट आवाज आयो – खबर्दार यो त जीवनभर आफू जलेर अरुलाई प्रकाश दिने शिक्षक हो,यसलाइ हामि लान्छौ नछोउ ! तर गर्जंदै मतिर फर्केर यमराजले सोध्यो ‘भन्सारको भ्रष्ट अधिकृत, अधम सिडिओ, मालपोतको घुस्याहा हाकिम, बेइमान नेता, अन्यायको पक्षपोषण गर्ने न्यायमुर्ति, ठगाहा ठेकेदार, कालोबजारिया व्यापारी, शैक्षिक माफिया, मृगौला चोर्ने डाक्टर र ठग ईन्जिनियर (नामै सहित) यी को को हुनू ? ती सबै मेरै चेलाहरु नै थिए। माडसाप !

तपाईका उच्चपदस्थ यी चेलाहरुलाई किन योग्यताका प्रमाणपत्रमात्र दिनुभो । विवेक ईमान्दारिता र नैतिकता किन लुकाउनु भो, नरम हुँदै यमराज बोल्यो। हैन वावा ! यहाँका शिक्षाविद्, लेखक, दार्शनिक, नेता विद्वान, मन्त्रि र बिशेषज्ञहरुले बनाईदिएका पाठ्य पुस्तकहरु नै पढाएको हो हाम्ले त ! उनिहरुलाई पनि हामी कोठा थप्दै छौं यमराज जंगियो। उनिहरुलाई त्यत्रो पदमा पुग्ने वनाएको नदेख्ने ? खराबि मात्र….. । अदक्ष चालकको गाडि दुर्घटना ह्ँदा त्यसमा सवार सज्जनहरुको पनि बचाउ हुँदैन गुरु ! नरम भएर फेरि यमराजले सम्झायो। कुनै उपाय नदेखि, यसो दाहिनेतिर फर्कें विमान त फर्कि पो सकेछ। आफ्नो पक्षमा जिकिर गरिदिने कोहि नभएपछि हात बिस्तारै पछाडि फर्काइदिए ।

फलामे डोरिले पाता कसे, हिड्छु भन्दा पनि दिएनन्, ग्राभेलमा लतार्दै थिए, अतिपिडा भो ! झसङ्ग बिउझें। ओछ्यान निथ्रुक्क भिजेको थियो, शरीर लुगलुग कामिरहेको थियो।

यसरी लामो समय देखिको मेरो मृत्युको रहर त पुग्यो, तर यमराजको शिक्षाले मेरो जीवनभरिको लगानी बेरुजु गरिदियो । स्वप्निल यो घटनाले मेरो मनभित्रको पुरानो सफ्टवेयर त वेकम्मा नै सावित गरिदियो, अब नयाँ सफ्टवेयर जोडन सके बाँकि दुई बर्षको परिणाम कस्तो आउँथ्यो कुन्नी….. ।
आत्म कथा सार्है मार्मिक ।

सर्बाधिक पढिएको

तमादीको पहिरोमा एक्लै बाँचेकी घाईते मनिषाको प्रश्न : घरका सबै बितेका हुन र ?

तमादीको पहिरोमा एक्लै बाँचेकी घाईते मनिषाको प्रश्न : घरका सबै बितेका हुन र ? ४ हप्ता पहिले | संसार न्यूज़

स्याङ्जा । बिहिबारको बिहानले स्याङ्जा वालिङ, तमादीकी मनिषा नेपालीलाई अत्यन्तै…

Poem :”WAR”

Poem :”WAR” ३ हप्ता पहिले | Premal kumar khanal, kathmandu

In the movement of shivere war fighting some soldiers reaching…

कोरोना संक्रमणबाट अफ्रिकामा पर्वतका युवाको मृत्यु

कोरोना संक्रमणबाट अफ्रिकामा पर्वतका युवाको मृत्यु ४ हप्ता पहिले | संसार न्यूज़

६ असोज, अफ्रिका । कोरोना संक्रमणबाट अफ्रिकामा एक नेपाली युवाको…

रेलगाडीको ठक्करबाट अमेरिकामा नेपाली युवतीको मृत्यु

रेलगाडीको ठक्करबाट अमेरिकामा नेपाली युवतीको मृत्यु ५ दिन पहिले | संसार न्यूज़

२९ असोज, अमेरिका । रेलगाडीको ठक्करबाट अमेरिकाको क्विन्समा एक नेपाली…