Sansar News- Online for Global Nepali

यस्तो छ हेर्नुहोस् नेपालमा कात्तिक १ सम्मको कोरोना अपडेटको पूर्ण विवरण समाचार

संसार न्यूज़
१ हप्ता पहिले
यस्तो छ हेर्नुहोस् नेपालमा कात्तिक १ सम्मको कोरोना अपडेटको पूर्ण विवरण

१ कात्तिक, काठमाण्डौं । नेपालमा शनिबार ( १ कात्तिक) सम्म पिसीआर प्रविधिबाट १२ लाख ६९ हजार ६०५ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट १५,४३८ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले शनिबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित ३८,७३७ जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा १३,२९९ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या २५,४३८ रहेको छ ।

त्यसैगरी देशभरका विभिन्न अस्पतालको आइसीयुमा २९० जना संक्रमित उपचाररत छन् ।
मन्त्रालयका अनुसार प्रदेश १ मा ३४, प्रदेश २ मा १३, बागमती प्रदेशमा १५२, गण्डकी प्रदेशमा २०, लुम्बिनी प्रदेशमा ५३, कर्णाली प्रदेशमा ९ र सुदुरपश्चिम प्रदेशमा ९ जना गरी जम्मा २९० जना आइसीयुमा उपचाररत छन् ।

त्यसैगरी प्रदेश १ मा ९ जना, प्रदेश २ मा १, बागमती प्रदेशमा ४८, गण्डकी प्रदेशमा ४, लुम्बिनी प्रदेशमा १ र सुदुरपश्चिम प्रदेशमा ३ जना गरी जम्मा ६६ जना भेन्टिलेटरमा उपचाररत छन् ।

त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला मोरङ, सुनसरी, मकवानपुर, सुर्खेत, ललितपुर, काठमाडौ,ं चितवन, कास्की, भक्तपुर, दाङ, बाँके र रुपन्देही गरी १२ वटा रहेका छन् । साथै मुस्ताङ शून्य संक्रमित रहेको जिल्ला भएको छ ।

त्यस्तै आज थपिएका ३१६७ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या १ लाख, २९ हजार ३०४ पुगेको छ । साथै आज १८०० जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ८९ हजार ८४० पुगेको छ ।
आज १२ जना थपिएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७२७ पुगेको छ ।

आज काठमाडौं उपत्यकाका १७४६ सहित ३१६७ जनामा कोरोना संक्रमण
। नेपालमा आज काठमाडौं उपत्यकाका १७४६ जनासहित देशैभरी ३१६७ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा १४५१, ललितपुरमा १५२ र भक्तपुरमा १४३ जना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार आज प्रदेश १ को इलाममा ७, उदयपुरमा १, ओखलढुंगामा २, खोटाङमा ३, झापामा ५५, भोजपुरमा २, मोरङमा १४९, संखुवासभामा ८ र सुनसरीमा १६३ गरी प्रदेशमा ३९० जना संक्रमित थपिएका हुन् ।

प्रदेश २ को धनुषामा १९, पर्सामा २४, बारामा १७, महोत्तरीमा ६, रौतहटमा २६, सप्तरीमा ९, सर्लाहीमा ८ र सिराहामा ८ जना गरी प्रदेशमा आज ११७ जना संक्रमित थपिएका छन् ।

बागमती प्रदेशको काठमाडौंमा १४५१, काभ्रेपलान्चोकमा २१, चितवनमा १, दोलखामा ६, धादिङमा २०, नुवाकोटमा १८, भक्तपुरमा १४३, मकवानपुरमा ११९, रामेछापमा ३, ललितपुरमा १५२, सिन्धुृपाल्चोकमा १४ र सिन्धुलीमा ५ जना गरी प्रदेशमा आज १९५३ जनामा संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशको कास्कीमा ५४, गोरखामा १५, तनहुँमा ६, नवलपरासीपुर्वमा ३, म्याग्दीमा ३, लम्जुङमा २, बागलुङमा ३ र स्याङजामा ५ जना गरी प्रदेशमा आज ९१ संक्रमित थपिएका छन् ।

त्यस्तै लुम्बिनी प्रदेशको अर्घाखाँचीमा २७, कपिलवस्तुमा ११, गुल्मीमा ३, दाङमा ३०, नवलपरासीमा १३, पाल्पामा १७, बर्दियामा ५६, बाँकेमा ३३, रुपन्देहीमा २०२ र रोल्पामा १ जना गरी प्रदेशमा ३९३ संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेशको जाजरकोटमा २, कालिकोटमा ८, जुम्लामा १५, दैलेखमा २९, रुकुमपश्चिममा ४, सल्यानमा १२, सुर्खेतमा ५६ र हुम्लामा १ जना गरी प्रदेशमा आज १२७ जना संक्रमित थपिएका हुन् ।

