Sansar News- Online for Global Nepali

कविता  बाटो रोजौँ

छन्दिका त्रिपाठी,हेम्जा, कास्की
२ हप्ता पहिले

बाटा रोजौँ नवप्रगतिका शान्तिको दीप बाल्ने ।
नेपालीका अनुपम कला दिव्यताले उचाल्ने ।
शोभा भर्दै मधुर लयले देश नेपालभित्र ।
साँचौं हाम्रा हृदयपुरमा भावना ती पवित्र ।१।

बाटा रोजौँ युवक युवती स्वच्छ संसार बुन्ने ।
सारंगीका मधुरलयमा चेतना गीत सुन्ने ।
भाषा मीठा लवज रसिला शब्दलाई उनेर ।
आस्था रोपौँ हृदयपटका भाव राम्रा चुनेर ।२।

बाटा रोजाँै असल जन भै उच्च कर्तव्य गर्ने ।
आफ्नै खाकासित जगतका धर्म संस्कार भर्ने ।
आफ्ना चोखा श्रम र पसिना सिर्जनामा लगाऔँ ।
आलोकाँचो लगन सुखको दुष्ट बानी भगाऔँ ।३।

बाटा रोजौं शुभ समयका क्रान्ति गाथा बुझेर ।
हाम्रा यात्रा अबिरल नयाँ सिर्जनाले कुँदेर ।
योद्धा बन्दै प्रगति पथमा हिम्चुली झैं उठौँ हैँ ।
जल्दो आगो बनिकन अझै जुर्मुराई जुटौँ हैँ ।४।

बाटा रोजौं लतकुलतका तुच्छ सम्बन्ध तोड्ने ।
दायाँवाँया असल जनको मात्र संस्कार जोड्ने ।
हामी हाम्रा गतिविधि सधैँ छन्दशाली बनाऔँ ।
हाम्रै चोखो सरलपनले देशलाई उठाऔँ ।५।

छन्द : मन्दाक्रान्ता छन्द

सर्बाधिक पढिएको

रेलगाडीको ठक्करबाट अमेरिकामा नेपाली युवतीको मृत्यु

रेलगाडीको ठक्करबाट अमेरिकामा नेपाली युवतीको मृत्यु २ हप्ता पहिले | संसार न्यूज़

२९ असोज, अमेरिका । रेलगाडीको ठक्करबाट अमेरिकाको क्विन्समा एक नेपाली…

अन्य जिल्लाबाट पर्वत छिरे १४ दिन क्वारेन्टिन (सूचनासहित)

अन्य जिल्लाबाट पर्वत छिरे १४ दिन क्वारेन्टिन (सूचनासहित) २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । अन्य जिल्लाबाट पर्वत जिल्ला गएमा १४ दिन होम…

पिसीआर रिर्पोट नेगेटिभ बोकेर ओमानबाट घर फर्किएका कार्कीको कोरोना संक्रमणबाट मृत्यु

पिसीआर रिर्पोट नेगेटिभ बोकेर ओमानबाट घर फर्किएका कार्कीको कोरोना संक्रमणबाट मृत्यु ३ हप्ता पहिले | संसार न्यूज़

२१ असोज, काठमाडौं । पिसीआर रिर्पोट नेगेटिभ भएको प्रमाण बोकेर…

स्वनामलाई बचाउन संयुक्त विज्ञप्ति

स्वनामलाई बचाउन संयुक्त विज्ञप्ति १ हप्ता पहिले | संसार न्यूज़

२ कार्तिक, काठमाडौँ । माक्र्सवादी चिन्तक तथा बामपन्थी नेता स्वनाम…