Sansar News- Online for Global Nepali

सनराइज बैंकले डिजिटल बैंकिङ प्रवर्द्धन गर्न नयाँ अफर, २० वटा स्मार्टफोन जित्ने अवसर

संसार न्यूज़
३ दिन पहिले
सनराइज बैंकले डिजिटल बैंकिङ प्रवर्द्धन गर्न नयाँ अफर, २० वटा स्मार्टफोन जित्ने अवसर

१ कात्तिक, काठमाडौं। सनराइज बैंकले स्मार्ट बनौं, डिजिटल बैंकिङ गरौं अभियानलाई प्रवर्द्धन गर्न नयाँ अफर ल्याएको छ।
बैंकले डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ एफवान सफ्टसँगको सहकार्यमा २० जना भाग्यशाली ग्राहकलाई एक/एक थान स्मार्टफोन दिने योजना ल्याएको हो।

जस योजना अन्तर्गत सनराइज बैंकले आफ्नो मोबाइल बैंकिङ सनराइज स्मार्ट एपमार्फत रकम ट्रान्सफर, मोबाइल टपअप, बिल भुक्तानी लगायतका कार्य गर्ने २० जना भाग्यशाली ग्राहकलाई एक(एक थान स्मार्ट फोन प्रदान गर्ने बैंकले प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ।त्यसैगरी नयाँ ग्राहकलाई प्रोत्साहन गर्न पहिलोपटक मोबाइल टपअपमा १० प्रतिशत रकम वा अधिकतम सय रुपैयाँ क्यास ब्याक गर्ने व्यवस्था समेत बैंकले गरेको छ ।

सनराइज बैंकले आफ्नो १३ औं वार्षिकोत्सवको उपलक्ष्यमा ग्राहकसँग खुशी बाँड्न २०७७ कात्तिक १ गतेदेखि मंसिर ५ गतेसम्मको लागि यो योजना लागु गरेको हो।

सर्बाधिक पढिएको

तमादीको पहिरोमा एक्लै बाँचेकी घाईते मनिषाको प्रश्न : घरका सबै बितेका हुन र ?

तमादीको पहिरोमा एक्लै बाँचेकी घाईते मनिषाको प्रश्न : घरका सबै बितेका हुन र ? ४ हप्ता पहिले | संसार न्यूज़

स्याङ्जा । बिहिबारको बिहानले स्याङ्जा वालिङ, तमादीकी मनिषा नेपालीलाई अत्यन्तै…

Poem :”WAR”

Poem :”WAR” ३ हप्ता पहिले | Premal kumar khanal, kathmandu

In the movement of shivere war fighting some soldiers reaching…

कोरोना संक्रमणबाट अफ्रिकामा पर्वतका युवाको मृत्यु

कोरोना संक्रमणबाट अफ्रिकामा पर्वतका युवाको मृत्यु ४ हप्ता पहिले | संसार न्यूज़

६ असोज, अफ्रिका । कोरोना संक्रमणबाट अफ्रिकामा एक नेपाली युवाको…

रेलगाडीको ठक्करबाट अमेरिकामा नेपाली युवतीको मृत्यु

रेलगाडीको ठक्करबाट अमेरिकामा नेपाली युवतीको मृत्यु ५ दिन पहिले | संसार न्यूज़

२९ असोज, अमेरिका । रेलगाडीको ठक्करबाट अमेरिकाको क्विन्समा एक नेपाली…