सुदूरपश्चिम प्रदेशको अछाममा ६, कन्चनपुरमा ८, कैलालीमा ४७, डडेल्धुरामा ६, डोटीमा १, दार्चुलामा ५, बझाङमा १७ र बैतडीमा ६ जना गरी प्रदेशमा ९६ संक्रमित थपिएसँगै आज देशैभरी ३१६७ जना संक्रमित थपिएका छन् । जसमा महिला ११६० र पुरुष २००७ जना रहेका छन् ।

आज थपिएका ३१६७ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या १ लाख २९ हजार ३०४ पुगेको छ ।

आज १८०० ले कोरोना जिते, निको हुनेको कूल संख्या ८९ हजार ८४० पुग्यो
नेपालमा १८ सयले कोरोना संक्रमण जितेर घर फर्किएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमा रहेकाहरु मध्ये १८ सयजना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् । आज निको भएका १८ सय जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ८९ हजार ८४० पुगेको छ ।

हालसम्म कुन प्रदेशमा कति निको भए त ?
प्रदेश १ मा ७,७३८, प्रदेश २ मा १५,४४७ बागमती प्रदेशमा ३८,५६०, गण्डकी प्रदेशमा ४६४८, लुम्बिनी प्रदेशमा ११,७२८, कर्णाली प्रदेशमा ३८३२ र सुदूरपश्चिम प्रदेशमा ७,८८७ जना गरी हालसम्म जम्मा ८९ हजार ८४० जना निको भएका हुन् ।
मन्त्रालयका अनुसार कूल संक्रमित मध्ये निको हुनेको यो संख्या ६९.४ प्रतिशत रहेको छ ।

यस्तो छ क्वारेन्टिनमा रहनेको संख्या
प्रदेश १ मा ४६०, प्रदेश २ मा ९०, बागमती प्रदेशमा ३१५, गण्डकी प्रदेशमा ६४३, लुम्बिनी प्रदेशमा १,३१४, कर्णाली प्रदेशमा ५२३ र सुदूरपश्चिम प्रदेशमा १३७० जना गरी हालसम्म जम्मा ४७१५ जना विभिन्न स्थानीय निकायका क्वारेन्टिनमा रहेका छन् ।

यस्तो छ संस्थागत तथा होम आइसोलेसनमा रहनेको संख्या
प्रदेश अनुसार संस्थागत आइसोलेशनमा रहनेमा प्रदेश १ मा ११२९, प्रदेश २ मा ६६४, बागमती प्रदेशमा ८१९२, गण्डकी प्रदेशमा ७८१, लुम्बिनी प्रदेशमा १,७४९, कर्णाली प्रदेशमा ३९८ र सुदूरपश्चिम प्रदेशमा ३८६ जना गरी हालसम्म जम्मा १३,२९९ जना संस्थागत आइसोेलेसनमा रहेका छन् ।

त्यस्तै होम आइसोलेसनमा बस्नेहरुमा प्रदेश १ मा ४१२५, प्रदेश २ मा ७६३, बागमती प्रदेशमा १५,९९८, गण्डकी प्रदेशमा ९३० लुम्बिनी प्रदेशमा २२८२, कर्णाली प्रदेशमा ७१९ र सुदूरपश्चिम प्रदेशमा ६२१ जना गरी २५,४३८ जना रहेका छन् ।

कोरोना संक्रमणबाट आज १२ जनाको मृत्यु
नेपालमा आज पनि कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लामा १२ जनाको मृत्यु भएको हो । आज थपिएका १२ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७२७ पुगेको छ ।

यस्तो छ हेर्नुहोस् नेपालमा असोज ३० गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण

सर्बाधिक पढिएको

रेलगाडीको ठक्करबाट अमेरिकामा नेपाली युवतीको मृत्यु

रेलगाडीको ठक्करबाट अमेरिकामा नेपाली युवतीको मृत्यु २ हप्ता पहिले | संसार न्यूज़

२९ असोज, अमेरिका । रेलगाडीको ठक्करबाट अमेरिकाको क्विन्समा एक नेपाली…

अन्य जिल्लाबाट पर्वत छिरे १४ दिन क्वारेन्टिन (सूचनासहित)

अन्य जिल्लाबाट पर्वत छिरे १४ दिन क्वारेन्टिन (सूचनासहित) २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । अन्य जिल्लाबाट पर्वत जिल्ला गएमा १४ दिन होम…

पिसीआर रिर्पोट नेगेटिभ बोकेर ओमानबाट घर फर्किएका कार्कीको कोरोना संक्रमणबाट मृत्यु

पिसीआर रिर्पोट नेगेटिभ बोकेर ओमानबाट घर फर्किएका कार्कीको कोरोना संक्रमणबाट मृत्यु ३ हप्ता पहिले | संसार न्यूज़

२१ असोज, काठमाडौं । पिसीआर रिर्पोट नेगेटिभ भएको प्रमाण बोकेर…

स्वनामलाई बचाउन संयुक्त विज्ञप्ति

स्वनामलाई बचाउन संयुक्त विज्ञप्ति १ हप्ता पहिले | संसार न्यूज़

२ कार्तिक, काठमाडौँ । माक्र्सवादी चिन्तक तथा बामपन्थी नेता स्वनाम…