Sansar News- Online for Global Nepali

उत्कृष्ट काम गर्ने प्रहरी पुरस्कृत

संसार न्यूज़
२ हप्ता पहिले
उत्कृष्ट काम गर्ने प्रहरी पुरस्कृत

१ कात्र्तिक, खोटाङ । जिल्ला प्रहरी कार्यालय खोटाङले उत्कृष्ट काम गर्ने प्रहरीलाई पुरस्कृत गरेको छ । नागरिकको शान्ति सुरक्षा एवं अपराध नियन्त्रणका क्रममा विभिन्न विधामा उत्कृष्ट काम गर्ने प्रहरीलाई शुक्रबार जिल्ला प्रहरी कार्यालय दिक्तेलमा आयोजित ६५ औँ प्रहरी दिवसको अवसर पुरस्कृत गरिएको हो ।

ईलाका प्रहरी कार्यालय हलेसीका प्रमुख प्रहरी निरीक्षक दिनेशप्रसाद खरेल, जिल्ला प्रहरी कार्यालय खोटाङमा कार्यरत प्रहरी नायब निरीक्षक भीमबहादुर बस्नेत, अस्थायी प्रहरी चौकी तालखर्कमा कार्यरत प्रहरी सहायक निरीक्षक देवेन्द्रप्रसाद पौडेल, प्रहरी हवल्दार खेमप्रसाद बास्तोला, प्रहरी जवान अनिल नेपाली, रमेश बस्नेत र विमल कार्कीलाई पुरस्कृत गरिएको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले बताए । जिल्ला प्रहरी कार्यालय दिक्तेलमा आयोजित कार्यक्रममा उत्कृष्ट हुन सफल प्रहरीलाई जिल्ला सुरक्षा समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले प्रमाणपत्रसहित नगद पुरस्कार प्रदान गरेका थिए ।

यस्तै, प्रहरी दिवसकै अवसरमा जिल्लाका तीन जना अमर प्रहरीका परिवारलाई पनि सम्मान गरिएको छ । जिल्लाका २८ जना अमर प्रहरी परिवारमध्ये दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका सरस्वती ठाकुर, सोही ठाउँका कमलादेवी आचार्य र वडा नम्बर–४ खाल्लेका लक्ष्मी श्रेष्ठलाई दोसल्ला ओढाएर सम्मान गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक गोविन्द साहले बताए ।

उनीहरुलाई सांसद विशाल भट्टराई र संविधासभा सदस्य एवम् नेकपाका केन्द्रीय सदस्य दुर्गाजयन्ती राईले सम्मान गरेका थिए । प्रहरीले विभिन्न माध्यमबाट आफ्नो अभियानमा सहयोग गर्ने नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा र उद्योग वाणिज्य सङ्घलाई प्रशंसा–पत्र प्रदान गरेको छ । यस्तै, प्रहरीलाई निःशुल्क जग्गा प्रदान गरेकामा खोटेहाङ गाउँपालिका–८ सिम्पानीका रवीन्द्र खड्कालाई कदर–पत्रले सम्मान गरिएको छ ।

सर्बाधिक पढिएको

रेलगाडीको ठक्करबाट अमेरिकामा नेपाली युवतीको मृत्यु

रेलगाडीको ठक्करबाट अमेरिकामा नेपाली युवतीको मृत्यु २ हप्ता पहिले | संसार न्यूज़

२९ असोज, अमेरिका । रेलगाडीको ठक्करबाट अमेरिकाको क्विन्समा एक नेपाली…

अन्य जिल्लाबाट पर्वत छिरे १४ दिन क्वारेन्टिन (सूचनासहित)

अन्य जिल्लाबाट पर्वत छिरे १४ दिन क्वारेन्टिन (सूचनासहित) २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । अन्य जिल्लाबाट पर्वत जिल्ला गएमा १४ दिन होम…

पिसीआर रिर्पोट नेगेटिभ बोकेर ओमानबाट घर फर्किएका कार्कीको कोरोना संक्रमणबाट मृत्यु

पिसीआर रिर्पोट नेगेटिभ बोकेर ओमानबाट घर फर्किएका कार्कीको कोरोना संक्रमणबाट मृत्यु ३ हप्ता पहिले | संसार न्यूज़

२१ असोज, काठमाडौं । पिसीआर रिर्पोट नेगेटिभ भएको प्रमाण बोकेर…

स्वनामलाई बचाउन संयुक्त विज्ञप्ति

स्वनामलाई बचाउन संयुक्त विज्ञप्ति १ हप्ता पहिले | संसार न्यूज़

२ कार्तिक, काठमाडौँ । माक्र्सवादी चिन्तक तथा बामपन्थी नेता स्वनाम…