२ कात्तिक, काठमाडौं । युरोपियन देश अष्ट्रियामा रहेकी एक नेपाली महिलाले आफ्नै तीन सन्तानको प्राण पखेरु उडाएको समाचार छ ।
अष्ट्रियाबाट प्रकाशन हुने अष्ट्रियाका विभिन्न अनलाइनका अनुसार ३१ वर्षीया उनले आफ्नै अर्पाटमेन्टमा आफ्ना नौ वर्षीया र ६ वर्षीया दुई छोरी र ८ महिने छोराको हत्या गरेको त्यहाँको प्रहरीले जनाएको छ ।
उनले छोराछोरीको हत्या गरेर आफू पनि मर्नका लागि छुरी हानेकी थिइन् त्यसपश्चात शनिबार बिहान ५ः२० बजे आफैले प्रहरीलाई फोन गरेर ‘मैले बच्चाहरु मारे, म पनि मर्न चाहान्छु’ भनेकी थिइन् । प्रहरी तत्कालै अर्पार्टमेन्टमा पुग्दा ठूली छोरीको सामान्य ढुकढुकी रहेको पाइएपनि उनलाई अस्पताल लगेर बचाउने कोशिष गरेपनि बचाउन नसकिने उक्त अनलाइनमा उल्लेख छ ।
उक्त अनलाइनका अनुसार झण्डै ११ वर्षदेखि अष्ट्रियामा बस्दै आएकी ती महिला नेपालबाट अष्ट्रिया पुगेर विवाह बन्धनमा बाँधिएकी थिइन् भने बुटवल स्थायी ठेगाना भएका उनका श्रीमान १७ वर्षदेखि भियना २२ जिल्ला अष्ट्रियामा रहँदै आएका छन् ।
उनीहरु श्रीमानबीच लामो समययदेख पारिवारीक समस्या भएको र महिलामा पनि मानसिक समस्या रहेको बताइएको छ ।
उनीहरुमा भएको झै-झगडाका कारण महिलाले केही समय अगाडि प्रहरीमा खबर पनि गरेको र प्रहरीले १५ दिनसम्म दुवैजनालाई सामाजिक दूरी कायम गरेर बस्न लगाएको पनि बताइएको छ ।
छोराछोरीको हत्या गरेकी ती महिलाको मनो चिकित्सकद्धारा मानसिक अवस्था जाँच गरेर मात्र कुन अदालतलमा पेश गर्ने भन्ने विषयमा निर्णय हुने पनि बताइएको छ ।
यस विषयमा एनआरएनए अष्ट्रियाकी महासचिव भवानी तिवारीसँग कुरा गर्दा घटना शनिबार राति भएको र कारण के हो भन्ने स्थानीय प्रहरीले अनुसन्धान गरिरहेकोले आफू यसबारेमा केही भन्न सक्ने अवस्था नरहेको संसारन्युजलाई बताएकी छन् ।
https://www.heute.at/s/dreifach-mord-mutter-studierte-an-der-boku-100107779
https://www.oe24.at/oesterreich/chronik/wien/mutter-toetet-ihre-kinder-moegliche-hintergruende-zum-motiv/450514916
वि.सं.२०७७ कात्तिक २ आइतवार १५:३३ मा प्रकाशित