Sansar News- Online for Global Nepali

कविताः ‘कुरूप’

श्री भवानी नेपाल,ईटहरी१२, खनार,हाल -युएई
२ हप्ता पहिले

हजुर महान हुनुहुन्छ ।
हजुरलाई नचिन्ने को छ र ?
हजुरको जयजयकार नगरी को नै बस्न सक्छ र ?
पल–पल नमस्कारका बर्षात हुन्छन्,
हजुरको उच्च वर्गीय फस्टाएको व्यक्तित्वको खेतीमा ।
हजुरको तार्किक क्षमतामा दोष दिने कसको हिम्मत ।
हजुरको पहुँचबारे थाह नहुने को नै छ र?
देश विदेशमा चर्चित हुनुहुन्छ हजुर ।
-सत्ता पल्टाउने देखि उठाउने सम्म
-सदन तताउने देखि सेलाउने सम्म
-भोट देखि नोट सम्म
-रोड देखि करोड सम्म
-सालो देखि सम्धीसम्म
-“भ्रष्टाञ्चार“ पाँच, छ, सात कति हो कति सम्म
-आयोग देखि खायोग सम्म
-बिमान देखि हर सामान सम्म
हजुरको शक्ति अपरम्पार छ ।
हजुर सबको सामु महान हुनुहुन्छ ।
तर,
एक पटक… केवल एक पटक
ऐना अगाडी आफू उभिनुहोस् र सम्झनुहोस्
-हत्या गरिएका ति निर्दोष अनुहारहरु
-निमुखाहरुलाई गरिएको अन्यायहरु
-मन्दिरदेखि आर्यघाटसम्म गरिएका भ्रष्टाचारहरु
-झुट्टा आश्वासनहरु
-दुर्व्यवहारहरु
-दुराचारहरु
-पापहरु
त्यतीबेला हजुरलाई थाह लाग्नेछ
संसारकै कुरूप मान्छे,
हजुरको ऐना अगाडि उभिएको छ ।
अमानव,दुष्ट,क्रुर,दुच्छर आकृति,
ऐना अगाडि उभिएको छ ।

सर्बाधिक पढिएको

रेलगाडीको ठक्करबाट अमेरिकामा नेपाली युवतीको मृत्यु

रेलगाडीको ठक्करबाट अमेरिकामा नेपाली युवतीको मृत्यु २ हप्ता पहिले | संसार न्यूज़

२९ असोज, अमेरिका । रेलगाडीको ठक्करबाट अमेरिकाको क्विन्समा एक नेपाली…

अन्य जिल्लाबाट पर्वत छिरे १४ दिन क्वारेन्टिन (सूचनासहित)

अन्य जिल्लाबाट पर्वत छिरे १४ दिन क्वारेन्टिन (सूचनासहित) २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । अन्य जिल्लाबाट पर्वत जिल्ला गएमा १४ दिन होम…

पिसीआर रिर्पोट नेगेटिभ बोकेर ओमानबाट घर फर्किएका कार्कीको कोरोना संक्रमणबाट मृत्यु

पिसीआर रिर्पोट नेगेटिभ बोकेर ओमानबाट घर फर्किएका कार्कीको कोरोना संक्रमणबाट मृत्यु ३ हप्ता पहिले | संसार न्यूज़

२१ असोज, काठमाडौं । पिसीआर रिर्पोट नेगेटिभ भएको प्रमाण बोकेर…

स्वनामलाई बचाउन संयुक्त विज्ञप्ति

स्वनामलाई बचाउन संयुक्त विज्ञप्ति १ हप्ता पहिले | संसार न्यूज़

२ कार्तिक, काठमाडौँ । माक्र्सवादी चिन्तक तथा बामपन्थी नेता स्वनाम…