Sansar News- Online for Global Nepali

होण्डाद्वारा नयाँ होण्डा सिआर–भि १.६ टर्भो आईडिटेक २०२० को गाडी लन्च

संसार न्यूज़
६ महिना पहिले
होण्डाद्वारा नयाँ होण्डा सिआर–भि १.६ टर्भो आईडिटेक २०२० को गाडी लन्च

३ कार्तिक, काठमाडौं । नेपालका लागि होण्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि.ले स्टाईल, पर्फमेन्स र सुरक्षालाई समावेश गरी परिस्कृत पर्फमेन्स र शानदार इन्टेरियरस्का साथै नयाँ आईडिटेक इन्जिनयुक्त नयाँ होण्डा सिआर–भि २०२० लाई नेपाली बजारमा भित्राएको छ ।

एडभान्स, एनरजेटिक एण्ड स्मार्ट”को ग्राण्ड कन्सेप्टमा निर्मित ५ औं जेनेरेसनको यस होण्डा सिआर–भि २०२० मा हाई–टेक्नोलोजीयुक्त एक्स्टेरियर र इन्टेरियर सुविधाहरुले सबैको ध्यानआकर्षण गराउने विश्वास कम्पनीले लिएको छ ।

आफ्नो सेग्मेन्टमा सर्वाधिक २१० एमएम ग्राउण्ड क्लियरेन्स रहेको यस कारमा एड्भान्स इन्टिगे्रटेड लिड हेड ल्याम्पस्, इनलाइन लिड फगल्याम्पस्, फ्रन्ट पार्किङ्ग सेन्सर, पुस बटन गियर सिस्टम, प्यानोरोमा सनरुफ, स्मार्ट किलेस इन्ट्री , प्याडल सिफ्टिङ्ग गियर, ८ प्रकारको पावर ड्राइभिङ्ग सिट, ४ प्रकारको लम्बर सर्पोट सिट, उच्चस्तरीय लेदर तथा ऊडन फिनिस क्याबिनका साथै ७ जनासम्म प्यासेन्जरहरु बस्न सकिने सुविधाहरु रहेको छ ।

९ स्पिड सिभिटी (Continuously Variable Transmission) सहितको १.६ आईडिटेक टर्भो इन्जिनयुक्त र अफ रोडिङ्गअनि सिटी ड्राइभ दुवैका लागि पावर र पर्फमेन्स युक्तहोण्डा सिआर–भि ले नेपाली रोडहरुमा असली एसयुभिको आन्नद लिन चाहने सम्पूर्ण ग्राहकहरुको मन जित्न सफल हुने कम्पनीले विश्वास लिएको छ ।

सर्बाधिक पढिएको

एमाले नेता अर्यालद्वारा प्रधानमन्त्रीसँग स्पष्टीकरण माग, ३ दिनभित्र जवाफ दिन आग्रह

एमाले नेता अर्यालद्वारा प्रधानमन्त्रीसँग स्पष्टीकरण माग, ३ दिनभित्र जवाफ दिन आग्रह ४ हप्ता पहिले | संसार न्यूज़

१० चैत, काठमाडौं । नेकपा (एमाले)का युवा नेता दामोदर अर्यालले…

कतारमा रहेका नेपालीहरुका लागि दूतावासले निकाल्यो यस्तो सूचना

कतारमा रहेका नेपालीहरुका लागि दूतावासले निकाल्यो यस्तो सूचना ४ हप्ता पहिले | संसार न्यूज़

१२ चैत्र, काठमाडौँ । कतारस्थित नेपाली दूतावासले कतारमा रहेका नेपालीहरुको जानकारीका…

माओवादीका प्रदेश प्रमुखले एमालेका मुख्यमन्त्रीलाई सघाएपछि…

माओवादीका प्रदेश प्रमुखले एमालेका मुख्यमन्त्रीलाई सघाएपछि… ५ दिन पहिले | संसार न्यूज़

वैशाख २, काठमाडौं । नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चाले…

त्रिभुवन विश्वविद्यालयको परीक्षा आवेदन भर्ने\भराउने सम्बन्धी सूचना

त्रिभुवन विश्वविद्यालयको परीक्षा आवेदन भर्ने\भराउने सम्बन्धी सूचना ४ हप्ता पहिले | संसार न्यूज़

८ चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले…