Sansar News- Online for Global Nepali

अमेरिकामा सङ्क्रमितको संख्या ८० लाख नाघ्यो

संसार न्यूज़
२ हप्ता पहिले
अमेरिकामा सङ्क्रमितको संख्या ८० लाख नाघ्यो

१ कात्तिक । अमेरिकामा कोभिड १९ का सङ्क्रमितको संख्या ८० लाख पुगेको छ । समाचारमा जनाइएअनुसार अमेरिकामा कोभिड सङ्क्रमितको संख्या ८० लाख ८ हजार ४०२ पुगेको हो ।

जोन हप्किन्स विश्वविद्यालयले प्रकाशन गरेको पछिल्लो तथ्यांकअनुसार शुक्रबार यहाँका संक्रमितको संख्या ८० लाख नाघेको हो ।

अमेरिका विश्वमा नै कोभिडबाट संक्रमितहरु सबैभन्दा धेरै भएका देशमा पर्दछ । त्यसैगरी यस सङ्क्रमणबाट सबैभन्दा धेरै नागरिकको मृत्यु हुने देशमा पनि अमेरिका पर्दछ । उक्त विश्वविद्यालयका अनुसार अमेरिकामा मृत्यु हुनेको संख्या पनि २ लाख १८ हजार ९७ जना रहेको छ ।

उक्त विश्वविद्यालयको तथ्यांक अनुसार अमेरिकामा पछिल्ला दिनहरुमा पनि ठूलो संख्याका सङ्क्रमितहरु थपिने गरेका छन् । रासस

सर्बाधिक पढिएको

रेलगाडीको ठक्करबाट अमेरिकामा नेपाली युवतीको मृत्यु

रेलगाडीको ठक्करबाट अमेरिकामा नेपाली युवतीको मृत्यु २ हप्ता पहिले | संसार न्यूज़

२९ असोज, अमेरिका । रेलगाडीको ठक्करबाट अमेरिकाको क्विन्समा एक नेपाली…

अन्य जिल्लाबाट पर्वत छिरे १४ दिन क्वारेन्टिन (सूचनासहित)

अन्य जिल्लाबाट पर्वत छिरे १४ दिन क्वारेन्टिन (सूचनासहित) २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । अन्य जिल्लाबाट पर्वत जिल्ला गएमा १४ दिन होम…

पिसीआर रिर्पोट नेगेटिभ बोकेर ओमानबाट घर फर्किएका कार्कीको कोरोना संक्रमणबाट मृत्यु

पिसीआर रिर्पोट नेगेटिभ बोकेर ओमानबाट घर फर्किएका कार्कीको कोरोना संक्रमणबाट मृत्यु ३ हप्ता पहिले | संसार न्यूज़

२१ असोज, काठमाडौं । पिसीआर रिर्पोट नेगेटिभ भएको प्रमाण बोकेर…

स्वनामलाई बचाउन संयुक्त विज्ञप्ति

स्वनामलाई बचाउन संयुक्त विज्ञप्ति १ हप्ता पहिले | संसार न्यूज़

२ कार्तिक, काठमाडौँ । माक्र्सवादी चिन्तक तथा बामपन्थी नेता स्वनाम…