५ कात्तिक, काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले दशैंमा दक्षिणा दिनका लागि ‘तीनमा तीन सय’ नामक आकर्षक अफर ल्याएको छ । कोरोनाको असहज परिस्थितिमा नोटबिहीन बैंकिङ कोरोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले मेगा बैंकले सो योजना ल्याएको हो ।
त्यसका लागि बैंकका ग्राहकले मेगा स्मार्ट बैंकिङ एप प्रयोग गरेर फोन पेमार्फत कुनै पनि बैंकको तीन वटा खातामा दक्षिणास्वरुप रकम पठाउनु पर्नेछ।
दक्षिणावापत रकम पठाउनेको खातामा मेगा बैंकबाट ३ सय रुपैयाँ क्यासब्याक’ को व्यबस्था गरिएको छ। तर, रकम पठाउँदा विवरण (रिमार्कस्मा ) ‘दक्षिणा’ भनी खुलाउन बैंकले अनुरोध गरेको छ।
दशैंको टीकाको दिनदेखि पूर्णिमासम्म यो अफरमा ग्राहकहरुले तीन वटा खातामा गरी न्यूनतम ५ सय रुपैंया दक्षिणा स्वरुप रकमान्तर गर्नुपर्ने मेगा बैंकले जनाएको छ ।