Sansar News- Online for Global Nepali

कविता: पहाड, बुद्ध र श्रवणकुमारहरु

लक्ष्मण थापा,पोखरा
२ हप्ता पहिले

पहाडहरु
स्वयम् बोधिसत्व हुन्
जो
बुद्धमा रुपान्तरण भैरहन्छन् !
‘ॐ मणि पद्मे हुँ’
पहाडका कणिकाहरुबाट
गुन्जिरहने अमर ध्वनि

ज्योतिर्मय आत्माका दीपिकाहरु
प्रज्वलित हुन
कुनै विरुद्धकले तेल थप्न पर्दैन !
यहाँ
कोदोका कपनीहरुमा
बाटोका छपनीहरुमा
गुन्जिएका तृप्तिका निस्वाशहरु

छापिएका पैतालाका छापहरु
श्रृंखलावद्ध
उचाइको यात्रामा यात्रारत छन् !
ओ बुद्ध !
तिम्रा मुक्तिका मार्गहरु
यहीं कतै मैले देखिरहेको छु
तिम्रा प्रज्ञाले तप्त आभाहरु
यहाँका बुकी र पैयुँका फूलहरुमा
आभामण्डित भै
सौन्दर्यका विकिरणहरुको
महाबिष्फोट भैरहेको छ !

ओ बाँगेफट्के !
तिम्रा छातीमा
बुद्धहरु हाँसेका छन्
र त यहाँ बुकीहरु फुलेका छन्
तिम्रा छातीमा
श्रवणकुमारहरु हाँसेका छन्
र त यहाँ पैयुँहरु फुलेका छन्
हाम्रा तप्त छातीहरुमा
तिम्रो मृदु आतिथ्यताको स्पर्शले
मन पुलकित भएको छ

भन्न मन लागिरहेको छ !
ओ बुद्ध !
तिमीलाई थाहा छ ?
यहाँ बाँगेफड्केहरु
आफ्ना छातीमा हजार बुद्धका संज्ञानहरु छापेर
खयरबारी, देवीस्थान र तिखाचुलीका
अमर कथा वाचन गर्दै
आस्थाका कुमारी माछापुच्छ्रेहरु
शिरमा सिउरेका छन् !
ओ बुद्ध !
तिमीले मुक्तिका बर्तुलाकार मार्गको खोजीमा
आमाबाबु त्याग्यौ
दरबार त्याग्यौ

महान त्यागको इतिहास लेख्यौ !
ओ बुद्ध !
श्रवणकुमारले
कर्तव्यको महानपथको खोजीमा
आफ्ना अन्धा आमाबाबुलाई बोकेर
तीर्थाटन गर्यो

महान कर्तव्यको इतिहास लेख्यो !
ओ बाँगेफट्के !
तिम्रा छातीमा
बुद्धहरु हाँसेका छन्
र त यहाँ बुकीहरु फुलेका छन्
तिम्रा छातीमा
श्रवणकुमारहरु हाँसेका छन्
र त यहाँ पैयुँहरु फुलेका छन्
हाम्रा तप्त छातीहरुमा
तिम्रो मृदु आतिथ्यताको स्पर्शले
मन पुलकित भएको छ

भन्न मन लागिरहेको छ !
ओ बाँगेफड्के !
यहाँ बुद्धका चैतन्य बिम्वहरु छन्
यहाँ श्रवणकुमारका कर्तव्यनिष्ठ पाइलाका डोबहरु छन्
त्यसैले
पहाड, बुद्ध र श्रवणकुमारहरु एकै एकै हुन्
बाँगे, बुद्ध र श्रवणकुमारहरु एकै एकै हुन् ।

सर्बाधिक पढिएको

रेलगाडीको ठक्करबाट अमेरिकामा नेपाली युवतीको मृत्यु

रेलगाडीको ठक्करबाट अमेरिकामा नेपाली युवतीको मृत्यु २ हप्ता पहिले | संसार न्यूज़

२९ असोज, अमेरिका । रेलगाडीको ठक्करबाट अमेरिकाको क्विन्समा एक नेपाली…

अन्य जिल्लाबाट पर्वत छिरे १४ दिन क्वारेन्टिन (सूचनासहित)

अन्य जिल्लाबाट पर्वत छिरे १४ दिन क्वारेन्टिन (सूचनासहित) २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । अन्य जिल्लाबाट पर्वत जिल्ला गएमा १४ दिन होम…

पिसीआर रिर्पोट नेगेटिभ बोकेर ओमानबाट घर फर्किएका कार्कीको कोरोना संक्रमणबाट मृत्यु

पिसीआर रिर्पोट नेगेटिभ बोकेर ओमानबाट घर फर्किएका कार्कीको कोरोना संक्रमणबाट मृत्यु ३ हप्ता पहिले | संसार न्यूज़

२१ असोज, काठमाडौं । पिसीआर रिर्पोट नेगेटिभ भएको प्रमाण बोकेर…

स्वनामलाई बचाउन संयुक्त विज्ञप्ति

स्वनामलाई बचाउन संयुक्त विज्ञप्ति १ हप्ता पहिले | संसार न्यूज़

२ कार्तिक, काठमाडौँ । माक्र्सवादी चिन्तक तथा बामपन्थी नेता स्वनाम…